• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

विभेद र शोषण विरुद्ध नेकपा (मसाल) को अस्तित्व स्वाभाविक


  •   शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
  • लक्ष्मण बेलबासे

    Advertisement

    नेपाल कम्युनिस्ट पार्टी (मसाल) नेपालको राजनीतिमा नौलो नाम होइन । नेपालको कम्युनिस्ट आन्दोलनको लामो सङ्घर्षपूर्ण इतिहास बोकेको गतिशील पार्टी हो नेकपा (मसाल) र यसैको खुला मोर्चा हो : राष्ट्रिय जनमोर्चा । सङ्घर्ष, एकता र सङ्घर्षको बाटो पछ्याउँदै विभिन्न राजनीतिक लडाइँ लडेको यो पार्टी वैचारिक शुद्धतामा अहिले पनि कम्युनिस्ट आन्दोलनको नेतृत्व एक्लै गरिरहेको छ । विचार र व्यवहारको तालमेल मिलाउँदै शुद्धता कायम राखेको छ ।

    अर्धसामन्ती अवस्थाबाट गुज्रिरहेको हाम्रो समाजको चरित्र पनि अझै अर्धसामन्ती नै रहेको छ । त्यसैले हाम्रो समाजले त्यस्तै प्रकारको व्यवहार पनि प्रस्तुत गर्ने गर्दछ । अझै पनि राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत स्वरलाई केन्द्रमा राखेर चाकडी र निगाहमा विश्वास गर्ने गरेको पाइन्छ ।

    राज्यप्रति विश्वास नहुनु र राज्यले विभेदकारी नीति अख्तियार गर्दै अभिभावकीय भूमिका निभाउन नसक्नु यसको अर्को कारण हो । यसले गर्दा विस्तारै कार्यकर्तामा वैचारिक अडानमा स्खलन हुँदै विचारमाथि विश्वास कम हुने बाध्यात्मक अवस्था आएको पाइन्छ । यसले गर्दा नीति, विचार र सिद्धान्तले एउटा पार्टीमा प्रतिबद्ध व्यक्ति पनि भविष्यमा केही व्यक्तिगत लाभ लिने आशमा मत अन्तै जाहेर गरेका कैयौँ उदाहरण भर्खरै सम्पन्न हुँदै गरेको चुनावी परिणामले देखाएको छ । अस्थिर वैचारिक स्थितिकै कारण छिनछिनमै मतसँगै दल बदल्नेको सङ्ख्या पनि अधिक रहेको पाइन्छ समाजमा ।सही नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध पार्टी नै जनताको रोजाइमा नपरेको धेरै भइसक्यो यहाँ । यसको एउटा गतिलो उदाहरण हो, राष्ट्रिय जनमोर्चा ।

    यो देशमा पहिलोपटक संविधान सभाको माग राख्दै अनवरत सङ्घर्ष गरेको यही पार्टी हो । यही कुरालाई सही मान्न अन्य दललाई थुप्रै समय लाग्यो । अन्तत: सबै पार्टीलाई सत्यलाई स्वीकार्न कर लाग्यो । नेपालमा संविधान सभाको चुनाव भयो । संविधान सभाले जनताको संविधान घोषणा गर्‍यो र कैयौँ असन्तुष्टिका बाबजुद कार्यान्वयनको चरणमा पुग्यो । देशमा जनताले लेखेको संविधान लागु भयो तर त्यही संविधान सभामा जनमोर्चाका प्रतिनिधि न्यून पठाइयो, जनताबाटै ।

    यहाँ पनि फेरि काग र कोइलीको खेल सुरु भयो । फुल एउटाको, कोरल्ने अर्कै भयो । यसैले होला, संविधानमा ऐजरु पलायो । जनताले चुनेका प्रतिनिधि नै जनमतलाई धोका दिँदै विदेशी प्रभावमा परी सङ्घीयता जस्तो घातक विषय संविधानमा लिखित रूपमा नै आयो । सबै दलका नेता–कार्यकर्तामा असन्तुष्टि हुँदाहुँदै पनि आफ्नो दलको निर्णय भन्दै बिस पचाउन बाध्य देखिए । जातीय नारा उराल्दै देश झन्डै विखण्डनको दिशामा गएन । खण्डित धेरै मन अहिले पनि मिल्न सकेका छैनन् । अहिले आएर सबैका मन र मुख दुवै खोलिन थालेका छन् । भन्छन्– देशले सङ्घीयता धान्न सक्दैन ।

