• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

माओजयन्तीमा मसालको शुभकामना : ‘संसारमा क्रान्तिको विजय हुनेछ’


  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले १३०औँ माओ जयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले सोमबार (११ पुस) एक प्रेस वक्तव्य प्रकाशित गरी माओको १३० औँ जयन्तीको अवसरमा संसारका क्रान्तिकारी कम्युनिस्ट, परिवर्तनकारी जनता र नयाँ विश्वका लागि संघर्षरत सम्पूर्ण मानवसमुदायप्रति क्रान्तिकारी अभिनन्दन व्यक्त गर्नुभएको छ ।

    मसालले संसारभरि दक्षिणपन्थी अवसरवाद हावी हुन पुगेको र साम्राज्यवाद विरुद्धका मुक्ति आन्दोलन कमजोर हुनुका साथै राष्ट्रिय क्रान्तिमा पनि गम्भीर बाधा पुगेको बताएको छ ।

    साथै, मसालले ‘संसारमा क्रान्तिको विजय हुनेछ र जनताले मुक्तिको लागि राष्ट्रिय क्रान्तिका युगहरु सिर्जना गर्न सफलता प्राप्त गर्ने’ विश्वाससमेत व्यक्त गरेको छ ।

    यस्तो छ वक्तव्य
    हामीले कामरेड माओको १३० औँ जयन्तीको अवसरमा संसारका क्रान्तिकारी कम्युनिस्ट, परिवर्तनकारी जनता र नयाँ विश्वका लागि संघर्षरत सम्पूर्ण मानवसमुदायप्रति क्रान्तिकारी अभिनन्दन व्यक्त गर्दछौँ ।

    का. माओको क्रान्तिकारी शिक्षा र सिद्धान्त विश्व कम्युनिस्ट आन्दोलनका लागि मार्गदर्शक रहेको छ । का. माओले किसान वर्गलाई क्रान्तिको महत्वपूर्ण वर्गको रुपमा विश्लेषण गरेर सर्वहारा समाजवादी क्रान्तिपूर्व सर्वहारावर्गले किसानवर्गलाई साथमा लिएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सक्ने सिद्धान्त प्रतिपादन गरेका थिए । त्यो सिद्धान्त प्रतिपादन गर्ने बेलामा माओले कम्युनिस्ट आन्दोलनमा रहेका दक्षिणपन्थी अवसरवाद र ‘वामपन्थी’ अवसरवादका विरुद्ध पनि कडा संघर्ष गरेका थिए । विसौँ शताब्दिमा का. माओको नेतृत्वमा संशोधनवाद विरुद्ध झण्डा उठाइएको थियो ।

    आज विश्व कम्युनिस्ट आन्दोलन गम्भीर रक्षात्मक अवस्थामा रहेको छ । संसारभरि दक्षिणपन्थी अवसरवाद हावी हुन पुगेको छ । त्यसले गर्दा आज साम्राज्यवाद विरुद्धका मुक्ति आन्दोलन कमजोर हुनुका साथै राष्ट्रिय क्रान्तिमा पनि गम्भीर बाधा पुगेको छ ।

    विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक भएको बेलामा पनि स्वयम् क्रान्तिकारी कम्युनिस्ट आन्दोलनभित्र विभिन्न खालका भड्काव पैदा हुने गरेका छन् । त्यस प्रकारका प्रवृत्तिले पनि विश्वको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउनका लागि भूमिका खेल्ने गरेका छन् ।
    आज एकातिर, साम्राज्यवादको बढ्दो प्रभाव र विश्वव्यापी दबदबा रहेको र अर्कातिर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुले संसारका मुक्तिकामी जनताका लागि गम्भीर चुनौति र समस्या उत्पन्न भएको छ । तर हामीलाई विश्वास छ कि संसारमा क्रान्तिको विजय हुनेछ र जनताले मुक्तिको लागि राष्ट्रिय क्रान्तिका युगहरु सिर्जना गर्न सफलता प्राप्त गर्ने छन् । क्रान्ति र विकासको ऐतिहासिक नियमका आधारमा हामीले विश्वासपूर्वक भन्न सक्दछौँ कि साम्राज्यवादको हार हुने छ र विश्व मानवजातिको विजय हुनेछ । तर त्यसका लागि सुदृढ र क्रान्तिकारी संगठनको निर्माणमा सँधै जोड दिनुका साथै माक्र्सवाद–लेनिनवाद–माओविचारधाराको मार्गमा दृढतापूर्वक अगाडि बढ्नका लागि हामीले तयार हुनु पर्दछ । हामी त्यो मार्गमा दृढतापूर्वक अगाडि बढ्दै आएका छौँ र भविष्यमा पनि अगाडि बढ्ने कुरा निश्चित छ । हामीले सम्पूर्ण मानवजातिलाई त्यस दिशामा अगाडि बढ्नका लागि माओविचारधाराले प्रेरित गरिरहने छ भन्ने आशा र विश्वास व्यक्त गर्दछौँ ।
    २०७९ पौष ११ गते ।

    मोहनविक्रम सिंह
    महामन्त्री

    सोमबार, पुष ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.