• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मुक्त कमैयाका दुखः लालपुर्जा हातमा, खेत खोलामा !


  •   सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
  • धनगढी । अखिल नेपाल जनजाती सम्मेलनले मुक्त कमैया पुनस्र्थापनाको माग गर्दै ‘कञ्चनपुर–दाङ’ अभियान सुरु गरेको छ । आइतबार महेन्द्रनगरबाट सुरु भएको कार्यक्रम आज (सोमबार) धनगढी पुगेको छ । धनगढीमा मुक्त कमैयाहरुसँग अन्तरक्रिया गरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइनेछ ।

    Advertisement

    अभियान अन्तर्गत कञ्चनपुरदेखि–दाङसम्म मुक्त कमैया बस्तीमा भेटघाट, सबै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सम्मेलनका महासचिव रामबहादुर बुढाले जानकारी दिनुभयो । त्यसै क्रममा आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सम्मेलनले १६ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

    ज्ञापन पत्र बुझाउनुअघि कञ्चनपुर जिल्ला समन्वय समिति को हलमा ‘मुक्त कमैयाको समस्या र समाधान बिषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै मुक्त कमैया लक्ष्मी डँगौराले सरकारले मुक्त कमैया पुनस्र्थापनाका लागि ५ कठ्ठा जग्गा दिएपनि खोलाको किनार र बगरमा दिएको जग्गा अधिकांशको खोलाले बगाएको बताउनुभयो । कञ्चनपुरमा करिब ६० परिवार मुक्त कमैयासँग अहिले हातमा लालपुर्जा भएको तर, जग्गा भने खोलाले बगाएर सुकुम्बासी बनेको उहाँले बताउनुभयो ।

    सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासचिव रामबहादुर बुढाले आधारपत्र वाचन गर्नुभएको थियो ।

    अतिथिमा तराई मधेश जनबादी मोर्चाका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोबिन्द बिक, नेकपा (मसाल) कञ्चनपुर जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडु, राष्ट्रिय जनमोर्चा कञ्चनपुर जिल्ला सचिव अहिमान थापा, जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष लाल बहादुर रानामगर, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य लालबहादुर कुँवर, अन्टुकका सुप प्रदेश सयोंजक जनक कुँवरलगायत नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्ष्यता अखिल नेपाल जनजाति सम्मेलन कञ्चनपुर सयोंजक राजकुमार चौधरी, सञ्चालन रंग बहादुर चौधरी र स्वागत भुवन चौधरीले गर्नुभएको थियो ।

    २०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणा भएपनि उनीहरुको अझैसम्म उचित पुनस्र्थापना हुन सकेको छैन । दाङ र कञ्चनपुरमा पुनस्र्थापना कार्य सम्पन्न भएको सरकारी रेकर्ड छ तर, व्यवहारमा उनीहरु पुनः कमैया बस्नुपर्ने अवस्था छ । अन्य जिल्लामा भने पुनस्र्थापना कार्य सकिएको छैन । जनजाती सम्मेलनले पुनस्र्थापनाका लागि दबाब दिन माघ ५ देखि १२ गतेसम्म ‘कञ्चनपुर–दाङ अभियान’ सञ्चालन गरेको हो ।

    सोमबार, माघ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • २.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ३.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ४.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ५.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ६.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ७.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ८.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.