• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

माओको वर्गविश्लेषणको सिद्धान्त र नेपालको सन्दर्भ


  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
  • रामप्रकाश पुरी ##
    माओको वर्गविश्लेषणको सिद्धान्त प्रसिद्ध र व्यावहारिक रहँदै आएको छ । यो सिद्धान्त नेपालको सन्दर्भमा धेरै नै सामयिक रहेको छ । सन् १९२६ मा लेखिएको माओको “चिनियाँ समाजमा वर्गहरूको विश्लेषण” नामक लेखमा त्यो सिद्धान्तलाई व्यवस्थित गरिएको छ ।

    Advertisement

    त्यो समयमा चीनको कम्युनिस्ट पार्टीमा दुईटा भड्काव अगाडि आएका थिए : एउटा भड्कावले सत्ता पक्षसित मेल गर्ने कुरामा जोड दिने गर्दथ्यो र किसानवर्गलाई उपेक्षा गर्दथ्यो र अर्को भड्कावले मजदुर आन्दोलनमाथि मात्र विश्वास गर्दथ्यो र किसानवर्गलाई उपेक्षा गर्दथ्यो । त्यसरी पहिलो भड्कावले दक्षिणपन्थी अवसरवाद र दोस्रोले वामपन्थी अवसरवादको प्रतिनिधित्व गर्दथे । माओले ती दुबैको विरोध गर्दै चिनियाँ समाजको वर्गविश्लेषण गरेर मित्र र शत्रुशक्तिबारे कम्युनिस्ट पार्टीको नीति कस्तो हुनुपर्छ भनेर सटिक जवाफसहित प्रष्ट पारे ।

    उनले भनेका छन् : “हाम्रा शत्रु को हुन् ? हाम्रा मित्र को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्त्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्खर्षले यति कम उपलब्धि हासिल गर्नाको कारण के थियो भने ती सङ्खर्ष सच्चा शत्रुमाथि हमला गर्नका लागि सच्चा मित्रसित एकताबद्ध हुन सकेनन् । क्रान्तिकारी पार्टी जनताको पथप्रदर्शक हो र सो क्रान्तिकारी पार्टीले जनतालाई अलपत्र पारेमा कुनै पनि क्रान्ति कहिल्यै सफल हुँदैन”

    माओले किसानवर्गको महत्त्वलाई क्रान्तिको जीवनमा साक्षात्कार गराउने काम गरे । क्रान्तिको जीवनमा उपेक्षित रहेको किसानवर्ग माओको वर्गविश्लेषणको सिद्धान्तमा अगाडि आयो । मजदुर वर्गपछि वा त्यो निकटको धेरै शक्तिशाली र पौरखी वर्गको रूपमा किसानवर्गलाई औँल्याउने काम भयो । किसानवर्गका विभिन्न उपवर्गहरूको चरित्र र स्थितिको विश्लेषण गर्नुका साथै माओले त्यो वर्गलाई क्रान्तिको भरपर्दो शक्तिको रूपमा चित्रित गरेपछि किसानवर्गको मुक्ति आन्दोलनमा धेरै ठुलो भूमिका रहने कुरा प्रष्ट भयो । यसका साथै उनले समाजका अन्य वर्गहरू—जो निम्न पुँजीवादी वर्ग थिए—तिनीहरूको अवसरवादी चरित्र र क्रान्तिका लागि आवश्यकता र महत्त्वबारे पनि स्पष्ट गरे । माओले प्रधान शत्रुलाई अलग्याएर गौण दुस्मनलाई समेत मोर्चामा ल्याउने सिद्धान्तलाई अगाडि सारे । यो नयाँ जनवादी क्रान्तिका लागि धेरै महत्त्वपूर्ण सिद्धान्त थियो ।

    वर्गविश्लेषणको सिद्धान्तको माध्यमबाट मित्र र शत्रुको पहिचान गर्ने सिद्धान्त पनि अगाडि आयो । मित्र र शत्रुको पहिचानको विषयलाई माओले “क्रान्तिका लागि प्राथमिक महत्त्वको सवाल” हुनुका साथै यो सवाल उपेक्षित भएमा जनता अलपत्र पर्ने र क्रान्ति कहिल्यै सफल नहुने भनेर बताएका छन् ।

