रौतहट । सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका–५ स्थित बरहवा पुल इलाकाबाट ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
Advertisement
पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षीय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षीय राजेश प्रसाद यादव छन्।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ।