• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अरुणाचलमा भारत र चिनियाँ सैनिकबीच झडप, केही घाइते


  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । भारत र चीनको सीमा क्षेत्र अरुणाचल प्रदेशको तवांग क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएको छ । भारतीय सेनाका प्रवक्ताका अनुसार ९ डिसेम्बरमा दुवै पक्षबीच झडप भएको हो ।

    Advertisement

    चिनियाँ सेना अरुणाचल प्रदेशको तवांग सेक्टरमा प्रवेश गरेपछि भारतले जबाफी कारबाही गरेको भारतीय सैनिक प्रवक्ताको दाबी छ । झडपमा दुवै पक्षका केही सैनिक घाइते भएका छन् ।

    झडपपछि शान्ति कायम गर्न इलाका कमाण्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए भने दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका बीबीसीले जनाएको छ ।

    लद्दाखको गलवान उपत्यकामा सन् २०२० को जुन महिनाको १५ तारिखमा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछिको यस प्रकारको यो पहिलो घटना हो।

    सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवानमा चीन र भारतका सैनिकहरूबीच रक्तपातपूर्ण भिडन्त हुँदा भारतका २० सैनिक मारिएका थिए।

    भारतले गलवानमा ठूलो सङ्ख्यामा चिनियाँ सैनिक पनि मारिएको बताउँदै आएको छ। तर चीनले चारजना सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

    सन् २०२२ को फेब्रुअरीमा अस्ट्रेलियाको एक पत्रिका ुद क्लाक्सनु ले आफ्नो एक अनुसन्धानात्मक रिपोर्टमा गलवानमा चार चिनियाँ सैनिक नभइकन कैयौँ गुणा धेरै अर्थात् कम्तिमा ३८ पीएलए सैनिकको मृत्यु भएको दाबी गरेको थियो।

    यस वर्ष चिनियाँ कम्युनिस्ट पार्टीको बैठकमा गलवान झडपमा भाग लिने एक कमाण्डरलाई चीनले अतिथिको रूपमा आमन्त्रित गरेको थियो।

    सन् २०२० मा भारत र चीनबीच गम्भीर अवस्था सिर्जना भएको थियो।

    १ मेमा पूर्वी लद्दाखको पान्गोङ त्सो तालको उत्तरी किनारमा दुई देशका सैनिकहरूबीच झडप भएको थियो।

    जस क्रममा दुवै पक्षका दर्जनौँ सैनिक घाइते भएका थिए र त्यसपछि १५ जुनमा गलवान उपत्यकामा दुई देशका सैनिकबीच पुनः झडप भयो।

    त्यस झडपका बारेमा १६ जुनमा आएको भारतीय सेनाको विज्ञप्तिमा भनिएको थियो, ‘घटनास्थलमा ड्युटीमा रहेका १७ सिपाहीको गम्भीर चोटका कारण मृत्यु भएको छ। यस द्वन्द्वमा मारिने सैनिकको सङ्ख्या २० पुगेको छ।’

    चीनले समेत एक विज्ञप्ति जारी गर्दै मारिने सैनिकको सङ्ख्या स्पष्ट नभएको जनाएको थियो। कैयौँ महिनापछि सन् २०२१ को फेब्रुअरीमा चीनले गालवान उपत्यकाको भिडन्तमा मारिएका आफ्ना चार सैनिकहरूलाई मरणोपरान्त पदकले सम्मान गर्ने घोषणा गरेको थियो।

    मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता
    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • २.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ५.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ६.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ७.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ८.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.