    उनले भनेका छन् : “हाम्रा शत्रु को हुन् ? हाम्रा मित्र को हुन् ? यो क्रान्तिका लागि प्राथमिक महत्त्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी सङ्खर्षले यति कम उपलब्धि हासिल गर्नाको कारण के थियो भने ती सङ्खर्ष सच्चा शत्रुमाथि हमला गर्नका लागि सच्चा मित्रसित एकताबद्ध हुन सकेनन् । क्रान्तिकारी पार्टी जनताको पथप्रदर्शक हो र सो क्रान्तिकारी पार्टीले जनतालाई अलपत्र पारेमा कुनै पनि क्रान्ति कहिल्यै सफल हुँदैन”(माओ, २०६३ : १) ।

    माओको उपर्युक्त भनाइको गम्भीर अर्थ र महत्त्व सर्वदा रहेको छ ।कुनै आन्दोलन वा क्रान्तिमा विजयी हुन र निर्णायक शक्ति निर्माण गर्नका लागि एउटा कम्युनिस्ट पार्टीले मित्र र शत्रुबारे अपनाउने नीति धेरै र प्राथमिक महत्त्वको हुन्छ ।

    कुनै क्रान्ति वा आन्दोलन अगाडि बढ्नका लागि र त्यसले सफलता पाउनका लागि ठोस सैद्धान्तिक आधार हुन्छ । वस्तुगत र आत्मगत परिस्थितिको तारतम्यता मिल्नेबित्तिकै क्रान्ति वा आन्दोलनको अवश्यंभावितालाई कसैले पनि रोक्न सक्दैन । चीनको सन्दर्भमा पनि त्यो कुरा लागु हुनु स्वाभाविक थियो ।

    कार्यनीतिक वा रणनीतिक सबै विषयसित मित्र र शत्रुसितको सम्बन्ध अटुट रहन्छ । मित्रशक्तिसितको सम्बन्ध जति बलियो र सुदृढ हुन्छ, त्यत्ति नै सुदृढ र बलियो एकता कायम भएर आन्दोलन वा क्रान्तिलाई अगाडि बढाउन सकिन्छ र विजय प्राप्त गर्नका लागि पनि सहजता हुन्छ । शत्रु शक्ति बलियो भएमा हामी विजय हुन नसक्ने कुरा स्पष्ट छ । त्यसैले शत्रुलाई कमजोर बनाउन मित्रशक्तिसितको मोर्चालाई सुदृढ बनाउनुपर्दछ । यसको अर्थ गौण दुस्मनलाई समेत मित्रपक्षमा सामेल गर्ने कौशलतापूर्ण तरिका अपनाउनुपर्दछ भन्ने पनि हो ।

    माओविचारधारा एउटा क्रान्तिकारी युगभित्रको युगान्तकारी दर्शन थियो, जुन दर्शनले पहिले इतिहासमा व्यवस्थित ढड्डले प्रयोगमा नल्याइएकोक्रान्तिको नयाँ मान्यतालाई व्यवहारमा उतार्नका लागि मागनिर्देशन गरेको थियो र त्यसले अद्भुत सफलता पनि हासिल गरेको थियो । कुनै क्रान्ति वा आन्दोलन अगाडि बढ्नका लागि र त्यसले सफलता पाउनका लागि ठोस सैद्धान्तिक आधार हुन्छ । वस्तुगत र आत्मगत परिस्थितिको तारतम्यता मिल्नेबित्तिकै क्रान्ति वा आन्दोलनको अवश्यंभावितालाई कसैले पनि रोक्न सक्दैन । चीनको सन्दर्भमा पनि त्यो कुरा लागु हुनु स्वाभाविक थियो ।

    चीनको विगत पनि धेरै उहापोह र घुम्तीबाट गुज्रिएको थियो । चीनमा सामन्ती शासनका साथै लामो समयदेखि जापानलगायत विभिन्न साम्राज्यवादीको दबदबा कायम रहेको थियो । नयाँ पुस्ता भनिएका चिनियाँहरू अफिमको सिकार भइरहेका थिए ।विदेशीको रजगज र रवाफ चलेको थियो । ती सबै चुनौती र समस्याको बिचबाट नै चिनियाँ जनताले राजतन्त्र अन्त्यको बाटो निर्माण गर्दैगणतान्त्रिक चीनको बाटो समाएका थिए । त्यो क्रममा नै उनीहरूलाई महान्क्रान्तिमा पनि सफलता प्राप्त भएको थियो तर त्यसका लागि उनीहरूले त्याग, तपस्या र बलिदानले भरिएको इतिहास निर्माण गर्नुपरेको थियो ।

    जापानी साम्राज्यवादको दासत्वमा पिल्सिएको चीनमा क्रान्तिकारी उथलपुथलको आवश्यकता भएको भएपनि क्रान्तिकारी शक्तिको नेतृत्वबिना त्यो कुरा सम्भव भइरहेको थिएन । त्यस प्रकारको अवस्थामा चिनियाँ क्रान्तिको सिद्धान्त के हुन्छ? जसले चीनलाई नयाँ युगमा प्रवेश गराउँछ र जापानी साम्राज्यवादलाई पराजित गर्न पनि सक्दछ भन्ने प्रश्नको ठोस उत्तर नै माओविचारधाराले मार्गनिर्देशन गरेको सैद्धान्तिक मूल्य थियो । त्यो सैद्धान्तिक मूल्यको समष्टिगत रूपलाई नै नयाँ जनवादी क्रान्तिको सिद्धान्तको रूपमा बुझिन्छ ।

    माओले पुस्तकालयको बौद्धिक अध्ययनबाट नभई चिनियाँ समाजमा क्रान्तिको विकासको नियम अर्थात् चिनियाँ समाजमा वर्गको सङ्खर्ष परिणामको ठोस निष्कर्षमाथि आधारित भएर क्रान्तिको नयाँ सिद्धान्तलाई अगाडि सारेका थिए । चीनमा निकट भविष्यमा सम्पन्न हुन गइरहेको नयाँ क्रान्तिले चीनमा हजारौँ वर्षदेखि सङ्खर्षरत् वर्गहरूको ऐतिहासिक मूल्यलाई स्थापित गर्दै थियो । प्रष्ट थियो कि वर्गीय सङ्खर्षको ऐतिहासिक विकासक्रम, त्यो सङ्खर्षमा भाग लिने पक्ष र उक्त सङ्खर्षमा विजयी बन्ने पक्षबारे माओले जुन आफ्नो नयाँ क्रान्तिको सिद्धान्तमा योग गरेका थिए, त्यो सबै माक्र्सवादी–लेनिनवादी दर्शन र विचारधाराद्वारा निर्देशित थिए ।

    क्रान्तिका लागि विभिन्न वस्तुगत तथा आत्मगत अवस्थामाथि निर्भर रहनुपर्ने हुन्छ । क्रान्तिका लागि सबै वातावरण भएपनि सिद्धान्तहीन अवस्थामा कुनै पनि क्रान्ति व्यवस्थित र सड्डठित भएर अगाडि बढ्न सक्दैन । चीनमा महान् जनवादी क्रान्ति हुनका लागि पनि विभिन्न वस्तुगत तथा आत्मगत अवस्थाको निर्णायक भूमिका रहेको थियो । साम्राज्यवादी शक्तिहरू आपसी युद्धमा बाझिएका थिए भने चीनका जनता मुक्ति र स्वतन्त्रताको सङ्खर्षमा जापानी साम्राज्यवादका विरुद्ध एकताबद्ध भएका थिए । यो अवस्थामा चीनमा क्रान्तिका लागि वस्तुगत तथा आत्मगत आधार निर्माण भएको थियो तर त्यसरी क्रान्तिको लागि आवश्यक वातावरण निर्माण भएको भएपनि स्पष्ट सिद्धान्त र मार्गदर्शनबिना त्यो क्रान्ति अगाडि बढ्न सक्दैनथ्यो । त्यसलाई अगाडि बढाउनका लागि माओले जुन सैद्धान्तिक नक्सा अगाडि सारे, उनको त्यो लेखमा त्यसको मुख्य सार खिचिएको थियो ।

    क्रान्तिको मुख्य शक्ति कुन वर्ग हो ? मित्र शक्ति को को हुन् ?दुस्मनशक्ति को को हुन् ?कसका विरुद्ध केन्द्रित गर्ने ? आदि प्रश्नको उत्तर नदिइकन गन्तव्यतर्फ बढ्न नसकिने कुरा स्पष्ट छ । माओले यो कुरालाई स्पष्ट गर्दै वर्गको सफलतापूर्वक विश्लेषण गरे ।

    चीनलाई नयाँ सामाजिक परिवर्तनसहित साम्राज्यवादी दासत्वबाट मुक्त गर्नु चिनियाँ जनताको काँधमा रहेको ऐतिहासिक जिम्मेवारी रहेको थियो तर त्यो जिम्मेवारी “दालभात खाए” जसरी पूरा हुनेवाला थिएन । त्यसका लागि आवश्यक सिद्धान्त, दर्शन, बलिदानी आदिको खाँचो थियो । त्यो धेरै नै घुमाउरो र कठिन बाटोको चुनौतीपूर्ण यात्रा थियो ।

