• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

दक्षिण कोरियाबाट फर्केर बंगुरपालन


  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
  • कमलकुमार बस्नेत, काठमाडौं ।

    Advertisement

    गत जेठमा बंगुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको संक्रमण काभ्रेपलाञ्चोकका बंगुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बंगुरहरु फार्मभित्रै मर्न थाले ।

    दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्यांतान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नती हाम्रो बंगुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको संक्रमणबाट अछुतो रहेन । अफ्रिकन स्वाइन फ्लुले स्यांतानको फार्ममा ३८ वटा माउ बंगुर मार्‍यो । माउ बंगुर नै नरहेपछि तीन सय ८० भन्दाबढी बच्चा दूध खान नपाएर मरे । यसले स्यांतान दम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो ।

    ‘जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बंगुर फार्ममा गरेको डेढ करोड लगानी उठिसकेको हुन्थ्यो’, सुनिलले भन्नुभयो, ‘अफ्रिकन स्वाइन फ्लु संक्रमणको जोखिम अझै पनि छ ।’ बंगुरपालनको पहिलो वर्षमा प्रतिफल लिने समयमा स्वाइन फ्लुका कारण व्यवसायमा नराम्रो धक्का लागे पनि स्यांतान दम्पतीले भने हरेस खाएको छैन ।

    मलेसियामा छ वर्ष नौ महिना सेक्युरिटी गार्डको काम गरेपछि सुनिल २०७१ सालमा नेपाल फर्किनुभयो । त्यो बेलामा दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको तयारी चलिरहेको थियो । उहाँले पनि बागबजारको इन्स्टिच्युटमा भाषा परीक्षा पढ्न थाल्नुभयो । काभ्रेपलाञ्चोक खानिखोला–६ का स्यांतानले दुई महिनाको तयारीमा भाषा परीक्षा उत्तीर्ण गर्नुभयो र अर्को छ महिनामा इपिएसमार्फत दक्षिण कोरियामा कृषि क्षेत्रमा कामका लागि छनोट हुनुभयो ।

    उहाँलाई दक्षिण कोरियामा बंगुर फार्ममा काम मिल्यो । पैसा राम्रो भए पनि दुःख असाध्यै थियो । स्यांतानले त्यसलाई दुःखका रुपमा नलिई सिक्ने अवसरका रुपमा लिनुभयो । कोरियामा काम गर्दा बंगुरलाई कृत्रिम गर्भाधारण गर्नेदेखि हुर्काउने र बजार पठाउनेसम्मको कामको जिम्मेवारी उहाँकै काँधमा आइपर्‍यो ।

    त्यसो त कोरिया जानुअघि सुनिल र अनिता लामाको विहे भएको थिएन । कोरिया जाँदा पहिलो वर्ष सुनिल बंगुर फार्ममा र अनिता स्ट्रबेरी फार्ममा काम गर्नुभयो । त्यसको दुई वर्षपछि २०७४ मा नेपाल फर्किएर विवाह गर्नुभयो । ‘विहेपछि दुवै कोरिया फर्कियौँ र एउटै बंगुर फार्ममा काम गर्न थाल्यौँ’, उहाँले भन्नुभयो, ‘दुवै जनासँगै भएकाले काम गर्न सजिलो पनि भयो भने बंगुरपालनबारे धेरै सिक्ने मौका पनि पायौँ ।’

    कोरियामा श्रमिकका रुपमा पाँच वर्ष बिताएपछि सम्झौताबमोजिम उहाँहरु नेपाल फर्कने समय आयो । उहाँहरुले नेपाल फर्केर के गर्ने भन्ने योजना बनाउँदै गर्दा कोरियामा सिकेको सीप, दक्षता र रकम खर्चेर स्वदेशमै बंगुरपालन गर्ने निर्णय लिनुभयो । ‘हामी कोरियामै छँदा नै नेपाल फर्केपछि बंगुरपालन नै गर्ने सोच बनाइसकेका थियौँ’, उहाँले भन्नुभयो, ‘दुवैको सोच मिलेपछि नेपाल फर्कन सहज भयो ।’

    उहाँहरु २०७६ फागुनमा नेपाल फर्कनुभयो तर चैतदेखि नै कोरोना महामारीले छोयो, राज्यले बन्दाबन्दीको घोषणा गरेकाले बंगुरपालनको योजना केही समय पर धकेलियो । कोरोना महामारीको जोखिम केही कम भएपछि २०७७ असोजमा घरेलु कार्यालयमा फार्म दर्ता गरी कात्तिकदेखि खोर निर्माणको काम सुरु भयो । फार्म निर्माण र कोरियाबाट प्राविधिक सामग्री मगाएर जडान गर्दा २०७८ जेठदेखि मात्रै बंगुरपालन व्यवसाय सुरु भयो ।

    स्यांतान दम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी भाडामा लिएर बंगुर फार्म सुरु गर्नुभएको छ । यसमा दक्षिण कोरियामा यो दम्पतीले कमाएको रु डेढ करोड लगानी भएको छ । फार्म निर्माणमा मात्रै रु ७५ लाख खर्च भएको छ । ‘सुरुमा पाँचखालमा फार्म सुरु गर्ने योजना थियो तर ठाउँ खोज्दै जाँदा पनौतीमा फेला पर्‍यो’, उहाँले भन्नुभयो, ‘फार्मबाट वार्षिक नौ सयभन्दा बढी बंगुर उत्पादन र बिक्री गर्ने योजना बनाएका छौँ ।’

