• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तरविरोधको केन्द्र राज्यसत्ता


  •   आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##
    जुनसुकै वस्तु पनि गतिशील हुने र विकास गर्ने कारण त्यसभित्रै रहेका अन्तरविरोधी पक्ष हुन् । समाजमा धनी र गरिब, परिवारमा लोग्ने र स्वास्ने सङ्गठनमा अल्पमत र बहुमत, सिद्धान्तमा पुँजीवाद र समाजवाद, राजनीतिमा एकता र सङ्घर्ष आदि परस्पर विरोधी पक्ष एकै ठाउँमा हुन्छन् र अन्तरविरोधी भई गति प्रदान गर्दछन् । द्वन्द्ववादले विपरीत तत्त्वको गतिको जाँचबुझ गरेर स्थितिको अध्ययन गरेपछि मात्र अन्तरविरोधलाई समाधान गर्ने तरिका निश्चित गर्न सिकाउँछ । स्थितिको अध्ययन गर्नलाई वस्तुगत सत्यको जानकारी हुनपर्छ । सत्यले सापेक्ष सत्यबाट अघि बढ्दै निरपेक्ष सत्यतर्फको यात्रा निश्चित गर्न सक्नुपर्छ । त्यो भनेको बिहान हो भने सूर्य पूर्वमा हुन्छ, साँझमा हो भने सूर्य पश्चिममा हुन्छ । सन् १८४८ भन्दा पहिले पुँजीवाद प्रगतिशील व्यवस्था हुन्छ । त्यसभन्दा पछि हो भने समाजवाद प्रगतिशील पक्ष हुन्छ । त्यसकारण सही र सत्य तथ्यको अध्ययन गर्दा समय र अवस्थाको मातहतमा रहेर निष्कर्ष निकाल्न सक्नुपर्छ ।

    Advertisement

    अन्तरविरोधी पक्षमध्ये कुन उदाउँदो प्रगतिशील पक्ष हो र कुन अस्ताउँदो प्रतिगामी पक्ष हो ? जाँचबुझ गर्ने व्यक्तिले त्यो कुराको पनि ख्याल राख्नुपर्छ । सत्य बनिबनाउ र स्थिर प्रकृतिको हुन्न भन्ने पनि जान्नुपर्छ । अन्तरविरोधका दुवै पक्ष एकआपसमा सँगै हुने भएकोले एकअर्का सित मिल्छन् र सङ्घर्ष गर्छन् पनि । एकता सापेक्ष, समावेशी, निश्चित समयसम्मका लागि र सन्तुलन कायम राख्नका लागि हुन्छ भने सङ्घर्ष निरपेक्ष र हरेक समय नयाँ सन्तुलन कायम गर्दै अघि बढ्छ । झन्पछि झन् उच्च हुन्छ ।

    नौलो प्रकृया उदाउन थाल्दा त्यसका सङ्गठक विपरीत तत्त्वले पुरानै कामको निरन्तरताको रूपमा पक्षविपक्षको ठाउँ ओगट्छन् । त्यस बखत नौलो प्रकृया उदाउँछ । एउटा पक्ष विजयी हुन्छ र अर्काे पक्षको हार हुन्छ । सङ्घर्ष झन् उच्च स्तरको हुन्छ । जितेको पक्षले आफ्नो विजयी अस्तित्व कायम राख्छ र हार ब्यहोरेको पक्षले झन् उच्चस्तरको सङ्घर्षबाट आफू विजयी हुने उद्देश्यका साथ काम गर्छ । विकासमा अन्तरविरोधको निरन्तरता रहिरहन्छ । राजनैतिक अन्तरविरोधलाई सहयोग पुर्‍याउने आर्थिक र वैचारिक अन्तरविरोध पनि साथसाथै उपस्थित हुन्छन् ।

    समाधानको उपाय पत्ता लगाउन हरेक अन्तरविरोधका दुवै पक्षको विशिष्टता अथवा आफ्नापनलाई प्रष्ट पार्नुपर्छ । सम्पूर्ण पक्षलाई बुझ्नुपर्छ । विशिष्टताभित्र उद्देश्य, आवश्यक सामाग्री, काम गर्ने तरिका र कामको मूल्याङ्कन अथवा समीक्षा आदि आधार समावेश हुन्छन् । त्यतिले मात्र पुग्दैन, प्रगतिशील वा प्रतिगामी कामको प्रकृति र त्यो कामले निम्त्याउने परिणामसमेतको मूल्याङ्कन गरेर विशिष्ट लक्षण निश्चित गर्नुपर्छ ।

