• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा क. माओका योगदान


  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
  • मनोज भट्ट ##
    १. माओको जन्म चीनको हुनान प्रान्तको साओसानमा २६ डिसेम्बर १८९३ मा भएको थियो । आज विश्वका विभिन्न मुलुकका माक्र्सवादी–लेनिनवादीले माओको एक सय तिसौँ माओजयन्ती मनाइरहेका छन् । रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई माथि उठाउनका लागि माओका विचारको महत्त्व झन् बढेर गएको छ । १९२१ मा चीनमा स्थापना भएको कम्युनिस्ट पार्टीको संस्थापकमध्येका माओ पनि एक हुनुहुन्थ्यो । लगातारको अन्तरपार्टी सङ्घर्षबाट माओ पार्टीभित्र छनतुस्यूको दक्षिणपन्थी आत्मसमर्पणवादी र लिलिसान तथा वाङमिङको उग्रवामपन्थी कार्यदिशामाथि विजय प्राप्त गर्न सफल हुनुभयो । उग्रवामपन्थी र आत्मसमपर्णवादी प्रवृत्तिमाथि विजय हासिल गरे पनि नेतृत्वमा त्यही प्रवृत्तिका व्यक्ति लिलिसान जस्ता निर्वाचित भए । गलत नेतृत्वका विरुद्ध पनि माओले सङ्घर्ष गर्नुपर्‍यो ।पार्टीभित्र सही नीति र नेतृत्वको पक्षमा माओको लगातार सङ्घर्षको परिणाम सन् १९३५ मा गएर चिनियाँ कम्युनिस्ट पार्टीमा माओको नेतृत्व स्थापित भयो र त्यो नेतृत्व १९७६ सम्म कायम रहयो । पार्टीस्थापनादेखि माओको मृत्युसम्मको अवधिमा एघारपटक चिनियाँ कम्युनिस्ट पार्टी विभाजनको सिकार भयो तर माओ कत्ति पनि विचलित नभई विभिन्न खाले अवसरवादका विरुद्ध नेतृत्व प्रदान गरिरहनु भयो । उहाँको नेतृत्वमा १९४९ मा चीनमा कम्युनिस्ट क्रान्ति सम्पन्न भयो ।

    Advertisement

    २. चीनमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुँजीवादी जनवाद स्थापना भयो । त्यसको उद्देश्य पुँजीवादको विकास गरेर मुलुकलाई समाजवादमा रूपान्तरण गर्नु थियो अर्थात् समाजवादमा पुग्ने सङ्क्रमण कालीन व्यवस्थाका रूपमा जनवादी कार्यक्रमलाई अगाडि सारिएको थियो । जनवादी सत्ताभित्र पनि कैयौँ नयाँ नयाँ अन्तरविरोध र समस्या देखा परे । माओको नेतृत्वमा ती समस्या र अन्तरविरोधका बिचबाट समाजवादी लक्ष्यमा पुग्न तथा समाजवादको स्थापनापश्चात पनि देखा पर्ने वर्गको अस्तित्वका विरुद्ध सङ्घर्ष अघि बढाइयो । सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत पनि वर्गसङ्घर्ष सञ्चालनको सिद्धान्तको प्रतिपादन तथा प्रयोग गरियो । महान् सर्वहारा सांस्कृतिक क्रान्ति त्यस दिशामा उठाइएको महान् क्रान्ति थियो । अन्तर्राष्ट्रिय रूपमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ठुलो महत्त्व छ ।

