वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर समितिले घरेलु हिंसामा परेकी राधिका क्षेत्रीलाई न्याय दिलाएको छ ।
राधिकाले आफ्ना श्रीमान भूपेन्द्र क्षेत्रीबाट पीडित भएको भन्दै न्यायका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बापी नगर समितिमा निवेदन दिएकी थिइन् ।
पीडित राधिकाका श्रीमान भूपेन्द्रलाई समाजले छलफलको लागि बारम्बार अनुरोध गर्दा पनि विभिन्न बाहना बनाएर आएका थिएनन् । त्यसपछि मूल प्रवाहका प्रतिनिधिले पीडित राधिकालाई वापीदेखि बढोदरा लगेर भुपेन्द्रसहित उनका वुबा–आमा र आफन्तहरूलाई राखी छलफल गरेका थिए ।
त्यसक्रममा भूपेन्द्रले आफूबाट गल्ती भएको स्वीकार गरी अब आइन्दा राधिकारलाई दुःख नदिने प्रतिवद्धता जाहेर गरे ।
आगामी दिनमा यस्ता खाले कुनै गल्ती नदोहोर्याउने र दोहोर्यामा कानुन बोमोजिन सजाय भोग्न तयार रहेको बताए ।
साथै, उनले आफ्नो पारिवारिक जीवन सुख शान्तिसँग छोरीको उज्जवल भविष्यको लागि श्रीमान श्रीमती एक आपसमा प्रेम र सद्भावका साथ रहने भन्दै आफूहरुबीच टुटेको सम्बन्ध जोडिदिएकोमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई धन्यवादसमेत दिएका छन् ।