• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दरबार हाई स्कुलमा विद्यार्थीको आकर्षण


  •   मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
  • काठमाडौं । कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित ऐतिहासिक धरोहरको दरबार हाई स्कुल (भानु माध्यमिक विद्यालय) मा अहिले विद्यार्थीको चाप बढेको छ ।

    Advertisement

    भूकम्प जानुअघि उक्त विद्यालयमा ७१ विद्यार्थी अध्ययनरत रहेकामा अहिले बढेर पाँच सय ९१ पुगेको छ । अझै पनि आफ्ना छोराछोरीलाई यसै विद्यालयमा भर्ना गराउन आग्रह गर्दै अभिभावक विद्यालय आउने क्रम रोकिएको छैन । हरेक वर्ष कक्षा सुरु हुने बेलामा मात्र भर्ना लिन सकिने र सबै कक्षामा विद्यार्थी सङ्ख्या पूर्ण रहेकाले तत्काल नयाँ विद्यार्थी भर्ना लिन सक्ने अवस्था भने छैन ।

    गोर्खा भूकम्पकले पूर्णरुपमा क्षति भएकोे यस विद्यालयमा नयाँ भवन निर्माणसँगै विद्यार्थी आउने क्रम रोकिएको छैन । राजधानीको मुटुमा रहेको यस विद्यालयको अहिले सबै कक्षामा विद्यार्थी भरिभराउ छ । विद्यार्थीको सङ्ख्या अत्यधिक रहेकाले कक्षा ७, ८ र ९ लाई विभाजन गरेर (सेक्सन बनाएर) सञ्चालन गर्नुपरेको विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले बताउनुभयो । यहाँ ३० शिक्षक कार्यरत छन् ।

    कुनै कक्षामा पनि विद्यार्थीको कमी छैन । विद्यार्थीको सङ्ख्या बढिरहेकाले ३६ सिट क्षमता भएको एउटा कक्षामा हामीले ४९ जनासम्म विद्यार्थी राखेर पढाइरेहका छौँ प्रधानाध्यापक पौडेलले भन्नुभयो । ‘नयाँ भवन, सुविधायुक्त प्रयोशाला, सफा खाजा घर तथा अङ्ग्रेजी माध्यममा पढाइ हुने यो सामुदायिक विद्यालयमा हरेक दिन विद्यार्थी बढिरहेका छन् । अब नयाँ भर्ना हुन आउने विद्यार्थीका लागि स्थान छैन’, उहाँले भन्नुभयो ।

    आगामी आर्थिक वर्षका लागि अहिले नै आउँछन्
    यस विद्यालयमा अहिलेका लागि मात्रै होइन आगामी शैक्षिक सत्रका लागि पनि सिट सुनिश्चित गर्नुप¥यो भन्दै अभिभावक आउने गरेका छन् । अहिले सबै कक्षा भरिभराउ भएको र तत्काल भर्ना गर्न नसकिने कुरा विद्यालयले भनेपछि आगामी वर्षका लागि सिट रोक्नका लागि अभिभावकबाट अहिले नै अनुरोध हुने गरेको छ ।

    ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी, स्थानीयवासीका छोराछोरी बढी छन् ।

    हाल शिशु कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा आगामी वर्षदेखि १२ कक्षासम्म पढाउने गरी तयारी भएको कामपाले जनाएको छ ।

    विद्यालय भवन ठूलो रहेको हुँदा सहयोगी कर्मचारी एकजना मात्रले सरसफाइको काम गर्न भने समस्या भएको बताइएको छ । त्यसैगरी विद्यार्थीको सङ्ख्याका आधारमा सम्बन्धित विषय शिक्षकको पनि अभाव रहेको प्रध्यानाध्यापक पौडेलले बताउनुभयो । निकट भविष्यमै ललितकला क्याम्पससँग सहकार्य गरेर आर्ट कक्षा सञ्चालन गर्नेतर्फ छलफल भइरहेको पनि उहाँले सुनाउनुभयो ।

    नमुना विद्यालय दरबार हाई स्कुल
    हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय सञ्चालित रहेकामा नमुना विद्यालयका रुपमा दरबार हाई स्कुलसहित अन्य दुई विद्यालय परेका छन् । ती विद्यालयलाई अन्यभन्दा थप व्यवस्थित रुपमा सञ्चालन गर्न चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरिएको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो ।

    यस विद्यालयमा हरेक दिन विद्यार्थीको सङ्ख्या बढिरहेकाले कामपाले आवश्यकअनुसार दरबन्दी थप गर्ने विषयमा पनि छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख सुवेदीले भन्नुभयो, ‘नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ त्यसका लागि कामपा लागिरहेको छ ।’ नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षाकोठा छ ।

    गाभिने सम्भावना छैन भानु र संस्कृति मावि
    आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको उक्त स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् । मुख्यतः विद्यार्थी सङ्ख्या कम भएकै कारण भानु र संस्कृति माविलाई एकापसमा गाभी भानु–संस्कृति माध्यमिक विद्यालय (दरबार हाई स्कुल) बनाउन गरिएको तयारी तत्कालका लागि टरेको छ ।

    यसअघि पनि एउटै भवनमा पठनपाठन गराइरहेका यी दुई विद्यालयमा कम विद्यार्थीे सङ्ख्या र अन्य व्यवस्थापनको पाटोलाई समेत दृष्टिगत गरी एकापसमा गाभ्न लागिएको थियो । दुई विद्यालयलाई एकापसमा गाभी एउटै बनाउँदा दुवैको छुट्टाछुट्टै अस्तित्व नरहने हुँदा फरक फरक तरिकाबाट नै व्यवस्थापनको काम गर्न लागिएको हो । एउटा माध्यमिक विद्यालय सञ्चालन हुनाका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र सहरमा ५५ विद्यार्थी रहनुपर्ने कानुनी व्यवस्था छ ।

    विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको थियो । सुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्की .(माटो र चुनबाट बनेको निर्माण सामग्री) को प्रयोग भए पनि बीचमा मर्मत गर्दा बाहिरी आवरणमा सिमेन्टको प्रयोग गरिएको थियो ।

    चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो । उक्त भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको थियो । स्कुल पुनर्निर्माणको शिलान्यास २०७५ साल साउन १८ गते गरिएको थियो ।

    रु ८५ करोड ५९ लाखको लागतमा निर्माण गरिएको दरबार हाई स्कुलको कक्षाकोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले उपलब्ध गराएको थियो । विसं २०७७ गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणसँगै सो विद्यालय भवन उद्घाटन गर्नुभएपछि दरबार हाई स्कुल पुनः सञ्चालनमा आएको हो ।रासस

    मङ्गलबार, पुष १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.