काठमाडौं । राष्ट्रिय भूमि आयोगले फेरि लालपूर्जा वितरणको काम थाल्ने तयारी गरेको छ । निर्वाचन आचारसंहिता सकिएसँगै आयोगले पुनः आफ्नो नियमित काम सुरु गरेको हो ।
Advertisement
आयोगले एक सूचना प्रकाशित गरी लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पूर्जा वितरणको काम मंसिर २८ गतेबाट सुरु हुने जनाएको छ । स्थानीय तहमा पुनः काम सुरु गरिएको आयोगको सूचनामा उल्लेख छ ।
४ मंसिरमा भएको आमनिर्वाचनका लागि जारी आचारसंहिता सोमबारबाट सकिसकेको छ । यसअघि आयोगले आचारसंहिता कायमै रहेका बेला पनि लालपूर्जा वितरण गर्नेलगायतका काम गरिरहेको थियो ।
तर, निर्वाचन आयोगले जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्नेलगायतका सम्पूर्ण काम रोक्न निर्देशन दिएपछि काम रोकिएको थियो ।
