नवलपुर । राष्ट्रिय जनमोर्चाका कार्यकर्ता सार्के कामीको स्मृतिमा राजमो नवलपुरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
Advertisement
पञ्चायतकालदेखि नै नेकपा (मसाल) का दृढ समर्थक कामीको यही माघ ८ गते कावासोती नगरपालिका १६ स्थित बाइसघरेमा निधन भएको थियो ।
मंगलबार सोही स्थानमा सम्पन्न श्रद्धाञ्जली सभामा राजमो नेताहरुले स्वर्गीय सार्के कामीको योगदानको स्मरण गरेका थिए ।
राजमो जिल्ला सदस्य पुरन गिरिको अध्यक्षता तथा चन्द्र सापकोटाको सञ्चालनमा अघि बढेको श्रद्धाञ्जली सभामा राजमो जिल्ला उपाध्यक्ष बिकाराम चौधरी र मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका नेता चन्द्र सेवेदीले पार्टी र समाजका लागि कामीले पुर्याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।