    अन्तरविरोधको विकासको अवस्था र समाधानको अवस्था गरी दुई अवस्था हुन्छन् । अन्तरविरोध विकासको अवस्थामा दुवै पक्षले आफ्नो श्रेष्ठताका प्रमाण जुटाउँछन् । त्यो अवस्थाले मात्र काम चल्दैन । अन्तरविरोधको समाधानको अवस्था पनि आउँछ । साक्षी, प्रमाण, योग्यता, दक्षता, नियम, कानुन, पक्षविपक्ष र व्यवस्थासमेतको ख्याल गरेर चलिरहेको अन्तरविरोध समाप्त हुन्छ । समाधान हुँदा मित्र पक्ष हुन् भने सम्झौतामा र शत्रु पक्ष । एउटाले अर्काेलाई विषेध गरेर त्यो अवस्था टुङ्गिन्छ । अन्तरविरोध झ्न उच्च स्तरबाट फेरि सुरु भई गतिशील हुन्छ ।

    पदार्थको पहिचान गर्नु भनेको त्यसको विशिष्ट अन्तरविरोधको पहिचान गर्नु हो । विशिष्टबाट समान्यतर्फ जाँदा र सामान्यबाट विशिष्टतर्फ जाँदा ज्ञान प्राप्त हुन्छ । मात्रात्मक रूपमा फरक रहेका अन्तरविरोध मात्रात्मक हिसाबले मूल्याङ्कन गरेर फस्र्याैट गर्न सकिन्छ तर गुणात्मक रूपले फरक रहेका अन्तरविरोधको फस्र्यौट गुणात्मक रूपले फस्र्याैट गर्न सकिन्छ । गुणात्मक फरक जुक्तिका लागि वर्गीय र सामाजिक पक्षको भूमिका ख्याल गर्नुपर्छ ।

    समाधानको उपाय पत्ता लगाउन हरेक अन्तरविरोधका दुवै पक्षको विशिष्टता अथवा आफ्नापनलाई प्रष्ट पार्नुपर्छ । सम्पूर्ण पक्षलाई बुझ्नुपर्छ । विशिष्टताभित्र उद्देश्य, आवश्यक सामाग्री, काम गर्ने तरिका र कामको मूल्याङ्कन अथवा समीक्षा आदि आधार समावेश हुन्छन् । त्यतिले मात्र पुग्दैन, प्रगतिशील वा प्रतिगामी कामको प्रकृति र त्यो कामले निम्त्याउने परिणामसमेतको मूल्याङ्कन गरेर विशिष्ट लक्षण निश्चित गर्नुपर्छ । सामान्य स्वरूप र विशिष्ट स्वरूप, निरपेक्षता र सापेक्षताबारे हरेकको सत्यता नै वस्तुमा पाउने अन्तरविरोधी समस्याको भित्री सार हो तर वर्तमान समाजमा सत्यलाई झुटले ढाकेको हुन्छ । झुटलाई पन्छाउने काम नगरेसम्म सत्य पत्ता लगाउन सकिन्न । अर्काेतिर, शारीरिक काम र बौद्धिक कामको बिचमा धेरै अन्तर छ अथवा गरिरो खाडलले टाढा बनाएको छ ।

    धेरै पुस्तापछि मात्रै व्यवहारमा लागु हुन सक्ने विषयको सैद्धान्तिक ज्ञान अहिले नै लिपिबद्ध भइसकेका छन् । सत्तासिन संयन्त्रभित्र सत्यलाई झुट सावित गर्ने र झुटलाई सत्य सावित गर्ने खेलोमेलो धेरै हुने भएकाले वर्गीय अधिनायकत्वको लामो सङ्क्रमण कालपछि मात्रै सत्यलाई सत्य र झुटलाई झुट भन्ने अभ्यास समाजमा प्रयोग गर्न सकिने छ ।

