• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘रचना’ को बेलबारी विशेषाङ्क सार्वजनिक


  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित
  • विराटनगर । बेलबारी प्रज्ञा–प्रतिष्ठान, मोरङको आयोजनामा ‘रचना’ साहित्यिक पत्रिकाको बेलबारी विशेषाङ्क सार्वजनिक गरिएको छ ।

    Advertisement

    बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उक्त पत्रिकाको विशेषाङ्क र गीतकार बालक गुरुङको ‘मोरङ जिल्ला बेलबारी नगर’ बोलको छायाङ्कित गीत २०७९ पुस २२ गते शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममाझ सार्वजनिक गरेका थिए । पत्रिकाको लोकार्पण विशिष्ट अतिथिहरूले पनि गरेका थिए ।

    बेलबारी नगरलाई आधार मानेर तयार पारिएको उक्त गीतको छायाङ्कनमा बेलबारी नगरपालिकाभित्रका विभिन्न स्थान र संस्कृतिलाई समेटिएका छन् । बेलबारीकै चलचित्र निर्देशक भीम लामाको निर्देशन, बेलबारीकै उपेन्द्र दुमी राईको नृत्य निर्देशन तथा अधिकांश कलाकारहरू बेलबारी नगरभित्रकै रहेका छन् ।

    २०१८ सालदेखि निरन्तर प्रकाशन भइरहेको द्वैमासिक साहित्यिक पत्रिका ‘रचना’ मा बेलबारी नगरभित्रका ४४ जना लेखक–साहित्यकारका ४५ लेखरचना समेटिएका छन् । कविता, हाइकु, गीत, गजल ३२ ओटा, कथा र लघुकथा ७ ओटा, लेख २ ओटा तथा बालएकाङ्की, व्यङ्ग्य निबन्ध, कृति समीक्षा र अन्तर्वार्ता एकेकओटा रहेका छन् । चिठीचपेटा, हाम्रो कुरा र सर्वेक्षण हिजोआज (व्यङ्ग्यचित्र) पनि उक्त अङ्कमा अटाइएका छन् ।

    ईरानराई, गङ्गा सुवेदी, रेखा सुवेदी, जेबी थुलुङ, तिला लेकाली, मधु गुरुङ, रमेश निरौला, तारा पराजुली, डम्बर बिकेल, बी (बद्री) अधिकारी, किशोर सुब्बा, सुरेन्द्र लिम्बू परदेशी, सरन राई, धनजित पराजुली, हिमांशु राय, गणेश लामा ‘आँसु’, मिलन राई, उमा सिजापती, टेकराज एक्चाई मगर, नवशीला, बालक गुरुङ, शिव छाङछा, अजित धिमाल, नारायण राई, दिवान राई, भीम राई, चव्रm लोहरुङ, केशु विरही, मिनु राई, राजु परियार, शिव पराजुली, मुना मिश्र, प्रेम गुरुङ, कृतिका खतिवडा, हरि घिमिरे, लक्ष्मी रेग्मी सुवेदी, भोला लम्साल, बलराम कार्की, राजेन्द्र कार्की, निङ्माशेङ्मु शेर्पा, दीप मङ्ग्राती, विष्णु भण्डारी आचार्य, अनु विज्ञातिको लेखरचना समावेश छन् । गणेश लामा ‘आँसु’ को आवरण चित्र रहेको विशेषाङ्कमा वरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी हर्कमान तामाङको अन्तर्वार्ता रहेको छ ।

    प्रमुख अतिथि राईले ८२ वर्षीय रोचक घिमिरेको स्वास्थ्य तन्दुरुस्त हुनु र निरन्तर ‘रचना’ प्रकाशित गरिरहनु राम्रो कुरा रहेको र ‘रचना’ जस्तो गौरवपूर्ण इतिहास बोकेको पत्रिकामा बेलबारीका लेखरचना अटाइदिनुभएकोमा ‘रचना’ परिवारलाई धन्यवाद दिँदै बेलबारी प्रज्ञा–प्रतिष्ठानले बेलबारीको भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको जगेर्ना र विकास गर्नुपर्ने तथा उक्त कायृमा आफ्नोतर्फबाट पूर्ण रूपमा समर्थन र सहयोग रहने बताए ।

    गीतको बारेमा टिप्पणी गर्दै मधु गुरुङले गीतले बेलबारी नगरलाई भौगोगिक तथा सांस्कृतिक रूपमा समेटेको र सङ्गीत पनि सुन्दर रहेको बताइन् ।
    कार्यक्रममा अन्वेषक कवि तथा साहित्यिक अभियन्ता अनिल पौडेल, हर्कमान तामाङ, प्राज्ञ गङ्गा सुवेदी, आचार्य अ., लेखनाथ घिमिरे, परशुराम सुवेदी, जेबी थुलुङ, तिला लेकाली अतिथि थिए ।

    बेलबारी नगरपालिकाको बेतना सिमसार सभाकक्षमा सम्पन्न कार्यक्रम बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदीको अध्यक्षता, सचिव कुलप्रसाद बरालको सञ्चालन, उपाध्यक्ष अजितकुमार धिमालको धिमाल र नेपाली भाषाबाट स्वागत मन्तव्य तथा उपाध्यक्ष हिमांशु रायको धन्यवाद ज्ञापन रहेको थियो ।

    शनिबार, पुष २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.