    कुनै राजनीतिक सड्डठनले गैरराज्य सैन्यशक्ति निर्माण गर्दछ भने त्यसको उद्देश्य पनि निश्चित हुनुपर्दछ । सैन्यशक्ति निर्माण हुँदैमा क्रान्तिका लागि योग्य हुन्छ भन्ने हुँदैन । सैन्यशक्ति जोकोहीले पनि निर्माण गर्न सक्दछ तर मुख्य प्रश्न त्यो क्रान्तिकारी उद्देश्य पूरा गर्नका लागि हो वा होइन भन्ने नै हो ।

    चीनलाई नयाँ सामाजिक परिवर्तनसहित साम्राज्यवादी दासत्वबाट मुक्त गर्नु चिनियाँ जनताको काँधमा रहेको ऐतिहासिक जिम्मेवारी रहेको थियो तर त्यो जिम्मेवारी “दालभात खाए” जसरी पूरा हुनेवाला थिएन । त्यसका लागि आवश्यक सिद्धान्त, दर्शन, बलिदानी आदिको खाँचो थियो । त्यो धेरै नै घुमाउरो र कठिन बाटोको चुनौतीपूर्ण यात्रा थियो ।

    अराजकतावादी वा उग्रवामपन्थीले झैँ माओले पनि चीनको सामाजिक वर्गबारे अराजकतावादी वा उग्रवामपन्थीको झैँ दृष्टिकोण र व्यवहार अपनाएको भए चीनमा जतिसुकै क्रान्तिकारी वातावरण बनेको भएपनि नयाँ जनवादी क्रान्ति सम्पन्न हुन सम्भव थिएन तर माओले त्यसको विपरीत गरे । उनले क्रान्तिको नेतृत्वदायी शक्ति र मित्रशक्तिसितको सम्बन्ध र भूमिकाबारे स्पष्ट गरे । त्यसका आधारमा माओको वर्गविश्लेषणको सिद्धान्तलाई नेपालको कम्युनिस्ट आन्दोलनमा पनि प्रयोगमा ल्याइन्छ तर यहाँ केही समस्या देखा पर्दै आएका छन् ।

    कुनै पक्ष वर्गीय र राजनीतिक रूपमा शत्रु वा मित्र निरपेक्ष रूपमा रहन्छ वा रहँदैन भन्ने प्रश्न नेपाली कम्युनिस्ट आन्दोलनको अगाडि उभिएको प्रश्न हो । वर्गीय शत्रुको रूपमा रहेको पक्षसँग राजनीतिक रूपमा कार्यगत एकतागर्ने अवस्था रहन्छ वा रहँदैन भन्ने प्रश्नप्रति कम ध्यान जाने वा त्यसलाई उपेक्षा गर्ने गरेको पाइन्छ । वर्गीय रूपमा शत्रु शक्ति भनी विश्लेषण गरिएको शक्तिसित कुनै राजनीतिक विषयसित कार्यगत एकता गरियो वा भयो भने वर्गीय दुस्मनसँग मेलमिलाप गरियो भनेर आलोचना गर्ने पनि गरिन्छ । कुनै राजनीतिक सड्डठन वर्गीय रूपमा शत्रु वा मित्र निरपेक्ष रूपमा रहँदैन । त्यो सापेक्षिक नै हुन्छ । शत्रु वा मित्र दुबैसित आवश्यकताअनुसार सङ्खर्ष–एकता–सङ्खर्ष र एकता–सङ्खर्ष–एकता हुने गर्दछ । कुनै बेला कुनै पक्षसित राजनीतिक आवश्यकताका आधारमा र कुनै बेला वर्गीय आवश्यकताका आधारमा पनि कार्यगत एकता कायम गर्नुपर्ने हुन्छ । कतिपय राजनीतिक विषयमा सहमत भएमा त्यस प्रकारका कार्यगत एकता हुने कुरा स्वाभाविक छ । माओको भनाइको अर्थ यही हो तर उनले यो कुरामा जोड दिए कि गौण शत्रुलाई जबरजस्ती प्रधान शत्रुको कित्तामा धकेल्ने काम भयो भने त्यसले क्रान्तिको पक्ष शक्तिलाई कमजोर बनाउँछ ।

