नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले गएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा मताधिकारको प्रयोग गर्ने व्यवस्था नमिलाएकोप्रति आपत्ति प्रकट गरेको छ ।
मूल प्रवाहले विदेशमा रहेका नेपालीलाई आफू बसेकै स्थानबाट भोट हाल्ने व्यवस्था मिलाउनुपर्ने मागसहित विगत लामो समयदेखि संघर्ष गर्दै आएको छ ।
यसै सन्दर्भमा सर्वोच्च अदालतले २०७४ चैत्र ७ गते प्रवासी नेपालीहरूको मताधिकार व्यवस्थापन गर्न सरकारका नाममा परामदेशसमेत दिएको थियो ।
मूल प्रवाहका अध्यक्ष ठाकुर खनालद्वारा जारी विज्ञप्तिमा आगामी अप्रेल, मई र जुन महिनामा विभिन्न क्षेत्रीयस्तरका सम्मेलनहरु गर्ने, महिला, समता, जनजातिका विभागीय प्रशिक्षण तथा विद्यार्थी विभागको प्रशिक्षण एवं सांगठनिक भेला गर्ने, मार्च–अप्रेलमा साँस्कृतिक प्रशिक्षणका कार्यक्रम गर्ने तथा सदस्यता नवीकरण र प्रशिक्षणका कार्यक्रम गर्ने लगायतका निर्णय गरिएको जानाइको छ ।
यस्तै, मूल प्रवाले राष्ट्रिय जनमोर्चाले सञ्चालन गर्न लागेको गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा संघीयता खारेजीको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दै भारतमा पनि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यस्तो छ विज्ञप्ति
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिवालयको सम्पन्न भएको छ । बैठकद्वारा गरिएका कतिपय निर्णयहरु सार्वजनिक गर्नका लागि यो वक्तव्य जारि गरिएको छ ।
१) मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले विस २०६३ सालदेखि नै प्रवासी नेपालीहरूको मताधिकार एवं समानुपातिक प्रतिनिधीत्वको मागलाई लिएर निरन्तर संघर्ष गर्दै आएको छ । त्यस दौरानमा नेपाल सरकार, राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायहरू समक्ष समय-समयमा ज्ञापन पत्र बुझाउने, प्रवासी नेपालीहरूबाट हस्ताक्षर संकलन गरि पठाउने, अन्तरकृया एवं विचार गोष्ठि, सभा, पत्रकार सम्मेलन लगायतका कार्यक्रमहरु सम्पन्न गर्दै आएको सर्वविदितै छ । हाम्रो माग नागरिकहरुको मौलिक अधिकार मध्य एक भएको र राष्ट्रिय अन्तर्राष्ट्रिय मानवाधिकार एवं सरोकारहरूको ध्यानाकर्षण भएकोले सर्वोच्च अदालतद्धारा २०७४ चैत्र ७ गते प्रवासी नेपालीहरूको मताधिकार व्यवस्थापन गर्न दिएको परामदेशका बावजुद पनि हालै सम्पन्न निर्वाचनमा पनि कार्यान्वयन नहुँदा हाम्रो संगठन क्षोभ प्रकट गर्दछ ।
२) आगामी अप्रेल-मई-जुन तिन महिना भित्र क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरि मिति तय गरिएको छ । जसमा : पश्चिमोत्तर, मध्य पश्चिमोत्तर (संयुक्त) २२-२३ अप्रेल, सुदूरपश्चिमोत्तर २८-२९ अप्रेल, हिमांचल ५-६ मई, मध्य पश्चिम भारत १२-१३ मई, पश्चिम भारत १९-२० मई, मध्य उत्तर (संयुक्त) २८-२९ मई, पुर्वी भारत २-३ जुन, पुर्वोत्तर ९-१० जुनमा हुनेछ भने दक्षिण भारत र मध्य दक्षिण क्षेत्रीय सम्मेल गत अगस्तमा नै सम्पन्न भइसकेको छ ।
३) महिला, समता, जनजातिका विभागिय प्रशिक्षण तथा विद्यार्थी विभागको प्रशिक्षण एवं सांगठानिक भेला समेत गर्ने योजना रहेको छ ।
४) समाजिक सुधार एवं परिवर्तनको कला संस्कृतिको महत्वपूर्ण भुमिका हुन्छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्थापना कालदेखि नै बुजुर्वा छाडा कला संस्कृतिको विकल्पमा प्रगतिशील कला संस्कृतिलाई अगाडि बढाउँदै आइरहेको छ । कलाकारहरूको स्तरोउन्ती एवं नयाँ कलाकार तैयार गर्ने उदेश्यले आगामी मार्च-अप्रेलमा साँस्कृतिक प्रशिक्षणका कार्यक्रम तय गरिएको छ ।
५) आगामी जनवरी-मार्च तिन महिने संदस्यता र नविनिकरण अभियान सञ्चालन गर्दै त्यस अन्तर्गत टोल, एरिया समितिहरु गठन, पुनर्गठन क्लास-प्रशिक्षण आदि सम्पन्न गरिने छ ।
६) नेपालमा राष्ट्रियता जनतन्त्र र जनजिविका एवं प्रवासी नेपालीहरूको मताधिकार लगायत राष्ट्रियताको रक्षाको लागि सडक-सदनबाट आवाज उठाउँदै आएको पार्टी राष्ट्रिय जनमोर्चाले आगामी माघ महिना भरी ‘गणतन्त्र, राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित आन्दोलनका कार्यक्रमहरू घोषित गरेको छ । उक्त आन्दोलनलाई भारत प्रवासबाट पनि ऐक्यवद्धता प्रकट गर्दै १५ जनवरीदेखि १४ फरवरीसम्म प्रत्येक नगर समितिमा अनुकुलता अनुसार सभा, अन्तरकृया, गोष्ठी आदि गरिनेछ ।
७) भारतका विभिन्न स्थानमा नेपालीहरूमाथी हुने लुटपाटको विरूद्ध मूल प्रवाहले संघर्ष गर्दै आइरहेको छ । लामो समयदेखि हिमांचलका विभिन्न स्थानबाट रोजगार गरि स्वदेश फर्किने क्रममा नेपालीहरू चण्डीगढ, अंबाला, हरिद्धार, सारनपुर लगायत स्थानमा असामाजिक तत्वहरूबाट लुटपाटमा परेका घटनाहरू जानकारीमा आएका छन् । त्यसबाट पीडित कैयौं नेपालीहरुलाई हाम्रो संगठनले स्वदेश पठाउन व्यवस्थापन गर्ने तथा न्याय दिलाउन प्रयत्न गर्दै आएको छ । हालका दिनमा त्यसप्रकारका लुटपाटका घटनामा वृद्धी भएकोले त्यसलाई रोकथाम गर्न सरोकार वालाहरूको ध्यानाकर्षण गराउन कार्यक्रम तय गरिएको छ । साथै मूल प्रवाहका कार्यकर्ताहरू विषेश रूपमा परिचालित गरि यात्राका दौरान सचेत रहन नेपालीहरुमा सचेतना फैलाउने एवं ठाउँ ठाउँमा निगरानी बढाउने कार्यक्रम समेत तय गरियो ।
धन्यवाद
ठाकुर खनाल (अध्यक्ष)