डोटी । राष्ट्रिय जनमोर्चा, डोटीले जनताका विभिन्न समस्याबारे स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
Advertisement
सोमबार अध्यक्ष डबल बोगटीको नेतृत्वमा गएको राजमो प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी समक्ष तीन बुँदे ज्ञापन बुझाएको हो ।
सो ज्ञापन पत्रमा पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी, सार्वजनिक यातायातमा चलिरहेको मनपरि भाडादर, अवैध रुपमा भइरहेको मदिराको बिक्री वितरण तथा जुवा तास लगायतका समस्या समाधान गर्न राजमोले माग गरेको छ ।