    वर्तमान समाजमा आर्थिक उत्पादनलाई व्यक्तिगत स्वामित्वअन्तर्गत राखेर समाज परिचालन गरिन्छ । आर्थिक अभाव र आर्थिक सम्पन्नताले धेरै कुरा फैसला गर्दा आर्थिक लेनदेनले काम गर्छ । लाग्छ, आर्थिक सम्पन्नताले अन्तरविरोधका सबै समस्या आफ्नो पक्षमा फैसला नहुन सक्छ । सबैभन्दा पहिले त्यस्तो असामाजिक वातावरणलाई सामाजिक न्यायको कब्जामा पार्न प्रयत्न गर्नुपर्छ । समाजमा अभावको अवस्थाबाट फाइदा उठाएर अन्तरविरोध साध्ने र सङ्गठित शक्तिलाई तितरबितर पार्ने चलन बढी छ ।

    अन्तविरोधको समाधान गर्न मुख्य अन्तरविरोध र कुनै खास अन्तरविरोधको मुख्य पक्ष दुवै बुझ्न जरुरी छ । नौलोलाई ठाउँ दिन पुरानो मासिन्छ । पुरानाको भित्रबाट नौलोको उदय हुन्छ । नौलो त्यही हो, जसको जीवन क्षमता बढी हुन्छ । नयाँले पुरानोका असल गुण ग्रहण गरेको हुन्छ । अन्तरविरोधका दुवै पक्ष एउटा मुख्य अन्तरविरोध र दोस्रो खास अन्तरविरोधको मुख्य पक्ष दुवै बुझेर समाधान गर्न खोजे पनि कुन प्रगतिशील पक्ष हो र कुन प्रतिगामी पक्ष हो ? नछुटाइकन समाधान गर्दा त्यसको नकारात्मक प्रभाव पर्न सक्छ । अन्तरविरोधको मुख्य पक्षको नतिजाको पनि ख्याल गर्नुपर्छ । एकरूपता भनेको अन्तरविरोधी दुवै पक्षको सहअस्तित्व एउटै एकाइमा रहन्छ ।

    राजनैतिक पार्टीमा न्याय र समानताको पक्षभन्दा प्रतिशोधको पक्ष बलियो हुने एकातिर, राज्यसत्ता सत्ताको सङ्गठित शक्तिलाई दुरूपयोग गरेर ज्यादती मच्चाउने अर्काेतिर—दुवैले गर्दा अन्तरविरोधका जतिसुकै व्यवस्थित कुरा गरे पनि व्यावहारिक प्रयोगमा निम्नभन्दा निम्न स्तरको न्यायको प्रत्याभूति पनि हुन नसक्ने अवस्था ब्यहोर्नुपर्दछ ।

    अन्तरविरोधी पक्षहरू साधारण अवस्थामा पक्ष र विपक्षमा बाँडिएका हुन्छन् तर विशेष अवस्थामा अन्तरविरोधी एकाइ कोही अर्काको पक्षमा गर्दै पक्ष र विपक्ष हुने गर्दछन् । त्यस्तो अवस्था सामान्य अवस्थाभन्दा फरक हुन्छ । त्यस्तो विशेष परिस्थितिमा दुवै पक्षमध्ये प्रत्येक पक्ष एकअर्काको विरोधी पक्षमा फेरिन पुग्छन् । साधारण प्रकृयामा पाइने विपरीत तत्त्वहरू एक जोर मात्रै हुन्छन् तर जटिल प्रकृयामा भने तिनीहरू एक जोरभन्दा बढी हुन्छन् । साथै विपरीत तत्त्वहरूको जोडी अर्काे जोडीका विपरीत हुन्छन् । साँच्चिकै हुने रूपान्तरणमा रहेको एकरूपताबाट छर्लङ्ग्याउनु नै माक्र्सवादी द्वन्द्ववाद हो । सापेक्ष रूपमा स्थिरताको अवस्था र प्रत्येक परविर्तनको अवस्था, परिस्थितिबद्ध सापेक्ष एकरूपता र परिस्थितिबाट फुक्का निरपेक्ष सङ्घर्षको मिसावटबाट सबै वस्तुमा पाइने विपरीत तत्त्वको गति बनेको हुन्छ ।