    राष्ट्रिय जनमोर्चा त्यति नै बेला यो देशमा सङ्घीयता आवश्यक छैन । यो देशलाई अस्थिर बनाउने विदेशी खेल हो । यसलाई संविधानबाट हटाउनुपर्छ । जनताको अभिमत सुनिनुपर्छ भनेर संसद्को रोस्ट्रमदेखि सहरका गल्ली गल्लीमा पुगेर जनतालाई आह्वान गर्ने यही पार्टी थियो ।

    सङ्घीयता विरोधीको नाक काटिन्छ अलो रगत चटिन्छ भन्दै आइलाग्ने आक्रोशित भिडको सामना गर्दै गाउँ गाउँमा सङ्घीयता विरुद्धको लडाइँमा देशीविदेशी शक्तिकोनिसानामा अहिलेसम्म यही पार्टी परेको छ । यही लडाइँमा कैयौँ कमरेड अङ्गभङ्ग भएका छन् । यही सङ्घीयता विरोधी आन्दोलनलाई पनि अब अर्कैले काखी च्याप्न थालेका छन् । न इतिहास, न भविष्य भएका केही दल र परिचालित व्यक्ति धमिलो पानीमा जाल फाल्दै क्षणिक वैयक्तिक लाभका लागि जनमतसँग खेल्न थालेका छन्। जसले हिँजो यो व्यवस्था घातक छ भनेर जीवनमरण को लडाइँ लड्यो र आज पर्यन्त सङ्घीयता खारेजीलाई प्रमुख मुद्दा बनाएर लडिरहेको छ । त्यही पार्टीलाई ओझेलमा पर्न देशीविदेशी शक्ति एकजुट भएर लागेका छन् । जनमतलाई भ्रमित पार्दै जनमोर्चा सिध्याउने खेलमा लागेका छन् भन्दै छन्– जनमोर्चा सिद्धियो ।

    राष्ट्रिय जनमोर्चा एउटा मात्र नेपालको यस्तो कम्युनिस्ट पार्टी हो, जसले विचारको राजनीति गर्छ । नीति, विचार र सिद्धान्तको व्यवहार त प्रयोगात्मक अनुशरण गर्दछ । सैद्धान्तिक विचलनले गलत दिशामा पुर्‍याउँछ भन्ने कुरालाई दृढताका विश्वास गर्दछ र त्यहीअनुरूपको व्यवहार गर्दछ ।

    २०५२ सालदेखि सुरु गरिएको कथित जनयुद्ध उग्रवामपन्थी भड्काव हो । नेपालका आफ्नै कला, धर्म, संस्कार र संस्कृति नामेट पारेर आपसी सद्भावमा खलल् पुर्‍याउँदै आफ्ना धर्म र संस्कार भित्राउँदै नेपाललाई सधैँ अस्थिरतामा फसाएर लाभ लिन चाहने छिमेकी तथा पश्चिमाहरूको कठपुतली लडाइँ हो यो । अन्त्यमा घोर दक्षिणपन्थी बाटोमा जाने छ । यो लडाइँ नेपाल र नेपालीको हितमा कुनै पक्षबाट पनि छैन । यसरी सही समयमा जनतालाई सही सूचना सूचित गर्ने यही पार्टी थियो । अहिले परिणामघाम जत्तिकै छर्लङ्ग छ ।