    नेपालमा तात्कालिक कार्यदिशासम्बन्धी कैयौँ विवाद रहँदै आएका छन् । त्यो सन्दर्भमा मित्रशक्तिसितको एकता–सङ्खर्ष–एकता र दुस्मनशक्तिसितको सङ्खर्ष–एकता–सङ्खर्षको नीतिबारे सैद्धान्तिक रूपमा खुबै रटान लगाउने गरिन्छ तर व्यवहारमा जाँदा मित्रशक्तिसितको सम्बन्धका मूल्यलाई समेत परित्याग गरेर शत्रुतापूर्ण आक्रमण गर्ने, कार्यदिशालाई रणनीतिक विषयसित गोलमटोल पारेर प्रस्तुत गर्ने जस्ता प्रवृत्ति व्यापक पाइन्छन् ।

    चीनमा क्रान्ति भएको करिब ७४ वर्ष भएको छ । ७४ वर्षअगाडिको चीनको अवस्थामा हाम्रो देशको अवस्था उभिएको छ ।

    क्रान्तिकारी कम्युनिस्टका लागि प्रायश: प्रतिकूल परिस्थिति कायम रहेको हुन्छ । त्यो अवस्थामा पनि वस्तुगत आवश्यकताअनुसार कार्यदिशाको तय गर्दै क्रान्तिकारी बाटोमा अगाडि बढ्न सक्नुपर्दछ । त्यसको अर्थ कुनै पनि प्रकारको भड्कावमा जाकिनु वा भूमिकाविहीन हुनु होइन तर त्यसको अर्थ राजनीतिमा भूमिका खेल्दै, आन्दोलन, सिद्धान्त र सड्डठनलाई रक्षा गर्दै अगाडि बढ्नु नै हो ।

    चीनमा क्रान्ति भएको करिब ७४ वर्ष भएको छ । ७४ वर्षअगाडिको चीनको अवस्थामा हाम्रो देशको अवस्था उभिएको छ ।

    त्यतिबेला बृहत्रूपमा प्रविधिको विकास भएको थिएन तर अहिले प्रविधिको विकास भएको छ । सञ्चार र यातायातमा हामीले थप उपभोग गर्दछौँ तर ७४ वर्षअगाडि चीनको सामाजिक व्यवस्थालाई हामीले अहिले पनि नेपालमा ब्यहोर्दै छौँ ।

    सामन्तवादको जगमाथि दलाल पुँजीवादको पर्खाल उठेको छ । सामन्तवादको जग ढाल्दा दलाल पुँजीवाद पनि ढल्दछ । यस प्रकारको परिस्थितिमा नेपालको सामाजिक व्यवस्थाको विश्लेषण र वर्गीय पहिचान गरेर क्रान्तिका लागि काम गर्नुपर्ने अवस्था रहन्छ । त्यो काम हामीले सामन्तवाद विरुद्धको सङ्खर्षमा जनवादी क्रान्तिको योजनाद्वारा सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैले यो द्विविधा राख्नु हुँदैन कि नेपालमा क्रान्तिको चरित्र सामन्तवाद विरुद्धको सङ्खर्षमाथि आधारित हुन्छ । त्यो भनेको नयाँ जनवादी क्रान्ति हो ।

    नयाँ जनवादी क्रान्तिका मित्रशक्तिहरूलाई हामीले कार्यनीतिक र रणनीतिक दुबै प्रकारले नजिक ल्याउन कोसिस गर्नुपर्दछ । यद्यपि कतिपय र देशको राजनीतिक आवश्यकताको आधारमा भने दुस्मनपक्षसित पनि कार्यगत एकता गरेर अग्रगामी दिशामा जाने प्रयत्न गर्नुपर्दछ । समग्रमा माओविचारधारा वर्गलाई व्यवस्थित ढड्डले प्रस्तुत गर्ने विज्ञान त हो नै, त्यसका साथै कम्युनिस्ट सिद्धान्तको विकास र प्रयोग गर्ने क्रान्तिको आधुनिक हतियार पनि हो, जसले माक्र्सवादी–लेनिनवादी दर्शन र सामाजिक विज्ञानलाई समृद्ध र शक्तिशाली तुल्याउने काम गर्‍यो ।हामीले माओद्वारा प्रतिपादित त्यो महान सिद्धान्तलाई ओठमा होइन, व्यवहारमा नै व्यवहृत गरेर सिद्ध गर्ने हिम्मत गर्नुपर्दछ, अनि मात्र हामी क्रान्तिकारी र कम्युनिस्ट दुबै हुन सक्दछौँ ।

    बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.