    ३. माओले चीनमा स्थापना भएको जनवादी व्यवस्थालाई समाजवादमा रूपान्तरण गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनादेखि नयाँ जनवादी क्रान्तिसम्म र नयाँ जनवादअन्तर्गत राष्ट्रिय पुँजी विकास गर्दै समाजवादको स्थापना गर्ने दौरानमा माओले राजनीतिक, सैद्धान्तिक तथा सङ्गठनात्मक क्षेत्रमा आर्जन र विकास गरेको ज्ञान र अनुभवले चिनियाँ क्रान्तिलाई मात्र नभएर विश्वमा चल्ने सामन्तवाद तथा साम्राज्यवाद विरोधी क्रान्तिलाई पथप्रदर्शन गर्ने तहसम्म विकास गरेको छ । माओका सिद्धान्तको आलोकमा मात्र हाम्रो जस्तो पिछडिएका मुलुकमा क्रान्ति सम्भव छ । यद्यपि माओले विश्व कम्युनिस्ट आन्दोलनमा पुर्‍याएको योगदान वा विकास गरेको विचारले लेनिनको युगभन्दा बाहिर वा बेग्लै युगको प्रतिनिधित्व गर्दैन । माओले विकास गरेका विचार वा सिद्धान्त लेनिनको युगभित्रको विषय भए पनि विश्व कम्युनिस्ट आन्दोलनका लागि धेरै नै महत्त्वपूर्ण रहेका छन् । माओको माक्र्सवाद–लेनिनवादको गुणात्मक विकास र प्रयोगमा महत्त्वपूर्ण योगदान रहेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओका योगदानलाई निम्नलिखित रूपमा प्रस्तुत गर्न सकिन्छ :

    क. माक्र्सवाद–लेनिनवादको व्यावहारिक प्रयोग र विकास
    ख. आधुनिक संशोधनवाद विरुद्धको सङ्घर्ष
    ग. सर्वहारा वर्गको अधिनायकत्वभित्र वर्गसङ्घर्ष सञ्चालनको प्रश्न
    घ. रणनीति र कार्यनीतिको विकास
    ङ. सैन्य रणनीतिको विकास
    च. पार्टीनिर्माणको प्रश्न

    ३. माक्र्सवादका तीनओटा सङ्घटक अङ्ग (वैज्ञानिक समाजवाद, दर्शनशास्त्र र राजनीतिक अर्थशास्त्र) मा माओले विकास गर्नुभयो । माक्र्सले मुख्यतया हेगेल, फायरबाखले विकसित गरेको जर्मन दर्शन, आदम स्मिथ, डेभिड रिकार्डोले विकसित गरेको ब्रिटिस राजनीतिक अर्थशास्त्र, सेन्ट साइमन, चाल्र्स फुरिये, ओवेनको फ्रान्सेली समाजवादको अध्ययन गरेर समाजवादको अवधारणाको विकास गरे । माक्र्सको युग पुँजीको प्रतिस्पर्धाको युग थियो । माक्र्सवादका सङ्घटक अङ्गलाई लेनिन, स्टालिन, माओले विकास गर्नुका साथै आआफ्नो मुलुकमा समाजवादी र नयाँ जनवादी क्रान्ति गरेर समाजवादी व्यवस्था स्थापना गरेर त्यसको व्यावहारिक अभ्याससमेत गरे । कार्ल माक्र्सको महान् उक्ति “दार्शनिकहरूले विभिन्न प्रकारले संसारको व्याख्या मात्र गरेका छन्, मुख्य कुरा त यसलाई बदल्नु हो” लाई व्यवहारमा नै लागु गरेर देखाए ।

    ४. लेनिनवाद साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । लेनिन र स्टालिनले अगाडि बढाएको साम्राज्यवाद विरोधी सङ्घर्षलाई माओले अगाडि बढाउनुका साथै साम्राज्यवादी युगमा देखा परेका कैयौँ नयाँ विशिष्टताको आधारमा त्यसको सैद्धान्तिक, राजनीतिक तथा सङ्गठनात्मक व्याख्यासमेत गर्नुभयो । माओले औपनिवेशिक तथा अर्ध (नव) औपनिवेशिक व्यवस्था भएका मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्व नयाँ जनवादी क्रान्ति र त्यो क्रान्ति विश्व समाजवादी क्रान्तिको अभिन्न अङ्ग हुने माक्र्सवादी प्रस्थापना विकास गर्नुका साथै त्यसलाई चीनको सन्दर्भमा लागुसमेत गर्नुभयो । नयाँ जनवादी क्रान्ति विश्व सर्वहारा समाजवादी क्रान्तिको अङ्ग हुन्छ । यसले साम्राज्यवाद अर्थात् अन्तर्राष्ट्रिय पुँजीवादको दृढतासाथ विरोध गर्दछ ।

