नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष हिरासिंह चन्द गम्भीर बिरामी हुनुभएको छ । चन्दलाई उच्च रक्तचापका कारण ‘ब्रेनस्टोक’ भएको मूल प्रवाहले जनाएको छ ।
Advertisement
समाजका अध्यक्ष ठाकुर खनालका अनुसार अहिले उहाँको लुधियानास्थित डीएमसी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
अध्यक्ष खनालले एक विज्ञप्ति प्रकाशित गरी चन्दको स्वास्थ्यमा भएको समस्याप्रति संगठन अत्यन्तै गम्भीर भएको बताउनुभएको छ । साथै उहाँको सीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।