    अन्तरविरोधको कुरा गर्दा समाज, राज्यसत्ता र जनताको राजनैतिक चेतना स्तरको कुरा अवश्य पनि आउँछ । राजनैतिक पार्टीमा न्याय र समानताको पक्षभन्दा प्रतिशोधको पक्ष बलियो हुने एकातिर, राज्यसत्ता सत्ताको सङ्गठित शक्तिलाई दुरूपयोग गरेर ज्यादती मच्चाउने अर्काेतिर—दुवैले गर्दा अन्तरविरोधका जतिसुकै व्यवस्थित कुरा गरे पनि व्यावहारिक प्रयोगमा निम्नभन्दा निम्न स्तरको न्यायको प्रत्याभूति पनि हुन नसक्ने अवस्था ब्यहोर्नुपर्दछ ।

    एक छिन जनताको अवस्थातिर जाऔँ । छिमेकी दुई परिवारमध्ये एउटाको भालेकुखुरा आफ्नो साग करेसाबारीमा पसेर साग खाइरहेको अवस्थामा उसले धपाउन सानो ढुङ्गाले हान्दा भालेको टाउकोमा लागेर भाले मरेपछिको भलाद्मीहरूको भेलामा भालेलाई हान्ने छिमेकीले सिधा र सरल तरिकाले घटना बताएछ तर भालेवालाले त्यो सबै यथार्थ कुरा भाले धपाउन हानेको हुँ; टाउकोमा लागेर मर्‍यो; अब भालेको साटो भाले भने पनि किनेर दिन्छु; मरेको भालेको मोल गरेर मासुको मुल्य तिर्ने भए पनि तिर्छु भनेर कायम पर्दासमेत सबै कुरा ठिकै हो तर मेरो भाले किन मारिदिइस् भनेर पटक पटक दोहोर्‍याई तेहर्‍याई भनेपछि नमिलेर अदालत जानुपरेको घटना घटेको थियो ।

    अदालतको न्यायाधीशले मुद्दा फैसला गर्दा अन्यायमा परेकाले किन अन्यायमा पर्नुपर्‍र्याे ? म त ज्यादती गर्नेवाला होइन । फेरि काम्लो पनि श्रीमानलाई दिएकै थिएँ भन्दा तपाईंको काम्लो गाईले खाइदियो; त्यसैले मेरो त्यस्तो फैसला आएको हो भनेको कुरा र सत्तापक्षका कार्यकर्ताले गर्ने निम्नभन्दा निम्नस्तरका ज्यादतीलाई कुन किसिमका अन्तरविरोधको सङ्ज्ञाले सम्बोधन गर्ने ? यी तिनै पक्षका ज्यादती वर्गीय र राजनैतिक अन्तरविरोधमा सत्तापक्षको वर्गचरित्र र कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको घटना प्रमाणित हुन्छ ।

    समाजमा सङ्गठित शक्तिलाई तितरबितर पारेर राज्यसत्तामा आफ्नो वर्चस्व कायम गर्न एउटा सङ्गठित व्यक्तिलाई आफूले केही गर्न नसक्ने भएको र सङ्गठन छाडेपछि मात्र सुविधा उपयोग गर्न दिएको एउटा घटना प्रतिनिधि घटनाको रूपमा यस्तो थियो :

    अन्तरविरोधको विषयमा जाँदा नीतिनियम, सिद्धान्त, अनुशासन जता जे पायो, त्यही गर्ने अथवा नीति, नियम, सिद्धान्तको ख्याल नगरिकन मनपरी काम गर्ने शक्ति बलिया र शक्तिशाली हुने कुरा पनि व्यवहारमा देखिन्छ ।