    ५. माओको नयाँ जनवादी क्रान्ति र त्यो क्रान्ति विश्व सर्वहारा समाजवादी क्रान्तिको अभिन्न अङ्ग हुने प्रस्थापनाले विश्वका औपनिवेशिक तथा अर्ध (नव) औपनिवेशिक मुलुकमा चल्ने साम्राज्यवाद र देशीय सामन्तवाद विरोधी सङ्घर्षलाई पथप्रदर्शकको काम गरिरहेको छ । जुन मुलुकमा पुँजीवादको विकास भएको छ, त्यस्ता मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा अर्थात् सर्वहारा वर्गको नेतृत्वमा समाजवादी क्रान्ति हुन्छ तर जुन मुलुक पिछडिएका छन्; उद्योगधन्धाको विकास भएको छैन; आधुनिक सर्वहारा वर्गको सङ्ख्या कम छ वा किसानको बाहुल्यता छ । त्यस प्रकारको देशमा कम्युनिस्ट पार्टीको भूमिका के हुन्छ ? कम्युनिस्ट पार्टी पुँजी र सर्वहाराको विकास नहुँदासम्म प्रतिक्षा गरेर बस्छ वा कम्युनिस्ट पार्टीको नेतृत्वमा किसानलाई आधारभूत वर्गको रूपमा अगाडि बढाएर क्रान्तिको अभिभारा पूरा गर्छ जस्ता आधारभूत र नितान्त नयाँ समस्याको समाधान माओले अगाडि सार्नुभयो ।

    ६. किसान पिछडिएको वर्ग मानिन्छ । सोभियत समाजवादी क्रान्तिमा किसानलाई कुनै क्रान्तिकारी वर्गको रूपमा अगाडि सारिएको थिएन तर माओले चीनको विशिष्टतामा किसानलाई क्रान्तिको आभारभूत वर्गको रूपमा अगाडि सार्नुभयो । कम्युनिस्ट पार्टीले किसानका माझ अथक परिश्रम गरेर उनीहरूलाई सर्वहाराकृत गरेर क्रान्तिमा गोलबन्द गर्न सकिने मात्र होइन कि त्यो वर्ग क्रान्तिको आधारभूत वर्ग हुने मान्यता अगाडि सार्नुभयो । त्यो सिद्धान्तको विकास गरेर नयाँ जनवादी क्रान्तिको सिद्धान्त र कार्यक्रम प्रस्तुत गर्नुका साथै त्यसको कार्यान्वयनसमेत गरेर देखाउनुभयो ।

    नयाँ जनवादी क्रान्तिले दुईओटा आभिभारा पूरा गर्दछ । साम्राज्यवादी उत्पीडनको तख्ता पल्टाउन राष्ट्रिय क्रान्ति गर्नु तथा सामन्ती तथा जमिन्दार वर्गको उत्पीडनको तख्ता पल्टाउन जनवादी क्रान्ति गर्नु क्रान्तिका मुख्य अभिभारा हुन् । माओले यसलाई नयाँ जनवादी क्रान्तिको नाम दिए । नयाँ जनवादी क्रान्तिकोे व्याख्या गर्दै माओले भनेका छन्– “यो नौलो जनवादी गणतन्त्र एकातिर पुरानो जनवादी स्वरूपको र पहिले नै थोत्रिइसकेको पुँजीपति वर्गको अधिनायकतन्त्रअन्तर्गत रहने युरोपेली–अमेरिकाली स्वरूपको पुँजीवादी गणतन्त्रभन्दा बेग्लै खालको हुने छ भने अर्कोतिर, सोभियत सङ्घमा फक्रिइसकेको र निसन्देह सबै पुँजीवादी देशमा स्थापना गरिने तथा सबै औद्योगिक दृष्टिले विकसित देशमा राज्यसत्ता र सरकारी ढाँचाको प्रधान स्वरूप बन्ने सोभियत सङ्घ जस्ता समाजवादी गणतन्त्रभन्दा पनि यो बेग्लै खालको हुने छ । सोभियत खालको सरकारको ढाँचा औपनिवेशिक तथा अर्धऔपनिवेशिक देशमा क्रान्तिको निम्ति भने खास ऐतिहासिक कालमा सबै औपनिवेशिक र अर्धऔपनिवेशिक देशमा क्रान्तिमा एउटा तेश्रो स्वरूपको राज्यसत्ता अर्थात् नौलो जनवादी राज्यसत्ता अपनाउनैपर्छ । यो एउटा खास ऐतिहासिक कालका निम्ति सुहाउँदो राज्यसत्ताको रूप हुनाले यो सङ्क्रमण कालीन हुन्छ । क्रान्तिको धार सामन्यतया पुँजीवाद र पुँजीवादी निजी सम्पत्तिको विरुद्ध नसोभm्याइने हुनाले चिनियाँ क्रान्तिको वर्तमान चरणको स्वरूप सर्वहारा समाजवादी नभएर पुँजीवादी–जनवादी हो ।”

    ७. तेस्रो विश्वका मुलुक, जहाँ पुँजीवादको विकास भएको छैन; किसानको बाहुल्यता छ† मजदुर वर्गको विकास भएको छैन; त्यहाँको क्रान्तिलाई माओको विचारले पथप्रर्दशकको काम गर्दछ । हाम्रो जस्तो मुलुकमा माओका योगदानले कति धेरै महत्त्व राख्दछ भन्ने कुरा प्रष्ट छ । यो क्रान्तिकारी प्रस्थापनाको प्रयोगको अभावमा विश्वमा चल्ने साम्राज्यवाद तथा सामन्तवाद विरोधी सङ्घर्षले सफलता प्राप्त गर्न सक्दैन । एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाअन्तर्गतका कतिपय मुलुकमा विगतदेखि चल्दै आएका आन्दोलन सफलतामा नपुग्नु त्यसका उदाहरण हुन् ।

    ८. माओले दर्शनशास्त्रको क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । संसारको व्याख्या सबै दार्शनिकले गरेका छन् तर मुख्य कुरा समाजलाई परिवर्तन गर्नु हो भन्ने माक्र्सवादी प्रस्थापनालाई केन्द्रमा राखेर नै माओले दर्शनको विकास र प्रयोगमा ध्यान दिएको पाइन्छ । माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवादको व्यावहारिक प्रयोग गरेर नै चिनियाँ समाजमा विद्यमान अन्तर्विरोधलाई पक्रिने, पार्टीभित्र देखा पर्ने वैचारिक समस्यालाई समाधान गरेर क्रान्ति सम्पन्न गर्नुभयो । दर्शनको विषयमा माओको प्रष्ट मान्यता थियो कि “व्यावहारिक अभ्यासबिनाको दर्शनको कुरा गर्नु समय बर्बाद गर्नु मात्रै हो ।” माओ विश्वविद्यालय गएर किताबदेखि किताबसम्म अर्थात् विचारदेखि विचारसम्म सीमित रहने कुराको विरोधी हुनुहुन्थ्यो । पार्टीभित्र र समाजमा देखा परेका समस्यालाई समाधान गर्न माओले द्वन्द्वात्मक भौतिकवादी दर्शनको व्यावहारिक प्रयोगमा नै जोड दिनुभयो । त्यस सन्दर्भमा माओले लेखेका दर्शनसम्बन्धी दुईओटा निबन्ध “व्यवहारबारे” र “अन्तरविरोधबारे” विशेष रूपले महत्त्वपूर्ण रहेका छन् । राजनीतिक अर्थशास्त्रको क्षेत्रको विकासमा समेत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओको विशेष योगदान रहेको छ । जनवादी क्रान्ति सम्पन्न भएपछि नियन्त्रित प्रकारको पुँजीवादलाई अगाडि बढाउँदै समाजवादी अर्थतन्त्रमा विकास गरेर समाजवादलाई सुदृढ तुल्याउने कार्य गर्नुभयो ।

