• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङ जैमिनीका शर्माले तीन सयमा सिकेको सीपबाट वार्षिक १० लाख आम्दानी


  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित
  • गलकोट । विसं २०४५ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका मोहराज शर्माले रु तीन सय तिरेर काठमाडाँैमा मौरीपालन तालिम लिँदा सोच्नुभएको थिएन कि मौरीपालनमै आफ्नो जीवन बित्छ भनेर ।

    Advertisement

    वैदेशिक रोजगारीमा पुगेर मनग्य पैसा कमाउने सोचमा काठमाडौँ पुग्नुभएका उहाँको विदेश जाने सपना त पूरा नभए पनि मनग्य आम्दानी गर्ने सपना भने पूरा भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा काठमाडौँमा बस्ने क्रममा मौरीपालन तालिम सिक्नुभएका मोहराज विगत २५ वर्षदेखि गाउँमै मौरीपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको हो ।

    मोहराजको नाम मौरीपालन व्यवसायकै कारण परिवर्तन भइ हिजोआज उहाँलाई गाउँलेले ‘महराज’ अर्थात् महको राजा भनेर बोलाउने गर्छन्।

    उहाँको घर र आगन मौरीका आधुनिक घारले ढपक्कै ढाकिएको छ । झट्ट हेर्दा सङ्ग्रहालयजस्तै देखिने मौरीका घरबाटै वार्षिक रु १० लाख बराबरको आम्दानी हुँदै आएको छ । मोहराज अहिले मौरीपालनबाट जिल्लास्तरमा निकै चर्चितसमेत बन्नाका साथै मौरीपालन किसानका लागि अगुवासमेत बन्दै आउनुभएको छ । विसं २०४५ मा मुढेघारबाट मौरिपालन गर्दै आउनुभएका उहाँले २०५२ सालयता आधुनिक घारमा मौरीपालन गर्दै आउनुभएको छ ।

    मोहराजको घरमा अहिले एक सय ५० मौरीका घार छन् भने बागलुङ बजारको क्याम्पस रोडमा ५० घार छन् । “मौरीपालनमै जीवन ब्यथित गरियो अहिले ७० वर्ष काटियो, धेरैलाई मौरीपालनमा अग्रसर पनि गराइयो, अहिले धुल्लु र क्याम्पसगेटमा गरी दुई सय मौरीका घारमा मह उत्पादन भइरहेको छ, मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी हुँदै आएको छ” मेहराज भन्नुहुन्छ, “वार्षिक १० क्विन्टल मह, उत्पादन र बिक्री भइरहेको छ, मौसम अनुकुल रहे अझै धेरै उत्पादन हुन्छ, मह बिक्रीका लागि आफूले बजार पु¥याउनै पर्दैन, अहिलेसम्म मागअनुसार मह पु¥याउनै सकिएको छैन ।”

    मौरीसहितको घारलाई नौ हजारमा बिक्री गरिँदै आइएको उहाँकोे भनाइ छ । यहाँ प्रतिकिलो मह रु एक हजार दुई सय पर्छ । मह उत्पादनभन्दा पनि घारसहितको मौरी बिक्रीबाट बढी आम्दानी गर्न सकिने मोहराजको अनुभव छ । “कहिले त एक वर्षमै मौरीसहित १०० घारसम्म बिक्री हुन्छ, अहिले त्यति राम्रोसँग घार बिक्री भइसकेका छैनन्, विभिन्न जिल्लामा अनुदानमा घारसहितको मौरी बिक्रीका लागि यहाँबाट कृषि ज्ञान केन्द्रले खरिद गरेर लैजान्छ” उहाँ भन्नहुन्छ “आफ्नो घरमा उत्पादन भएको घारसहितको मौरी गुल्मी, स्याङ्गा, काठमाडौँ, चितवनलगायतको स्थानमा बिक्री हुने गरेको छ, मह भने बागलुङ बजारमा बिक्री हुन्छ ।”

    उपयुक्त याममा एउटै घारबाट एक पटकमा सात देखि आठ केजीसम्म मह काढ्न सकिने बताउँदै मह प्राय कात्तिक, मङ्सिर, फागुन र जेठमा राम्रो हुने मोहराज जानकारी दिनुहुन्छ ।

    स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह केही घरबाटै र केही बागलुङ बजारबाट बिक्री हुने गरेको छ । बागलुङ बजारमा शर्माको बुहारी राधा र धुल्लुमा शर्मिलाले मौरीपालनमा सहयोग गरिरहेका छन् । उत्पादन भएको मह उपहारस्वरुप जापान, अमेरिका, अष्ट्रेलिया बेलायतलगायत मुलुकमासमेत पुग्ने गरेको उहाँको भनाइ छ । यहाँ रहेका विभिन्न वनस्पति र फलफूलका रसबाट बनेको प्राङ्गारिक मह भएकाले धेरैले रुचाउने गरेको बुहारी शर्मिला जानकारी दिनुहुन्छ ।

    “बुबाको मेहनत निकै छ, अहिले त मौरीपालन गर्न हामीलेसमेत सिकिसेका छौँ, बुबालाई सहयोग पु¥याउनाका साथै तालिमसमेत दिने भइसकेकी छु” उहाँ भन्नुहुन्छ, “बुबाकै प्रेरणाका कारण मौरीपालनमा आफू समेत अग्रसर भएकी छु, विभिन्न मौरीपालन तालिममा समेत आफू सहभागी भइसकेको छु ।”

    विदेश जाने ध्याउन्नमा विसं २०४५ मा काठमाडाँै भौतारिनुभएका मोहराजले यससम्बन्धी तालिम लिएपछि विदेश नजाने गरी घर फर्कनुभएको थियो । “विदेश जानका लागि विसं २०४५ मा २०÷२५ हजार सिध्याएर पनि सफल हुन नसक्दा अन्त्यमा निजी संस्थाले मौरीपालन तालिम सिकाएको पत्तो पाएपछि काठमाडौँमा रु तीन सयमा तालिम सिकेर घर फर्केपछि मौरीपालन थालँे” उहाँ भन्नुहुन्छ।
    धुल्लु गाउँमा मोहराजको मौरीपालन देखेर अन्य स्थानीयवासीले समेत घरमै खानका लागि भए पनि मौरीपालन गर्न थालेका छन् ।

    मौरीपालनमा उहाँको रु पच्चीस लाख लगानी भइसकेको छ । मोहराजले व्यवसायको सुरक्षाका लागि घर वरपरको जग्गालाई पर्खालसहित तारबार पनि गर्नुभएको छ । यो व्यवसाय जिल्लाका अन्य मौरीपालन व्यवसायीलाई समेत प्रेरणाको स्रोत बनेको छ ।

    आइतबार, पुष २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.