काठमाडौं । हिउँदे वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पहिरो खसेको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
Advertisement
पानी पर्न नरोकिएकाले पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बिहीबार रातिदेखि भएको वर्षाले पहिरो खसेपछि सडक एकतर्फी रुपमा सञ्चालन भएको छ।
पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन भएको छ ।