    ८. माओले माक्र्सवाद–लेनिनवादको व्यावहारिक प्रयोगको सवालमा हमेसा ठोस परिस्थितिको ठोस विश्लेषणमा जोड दिनुभयो । उहाँले माक्र्सवादी सिद्धान्तकोे अन्धनक्कल वा जडसूत्रवादको रूपमा ग्रहण गर्ने कुराको हमेसा विरोध गर्नुभयो । माओले चिनियाँ समाजको विशिष्टताअनुरूप माक्र्सवाद–लेनिनवादको व्यावहारिक प्रयोगमा ध्यान दिएको कारण नै चीनमा नयाँ जनवादी क्रान्ति सफल भयो । यो सवालमा माओको मान्यतालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुने छ : “माक्र्सवाद एउटा सार्वभौम सत्य हो, जसको प्रयोग सार्वभौम रूपमा गरिन्छ । हामीले यस कुरालाई स्वीकार्नैपर्दछ तर यो सार्वभौम सत्य प्रत्येक राष्ट्रको क्रान्तिको ठोस प्रयोगसँग गाँसिनुपर्दछ । चिनियाँ जनताले चिनियाँ क्रान्तिमा यसकारणले विजय प्राप्त गरे किनभने उनीहरूले माक्र्सवादलाई स्वीकार गरे र त्यसलाई चिनियाँ क्रान्तिको ठोस व्यवहारसँग गाँसे ।” तर विश्वका कतिपय मुलुकमा यसको ठिक उल्टो प्रवृत्ति पाइन्छ । माक्र्सवादलाई आफ्नो मुलुकको विशिष्टतामा प्रयोग गर्नुको सट्टा जडसूत्रको रूपमा ग्रहण गर्ने गरिन्छ, जसको परिणामस्वरूप कम्युनिस्ट आन्दोलनले क्षति बेहोर्नुपरिरहेको छ ।

    ९. माओले आधुनिक संशोधनवादको विरुद्ध भिषण सङ्घर्ष गरेर माक्र्सवादको रक्षामा जोड दिएका थिए । रुसको बिसौँ पार्टी महाधिवेशनमा ख्रुस्चेभले आधुनिक संशोधनवादी बाटो समातेपछि अन्तर्राष्ट्रिय स्तर माओले नै त्यसका विरुद्ध क्रान्तिको झन्डा उठाएर माक्र्सवादको रक्षाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए । यद्यपि पार्टीभित्र पनि माओले संशोधनवादी विचारका विरुद्ध निरन्तर सङ्घर्ष गर्दै उग्रवामन्थी तथा दक्षिणपन्थी अवसरवादका विरुद्ध सङ्घर्ष गरेर माक्र्सवादको रक्षामा जोड दिनुभएको थियो ।

    १०. माक्र्स र लेनिनले समाजवादी व्यवस्थामा पनि वर्गको अस्तित्व विभिन्न रूपमा कायम रहने कुरालाई सैद्धान्तिक रूपमा स्वीकार गरेका छन् । त्यही सिद्धान्तको आलोकमा तथा रुसको समाजवादी व्यवस्थाको अनुभवबाट शिक्षा लिँदै माओले समाजवादभित्र पनि वर्गको अस्तित्व कायम रहने हुँदा वर्गसङ्घर्षको आवश्यकतामा जोड दिँदै सर्वहारा वर्गको अधिनायकत्वभित्र पनि वर्गसङ्घर्ष सञ्चालन गर्नुभयो । माओले पार्टी र सरकारका विभिन्न पद ओगटेर बसेका छद्मभेषी, पुँजीवादी र संशोधनवादीका विरुद्ध महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । यो महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई समाजवादभित्र सञ्चालन गरिएको वर्गसङ्घर्ष उत्कर्षको रूपमा लिन सकिन्छ । यद्यपि चीनमा सर्वहारा सांस्कृतिक क्रान्ति असफल भयो । सर्वहारा सांस्कृतिक क्रान्तिको पक्षधर नेताहरूलाई जेलमा कोच्ने काम भयो तर सर्वहारा सांस्कृतिक क्रान्तिको अत्यन्तै ठुलो महत्त्व छ ।