    क्षणिक लाभका लागि देश र जनतालाई दाउमा लाउनेहरू फूलसरी आउँछन् र छिट्टै विलय पनि हुन्छन् । यो सत्ता र राज्यसँग असन्तुष्ट तरल मत छिट्टै आकर्षित हुने, आक्रोशित हुने र उत्तेजित तथा अलि भावनामा बहकिने हुन्छन् । जो भर्खर बालकबाट बालिग भएका पनि हुन्छन्; जो विषयवस्तुको गहिराइमा नपुगी, अवस्थाको वस्तुनिष्ठ विश्लेषण नगरी छिट्टै निर्णय गर्ने क्षमता राख्दछन् । सतही मिठा कुराले छिट्टै प्रभावित पनि हुने गर्दछन् । त्यसैको परिणाम कहिलेकाहिँ जनमतले गलत परिणाम पनि दिन सक्दछ । त्यसैले राजनीति तथा राजनीतिक पार्टीले सही विचार र उद्देश्यसहित समाजलाई नेतृत्व प्रदान गर्ने हैसियत प्रस्तुत गर्नुपर्दछ ।

    स्वार्थको राजनीति सलबलाएका बेला कहिलेकाहिँ सही विचार र सिद्धान्त धुमिलो हुन सक्दछ । औचित्य सिद्धिए जस्तो लाग्न सक्छ । अधिक सूचनाको प्रवाह, भ्रामक र तथ्यहीन अफवाह फैलाउने समाचारको सम्प्रेषण, पुँजीवादी तथा साम्राज्यवादीको गतिलो हतियार हो । यसले कहिलेकाहिँ मानिसलाई सत्यबाट टाढा पुर्‍याउँदै दिग्भ्रमित बनाइदिन्छ । यस्तो बेलाको निर्णय पनि सही नहुन सक्दछ । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको हकमा पनि कति कुरा यस्तै भएको छ ।

    मसाल समर्थित राष्ट्रिय जनमोर्चाका नीति, विचार र विश्लेषण सबैलाई मन परेका छन् । राजमोका नीति, कार्यक्रम, यसले उठाउने मुद्दा र सङ्घर्ष सबैलाई मन पर्छ । पुँजीवादी प्रकृतिको यो संसदीय चुनावी दौडमा पछाडि छोडिन्छ । यसबाट के बुझ्न सकिन्छ भने यहाँ मत मनैदेखि जाहेर गरिँदैन । विभिन्न प्रभाव र प्रलोभनमा मतको व्यापार हुने गर्दछ ।

    अर्को कुरा, यहाँ कम्युनिस्ट पार्टीबाटै परिवर्तनको नाममा धेरैपटक ठगिएका नेता–कार्यकर्ता तथा सबै जनतामा धैर्य भएर पर्खने क्षमता पनि कमजोर भएको छ । अब सबैलाई नगदमा लाभ चाहिएको छ । पर्खिने धैर्यता कसैलाई छैन ।

    मसाल मात्र यस्तो पार्टी हो, जो आफूलाई क्रान्तिकारी भन्ने गर्छ । नीति, विचार र सिद्धान्तका कुरा गर्छ । कठिन लम्बे यात्रा र लामो निर्मम सङ्घर्षपछि मात्र आमूल परिवर्तन सम्भव हुने कुरा गर्दछ । विदेशी साम्राज्यवादी शक्ति र देशभित्रकै शोषक वर्गको पराजय र शोषित वर्ग, गरिब, किसान, सर्वहारा वर्गको जितसँगै आमूल परिवर्तन अर्थात् क्रान्ति सफल हुने छ ।

    धेरै नेता, कार्यकर्तालाई लाग्न थालेको छ : क्रान्ति कहिले ? परिवर्तन कहिले ? हाम्रै पालामा या छोरा, नातिको पालामा ? विश्वास लाग्दैन । पत्याउन गार्‍हो हुन थालेको छ ।
    हिँजो राष्ट्रिय जनमोर्चासँगै सङ्घर्षमा होमिएका दल अहिले सत्तामा छन् । नेता, आफन्तजन, आफ्ना कार्यकर्ता सत्ताको दुरूपयोग र दोहन गर्दै व्यक्तिगत लाभ उठाइरहेका छन् । राजमो सधैँ यस्ता गलत प्रवृत्ति विरुद्ध सदन र सडक सबैतिर लडिरह्यौँ । पालैसँग धेरै कामरेडलाई समानताको यो लम्बे यात्रा दिक्दार लाग्यो । क्रान्तिप्रतिको विश्वास टुट्दै गयो । विस्तारै ठुला पार्टी, सत्ता र शक्तिको स्वाद लिन मन लाग्यो । यस्तै कुराले आकर्षित गर्‍यो ।

