पाल्पा । पाल्पामा ठूलो संख्यामा तोपका गोला फेला परेको छ । नेपाली सेनाले घडेरी खन्ने क्रममा गोला फेला परेको प्रहरीले जनाएको छ ।
Advertisement
तानसेन नगरपालिका–४ गोलाखानामा सेनाले घडेरी खन्ने क्रममा ३ सय भन्दा बढीको संख्यामा गोला फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गोला भेटिने क्रम अझै जारी छ ।
फेला परेका गोला तानसेनस्थित सेनाको गणमा राखिएको छ । नेपाली सेनाले धेरै वर्ष पहिला जमिनमुनि ति गोला पुरेको हुनसक्ने अनुमान गरिएको छ ।
सेनाले आफ्नो जग्गामा गेस्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।फेला परेका गोला के कसरी रहन गयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।