    ११. क्रान्तिकारी सङ्घर्षमा कार्यनीति र रणनीतिको महत्त्वलाई माओले गहन रूपले व्याख्या गरेका छन् । उहाँले कार्यनीति र रणनीतिबिच उचित सन्तुलन कायम गरेर नै क्रान्तिलाई सफल पार्न सकिने कुरामा जोड दिनुभयो । कार्यनीति र रणनीतिबिच उचित सन्तुलन कायम गर्न नसकेर विश्व कम्युनिस्ट आन्दोलनमा थुप्रै क्षति पुग्ने गरेको छ । त्यो नेपालको हकमा पनि सत्य हो । माओले जापान विरोधी संयुक्तमोर्चामा कार्यनीतिसम्बन्धी हालका समस्या, रणनीतिको सम्बन्धमा, कम्युनिस्ट विरोधी भिषण आक्रमणलाई परास्त गर्ने, पार्टीका वर्तमान नीतिसँग सम्बन्धित केही समस्या, चारैतिर मुक्का प्रहार गर्नेबारे, साम्राज्यवाद र सबै प्रतिकृयावादी कागजी बाघ हुन् जस्ता प्रसिद्ध रचनामा कार्यनीति र रणनीतिको विषयमा विशद् व्याख्या गर्नुभएको छ । यी लेखमा क्रान्तिका लागि आवश्यक पर्ने कार्यनीति र रणनीतिको प्रश्नले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलमा पथप्रदर्शकको काम गरेको छ ।

    १२. माओले सैन्यविज्ञानको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । चीनमा सङ्गठन र सङ्घर्षको मुख्य स्वरूप सेना र सशस्त्र सङ्घर्ष थियो । यो चीनको विशिष्टता थियो । किसानलाई सङ्गठित बनाएर तयार गरिएको सेनालाई सर्वहारा चरित्रको सेनामा विकास गरेर जनतासँग घनिष्ट सम्बन्ध राख्नेलायक सेना बनाउने व्यावहारिक उपायसमेत प्रस्तुत गर्नुभयो । माओ गुरिल्लायुद्धका गुरु नै मानिन्छन् । माओले चीनमा किसानमाझ निर्माण गरेको सेना र सञ्चालन गरेको युद्धको अनुभवले दुनियाँभरिका क्रान्तिकारी युद्धमा मदत पुर्‍याइरहेको छ । त्यसबाट नेपालको क्रान्तिकारी आन्दोलनले पनि थुप्रै शिक्षा प्राप्त गर्न सक्दछ तर माओले हमेसा यान्त्रिक ढङ्गबाट युद्ध सञ्चालन गर्ने कुराको विरोध गरेका छन् । माओले युद्धसँग सम्बन्धित सबै पक्षको साङ्गोपाङ्गो अध्ययन आफ्ना सैनिक रचनामा प्रस्तुत गर्नुभएको छ । सेनाको गठन, सेनाका लागि आवश्यक पर्ने अनुशासन, राजनीतिक कार्यलाई केन्द्रमा राखेर सेना र युद्धको सञ्चालन, सिपाही र अफिसरका बिचको एकता, जनतासँग घनिष्ट सम्बन्ध, युद्धका विभिन्न प्रकार; जस्तै : छापामार र चलायमान युद्ध, युद्धका दौरान आधारक्षेत्रको (स्थानीय सत्ता) निर्माण, गाउँबाट सहर घेर्ने रणनीति तथा दीर्घकालीन जनयुद्धलगायतका विषयमा माओले युद्ध र रणनीतिका समस्या, जापान विरोधी छापामार युद्धको रणनीतिक भूमिका, चीनको क्रान्तिकारी युद्ध र रणनीतिका समस्यालगायतका लेखमा माओले विकास गरेको सैन्यविज्ञान राम्रोसँग अभिव्यक्त भएको छ । युद्धकलासम्बन्धी माओको ज्ञान शास्त्रीय प्रकारको नभएर चीनमा सञ्चालन गरिएको झन्डै २८ वर्ष लामो सशस्त्र सङ्घर्षको व्यावहारिक प्रयोगमाथि आधारित छ ।