    एक जना साथी भारतको दिल्लीमा नोकरी गर्न गएको अवस्थामा नेपाली एकता समाजमा सङ्गठित भएर नेकपा (मसाल) को सदस्यता दिइछन् । एक दुई वर्षपछि छुट्टीमा घर पुगेका दिन बेलुकी छिमेकीहरू चार छ जना उनको घरमा जम्मा भएछन् । उनी आफ्नो अवस्था बताउँदै एकता समाज र मसाल पार्टी सबैभन्दा सही नीति भएको पार्टी भएको हुनाले म लागेँ, तपाईंहरू पनि लाग्नुपर्छ । सबैले कुरा सुनेछन् । बिदामै आआफ्नो घर गएर भोलि बिहान उनी धारामा पानी भर्न गएको अवस्थामा ती बेलुकी जम्मा भएका मान्छेले पानी थाप्न रोकेर यो एमालेले बनाएको धारा हो; बाटो हो; वन हो; तपाईंले कुनै पनि उपभोग गर्ने भए एमालेको सदस्यता लिनुपर्छ, नत्र मसालले बनाएको जहाँ छ, त्यहीँ गएर हिस्सेदार बन्नु हो । त्यो अप्ठेरो समस्याको समाधान उनको चेतनास्तरले जवाफ दिएर गर्न नसकेर त्यसको भोलिपल्ट एमालेको सदस्यता लिएछन् । फेरि दिल्ली गएर आफ्नो पुरानो सदस्यता कायम राख्न अनुरोध गरेछन् ।

    जनता र राजनैतिक कार्यकर्ताको यस्तो अवस्था भएका घटना अझ धेरै छन् । यस्तो अवस्थाको अन्तरविरोधलाई कसरी परभाषित गर्ने ? हामीले अहिले विश्लेषण गर्दा यस्ता घटना धेरै बनाएर ठुला पार्टी भएका छन् । सिद्धान्त र राजनीतिलाई बेवास्ता गरेर सङ्गठित शक्तिले शासनसत्ता सञ्चालन गरेका छन् । राजनीतिक चेतना जनतामा धेरै निम्नस्तरमा छ । देश र जनताका नाममा जम्मा गरेको कर र ऋणको रकम मनपरी ढङ्गले खर्च गरिरहेका छन् ।

    अहिलेको परिवार आर्थिक एकाइ हो । त्यसलाई विकास गरेर राजनीतिक एकाइ बनाउनुपर्छ ।

    अन्तरविरोधको विषयमा जाँदा नीतिनियम, सिद्धान्त, अनुशासन जता जे पायो, त्यही गर्ने अथवा नीति, नियम, सिद्धान्तको ख्याल नगरिकन मनपरी काम गर्ने शक्ति बलिया र शक्तिशाली हुने कुरा पनि व्यवहारमा देखिन्छ । उनीहरूको अराजक क्रियाकलापले समाज दूषित पनि बनाएको छ । यो वर्तमान बुर्जुवा समाजमा हुने विकृति हो । अनुशासित शक्तिले त्यस्ता अराजक शक्तिलाई काबुलमा ल्याएर नियमन गर्न वर्तमान राज्यसत्ता बाधक हुन्छ र व्यक्तिगत स्वामित्वको व्यवस्था दोषी हुन्छ । भविष्यको समाजवादी समाजमा मात्रै यस्ता खालका गतिविधि रोकिन्छन् भन्ने कारण सामूहिक अर्थतन्त्र हुने र सामूहिक स्वार्थका लागि सबैले काम गर्ने/गराउने भएकाले हो । त्यतिखेर मान्छे मान्छेबिचका अन्तरविरोध हटेर मान्छे र प्रकृतिबिचका अन्तरविरोध प्रमुख भएका हुन्छन् ।

    अहिलेको परिवार आर्थिक एकाइ हो । त्यसलाई विकास गरेर राजनीतिक एकाइ बनाउनुपर्छ । त्यो धेरै उच्च स्तरको काम हो । हामी सबैका साझा समस्या खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगार हुन् । यी समस्या एक्लाएक्लैले समाधान गर्नुपर्दा मान्छेमाथि मान्छेको उद्देश्य शोषणका लागि उपयोग गर्ने हुन्छ । त्यसैबाट समस्या सुरु भएर अगाडि बढ्छ । मान्छे मान्छे आपसमा मायाप्रेम र सद्भावसहित काम गर्न व्यक्तिगत समस्याले रोक्छ† सामूहिकतालाई राज्यसत्ताले रोक्छ । त्यसकारण अन्तरविरोधको मुख्य केन्द्र राज्यसत्ता हो र समाधान त्यसमा आमूल परिवर्तन हो ।

    आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.