    स्यांतानले बंगुरपालन सुरु गर्दा दोलखाको जिरीबाट २६ वटा ल्यान्डरस जातिको बंगुरको बच्चा ल्याउनुभयो । केही समयपछि त्यो संख्यालाई ५० पु¥याउनुभयो । ल्याण्डरस जातिको बंगुरलाई कम दाना खुवाउँदा पनि मासु बढ्ने र माउको दूध पनि धेरै आउने उहाँको भनाइ छ ।

    फार्ममा बंगुरलाई कृत्रिम गर्भाधारणदेखि हुर्काउनेसम्मका चरणका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ । फार्ममै बंगुरलाई कृत्रिम गर्भाधारण गराइन्छ । माउ र बच्चालाई राख्ने छुट्टै कक्ष छ । बच्चा जन्मिएपछि करिब ३० देखि ३२ दिनसम्म बच्चालाई माउसँग राखेपछि अगल्लै राखिन्छ । बंगुरको बच्चालाई विभिन्न चरणमा गरी छ महिना हुर्काएपछि मासु बिक्रीका लागि योग्य हुन्छ ।

    यस फार्मबाट माउ, बच्चा, हुर्कँदै गरेको बंगुरदेखि वयस्क बंगुर मात्र होइन, बंगुरको बिर्य पनि बिक्री हुन्छ । बंगुर पालनमा धेरै माउका लागि धेरै भाले बंगुर पाल्न सम्भव हुँदैन । एउटै भालेको बिर्यबाट धेरैलाई गर्भधारण गराउनका लागि ‘सिमन एक्सटेन्डर’ प्रयोग गर्ने उहाँको भनाइ छ । ‘सामान्यतयाः एउटा भाले बंगुरबाट निकालेको बढीमा एक सय एमएल बिर्यमा सिमन एक्सटेन्डर मिसाएर एक लिटरसम्म बनाउँछौँ,’ उहाँले भन्नुभयो, ‘यसो गर्दा एउटा भालेको बिर्यले १८ वटासम्म पोथी बंगुरलाई पुग्छ भने २० घण्टासम्म राख्न सकिने अवधिलाई बढाएर १२ दिनसम्म काम लाग्ने बनाउँछौँ ।’ यस्तो बिर्यलाई १७ डिग्री तापक्रममा राख्नुपर्छ । यसका लागि पनि फार्ममा विशेष व्यवस्था गरिएको उहाँको भनाइ छ ।

    पछिल्लो समय स्यांतानले काभ्रेका अन्य बङ्गुर फार्ममा पनि कृतिम गर्भधारणका लागि सेवा दिँदै आउनुभएको छ । कृत्रिम गर्भधारणको सेवा सहज हुँदा अन्य फार्मलाई भाले बंगुर पाल्नुपर्ने झन्झट पनि हटेको छ ।

    फार्ममा करिब ५० वटा माउ राख्न सक्ने क्षमता छ । बंगुरहरुले गर्ने दिसापिसाबलाई सिधै ‘सेप्टिक ट्याङ्की’मा जाने व्यवस्था मिलाइएको छ । फार्ममा बच्चा राख्नका लागि २६ डिग्रीको तापक्रम भएको कक्षको पनि व्यवस्था छ ।

    फार्म पूर्णरुपमा सञ्चालन आएपछि मासिक एक सय वटा बंगुरका बच्चा जन्मनेछन् भने प्रत्येक छ महिनापछि ती सबै बिक्रीका लागि योग्य हुनेछन् । उहाँले औसतमा वार्षिक नौ सयभन्दा बढी बंगुर बिक्री गर्ने योजना बनाउनुभएको छ । हाल फार्ममा ३० वटा माउ र २० वटा अहिले साना बंगुर छन् । यी बंगुरका लागि उहाँको कम्पनीले चितवन, हेटौँडा र पाटन औद्योगिक क्षेत्रबाट दाना आपूर्ति गर्दै आएको छ ।

    बंगुरपालनमा सामान्यतयाः ४० प्रतिशत खुद नाफा हुनसक्ने उहाँको भनाइ छ । उहाँले बजारीकरणका लागि काठमाडौँमा डिलरमार्फत बिक्री गर्नुका साथै मासु खपतका लागि आफ्नै सेकुवा कर्नर खोल्ने योजना बनाउनुभएको छ । हाल उहाँसँग दुई वटा मासु पसल पनि छ ।

    स्यांतानले हालै व्यवसाय विस्तारका लागि नबिल बैंकबाट सहुलियत ब्याजदरमा रु २९ लाख कर्जाका लागि आवेदन दिनुभएको छ । उहाँका अनुसार स्वाइन फ्लु नभएको भए यो वर्षसम्म उहाँले रु दुई करोड आम्दानी गरिसक्नुहुन्थ्यो र अहिले कर्जा लिनुपर्ने अवस्था हुन्नथ्यो । अफ्रिकन स्वाइन फ्लुका कारण डेढ करोड लगानी उठ्न सकेन । यद्यपि स्यांतान दम्पती भने आगामी दिनमा बंगुरपालनबाट राम्रो आम्दानी हुनेमा भने ढुक्क देखिनुहुन्छ ।रासस

    मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.