    १३. लेनिनवादका विभिन्न आधारमध्ये पार्टीनिर्माणको प्रश्न पनि एउटा हो । माओले लेनिनवादलाई विकास तथा प्रयोग गर्ने क्रममा माक्र्सवादी सिद्धान्तद्वारा लैस लौह अनुशासन भएको, गुटबन्दीरहित, लडाकु चरित्र भएको कम्युनिस्ट पार्टीको निर्माणमा लगातार जोड दिनुभयो । माओले नयाँ जनवादी क्रान्तिको सफलताका लागि तीन जादुगरी हतियार हुनुपर्नेमा जोड दिनुभएको छ । ती हुन– पार्टी, संयुक्त मोर्चा र सेना । यी तीनओटा साधनको अभावमा क्रान्तिलाई सफल तुल्याउन सकिँदैन । कम्युनिस्ट पार्टीनिर्माणको प्रश्न एउटा जटिल प्रक्रिया हो । पार्टीभित्र र बाहिरका गलत तत्त्वका विरुद्ध लगातार चल्ने सङ्घर्षको बिचबाट नै सही क्रान्तिकारी पार्टीनिर्माणको प्रक्रिया अगाडि बढ्ने गर्दछ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको आधारमा नै पार्टी सञ्चालन गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । सही र वास्तविक कम्युनिस्ट पार्टीनिर्माणको सिलसिलामा माओका रचनाले विश्व कम्युनिस्ट आन्दोलनलाई पथप्रदर्शकको काम गरिरहेको छ ।

    पार्टीनिर्माणको सिलसिलामा माओले लेखेका लेखहरू; जस्तै : उदारवादको विरोध गर, राष्ट्रिय युद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका, हाम्रो अध्ययनलाई सुधारौँ, पार्टीको कार्यशैलीमा सुधार, रूढिगत पार्टीलेखनको विरोध गर, हाम्रो अध्ययन र हालको परिस्थिति, जनवादी केन्द्रीयता, पार्टी कमिटीको कार्यपद्धति, पार्टी अनुशासन र एकता, जनवादी केन्द्रीयता विशेष रूपले उल्लेखनीय छन् । यी रचनाले पार्टीनिर्माणको समस्यालाई समाधान गर्न दिशानिर्देशकको काम गरेको छ ।

    विश्व कम्युनिस्ट आन्दोलनमा माओका उपर्युक्त पाँचओटा योगदानले महत्त्वपूर्ण भूमिका खेल्नुका साथै पथप्रदर्शनको काम गरेको छ । यी योगदानले माक्र्सवाद–लेनिनवादको विकास तथा प्रयोग आधुनिक संशोधनका विरुद्धको सङ्घर्षमा नयाँ आयाम थप्ने काम गरेको छ । माओका विचारले ठोस परिस्थितिमाथि आधारित कार्यनीति तथा रणनीति तय गर्न शक्तिशाली पार्टी तथा सेनाको निर्माण गरेर नया जनवादी क्रान्तिको अभिभारा पूरा गर्न वैचारिक रूपले दिशानिर्देश गरेको छ ।

    शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.