खिमराज चालिसे, चंडिगढ ।
भारतको चंडिगढमा एक नेपाली बालिका अलपत्र अवस्थामा फेला परेकी छन् । करिव १०–१२ वर्षकी गौरी नाम गरेकी बालिकालाई स्थानीय प्रशासनले संरक्षण गरेको छ ।
ति बालिकाको आफन्तको खोजतलासका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले चंडिगढ प्रहरीसँग मिलेर काम गरिरहेको छ ।
१७ अक्टुबर २०२२ मा चंडिगढको पिजीआई अस्पताल गेटमा भेटिएकी गौरीलाई चंडिगढ प्रशासनले बालगृहमा राखेको छ । प्रहरी अनुसन्धानमा उनका बुबा राम आषिस (दिवंगत) र आमा इन्द्रादेवी रहेको थाहा लागेको छ । धनुषा जिल्लाको जनकपुर घर बताउने उनका दुई भाइ बिहीनीसमेत रहेका उनले बताएकी छन् ।
पंजाबको सरहन्दबाट १७ अक्टुवरका दिन पिजीआई अस्पताल आएकी ति बालिकाका धेरै नेपाली र थोरै हिन्दी बोल्ने चंडिगढ प्रहरी सब–इन्स्पेक्टर ऋषिलालले जानकारी दिए ।
बालिकाका आफन्तबारे थाहा लागेमा चंडिगढ पुलिस सब–इस्पेक्टर ऋषिलाल ९१९८१५४५९७२६ वा मूल प्रवाहका केन्द्रीय सदस्य खिमराज चालिसेलाई ९१८९६८५०३०५० मा खबर गरिदिन मूल प्रवाहले आग्रह गरेको छ ।