    ठुला पार्टीमा ठुलै भाग खोज्ने होडबाजी नै चल्यो । कति साथीलाई एउटै ठुलो भान्साको खाना मन पर्न छोड्यो । आफ्ना आफ्नै साना साना भान्सा, आफैले रोजेको खाना त्यही मन पर्‍यो । अलग अलग चुलो बाल्न थाले । दोषजति भान्सेले लिनुपर्‍यो । पचासौँ वर्ष पकाएर पनि मिठो पकाउन जानेन । भाग लाउँदा सधैँ कसैको भागमा दुई चोक्टा बढी, कसैलाई झोल । गुनासो सबैको यस्तै थियो र छ । गन्तव्य एउटै हुँदा सबै मिलेकै थियो । कोही परदेशी भए । कोही मानो छुट्याएर अर्कै घरजम गरे । अहिले सबै भन्ने गर्छन्, घर खाली भयो ।

    नेपाली कम्युनिस्ट आन्दोलनको एउटा विडम्बना यही हो । राष्ट्रिय जनमोर्चा भनौँ या मसाल—यसबाट अछुतो रहन सकेन । यो रोगको सबैभन्दा ठुलो शिकार जनमोर्चा अर्थात् मसाल बन्यो ।

    एउटा सत्य के हो भने जो जता भड्किए पनि सत्यभन्दा टाढा कोही पुग्ने छैन । या त आफूलाई कम्युनिस्टको खोल ओढाउँदै अन्तिम लक्ष्य पुँजीवादलाई स्वीकार्नुपर्‍यो । होइन भने जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद र साम्यवादको यात्रा तय गर्ने नै हो भने राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति तथा देशभित्रकै आन्तरिक परिस्थिति, जुन सबै साम्राज्यवादी र पुँजीवादीको कब्जामा रहेको छ । परिवर्तनका पक्षधर शक्ति भन्न मन लाग्छ । साम्राज्यवादी शक्तिहरूकै दुष्चक्रमा फसेर छिन्नभिन्न भएर विभक्त भएको यो बेला विचार र सिद्धान्तलाई जोगाउँदै यी पुँजीवादी देशीविदेशी शक्तिका विरुद्ध अन्तिम सास रहेसम्म लड्दै जनवादी क्रान्तिको यात्रा तय गर्ने अन्तत: यही पार्टी हो । भलै यात्रा कठिन छ; लामो छ; यात्रा कठिन हुँदा सङ्गठन खुम्चिन्छ, सहज हुँदा फैलिन्छ । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो ।

    संसद् उपयोग हाम्रो रणनैतिक लक्ष्य हुँदै होइन । यो व्यवस्थाबाट आमूल परिवर्तन हुने छ । गरिब किसान र मजदुरका समस्या यही व्यवस्थाबाट समाधान हुने छ—यो राष्ट्रिय जनमोर्चाको विश्वास होइन । यही व्यवस्थाको भण्डाफोर यही व्यवस्थाको उपयोगबाट हुन सकोस्—यही कार्यनीति हो । यस्तो व्यवस्थामा हुने चुनाव मसाल जस्तो पार्टीका लागि सधैँ प्रतिकूल हुन्छ नै । त्यसैले यही चुनावी परिणामलाई लिएर मसाल सक्कियो भनेर अफवाह फैलाउनु स्वाभाविक हुँदै होइन ।
    राजनीति निष्ठा, नीति, विचार र सिद्धान्तको गरिन्छ । नीति, विचार, सिद्धान्त र पार्टीप्रति प्रतिबद्ध थोरै कार्यकर्ता पनि विद्रोहको राको बाल्न पर्याप्त हुने गर्दछन् । अन्याय र

    अत्याचारका विरुद्ध भिड्दै गरिब किसान र सर्वहारा मजदुर तथा सम्पूर्ण न्यायाप्रेमी जनतालाई गोलबन्द गर्न पर्याप्त हुन्छ । विभेद र शोषण सकिएको छैन । त्यसैले मसाल सकिएको छैन; सकिने छैन ।

    शनिबार, पुष ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.