• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रारम्भिक बालविकासमा बालकथाको भूमिका


  •   मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
  • बालकथा कुनैपनि विषयको विस्तृत विवरणात्मक रचना हो, जसमा बालबालिकाको आफ्नै परिवेश भित्रका घटनाहरूको लिखित तथा मौखिक वर्णन हुन्छ ।

    Advertisement

    बालबालिकालाई अत्यन्त मनपर्ने क्रियाकलापहरू मध्ये बालकथा पनि एक हो । बालबालिका विशेषतः २ वर्ष देखि ७-८ वर्षसम्म कथा सुनेर र भनेर कहिल्यै थाक्दैनन् । बालबालिकालाई कथा भन्ने प्रचलन समाजको विकास क्रमसंगै चलिआएको हो । ईतिहासका योद्धाहरूका बहादुरीका कथा देखि धार्मिक नैतिक घटनाहरू साथसाथै आफ्ना पुस्ताको घटनाहरूको बयान पनि कथा हो भने बालबालिकाको आवश्यक्ता बुझेर सो अनुसारको कथा रचना गरेर वा काल्पनिक घटनाहरू जोडेर पनि कथा तयार गर्न र प्रस्तुत गर्न सकिन्छ ।

    बालबालिकाले कथामा भएका असल पात्रलाई आफू नै हो भन्ने कल्पना गर्दै, समस्या समाधानका सिप र नैतिक सिपद्वारा आफ्नो दृढ आत्मविश्वास तयार गर्दछन् । विशेषगरी सुत्नु अगाडि बालबालिकालाई कथा सुनाउने दैनिकी निर्माण गर्नाले, बालबालिकाको तनाव तथा चिन्ता कम हुने, राम्रो निद्रा लाग्ने जस्ता विभिन्न फाईदाहरू छन् । विभिन्न अनुसन्धानहरूले बालकथाले बालबालिकाको सर्वाङ्गीण विकास, विशेषतः बौद्धिक क्षमताहरू, परिकल्पना, संवेगहरूको प्रष्फुटन, नियन्त्रण र संन्तुलन गर्दछ भन्ने प्रमाणित गरे अनुसार बालकथाको महत्व दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

    बाल कथाको महत्वलाई निम्नानुसार थप छलफल गर्न सकिन्छ।
    बाल कथा अभिभावक तथा स्याहारकर्ताले विभिन्न तरिकाले बालबालिकालाई पढेर सुनाउन सकिन्छ ।

    केही विधिहरू यहाँ प्रस्तुत गरिएका छन् :

    भाषा विकासमा कथा : बालबालिकाले कथाबाट प्रशस्त भाषा विकास गर्ने अवसर पाउँछन् जस्तैः ध्यान दिएर सुन्ने, नयाँ शब्द सिक्ने, प्रश्न गर्ने, छलफल गर्ने र आफ्नो विचार राख्ने बानीको विकास हुन्छ । बालबालिकाले कथा सुनेर फेरी यसमा थप गरी अरुलाई भन्न पनि सक्षम हुन्छन् जसले उनीहरूमा पनि वाक्यहरू छनौट गर्ने, पुरा गर्ने, जस्ता गहन भाषा विकासको क्षमता विकास हुन्छ ।

    बौद्धिक विकासमा कथा : कथा सुन्दा बालबालिका लामो समयसम्म ध्यान दिएर सुन्न सक्छन् । यसले एकाग्रता बढ्ने र कथामा भएका घटना दूर्घटनामा आफू समावेश भएको कल्पना गरी समाधानको रणनीति तयार गर्छन् । एउटा घटना पछि के होला रु भन्ने कौतुहलता जगाँउछ । कथामा भएका परिवेशहरू कल्पना गर्ने कथाका घटनाहरू आफैंलाई परेको जस्तो कल्पना गर्दै समाधानका उपायहरू खोजी गर्ने क्षमता अभिवृद्धि गर्दछन्, र यस्ता कल्पनाले भविश्यमा आईपर्ने समस्याको अन्दाज गर्ने र सजिलै समाधान गर्ने सिप विकास हुन्छ ।

    संवेगात्मक विकासमा कथा : बालबालिका कथा सुनेर रमाईलो मान्ने, कथामा भएका दुःखद तथा सुखद घटनाहरू अनुरुप संवेगको प्रदर्शन गर्ने र भविष्यमा यस्ता घटनाहरू आफूलाई परेमा सहन गर्ने क्षमता अभिवृद्धि गर्दछन् । जस्तैः बालबालिकालाई मृत्युको तथ्य कथाले नै सिकाउंछ । कथाले दबिएर रहेको डर हट्ने तथा अन्तरनिहित शक्ति अभिबृद्धि हुन्छ यसैगरी घटनाहरूबाट स्व–पहिचान र आत्मविश्वास पनि बृद्धि हुन्छ ।

    सामाजिक सिप विकासमा कथा : कथामा भएका घटनाहरूबाट बालबालिकाले असल र खराब छुट्याउन सिक्दछन् । सामाजिक मूल्यमान्यता आदर सत्कार धर्म संस्कृति सिक्दछन् । विगतका सामाजिक परिवेश, भेदभाव जस्ता सामाजिक कुरितिलाई बुझेर हालको परिवेशमा सामान्यीकरण गर्ने मूल्याकंन गर्ने, सुधारकालागि विचार राख्ने, पहल गर्ने जस्ता सामाजिक परिवर्तनकालागि पहल पनि गर्छन् ।

    विषयगत सिकाइमा कथाः कथामा भएका जोडघटाउ, गणितिय समस्याहरूबाट, मौखिक कथाहरू भित्रका शब्दहरू खोज गर्ने, कथाका घतलाग्दा वाक्यहरू लेखेर पढ्ने र उमेर अनुसार सुनेको कथालाई पुनःलेखन गरेर, पढेर तथा चित्रकथाको अध्ययनले बालबालिकाले सजिलै विद्यालय सिकाइका आधारहरू बनाउँछन् । यसरी कथाबाट बालबालिकाले विषयगत सिकाइ, गणितीय सिप, पूर्व पढाई, पूर्व लेखाई तथा वैज्ञानिक खोज अनुसन्धान गर्न सक्छन् ।

    व्यवहार विकासमा कथा : बालकथामा भएका पात्रले गरेको सकारात्मक व्यवहारले पाएका सकारात्मक उपलब्धी तथा नकारात्मक ब्यवहारबाट पाएका नराम्रा परिणामहरूलाई मूल्याकंन गरी बालबालिकाले आफ्ना व्यवहारलाई सकारात्मक तथा परिवारको अपेक्षा अनुरुप बनाउँछन् । बालकथाको सिकाइ बालबालिकाको चेतन, अवचेतन, अचेतन मनसम्म पुग्नेहुनाले व्यवहार परिवर्तन वा व्यवहार परिमार्जनमा बालकथाको महत्वपूर्ण भूमिका हुन्छ । मनपर्ने कथामा भएका नैतिक सन्देशहरू बालबालिकाले आफ्नो जीवनभरी अनुकरण गर्छन् ।

    उपचारात्मक पद्धतिमा कथा : बालबालिकाको अवस्था पहिचान गर्न बाल कथाको महत्व छ । यसबाट बालबालिका दूर्व्यवहारको शिकार भएको, दवाबमा परेको, धम्कीमा परेको, वा अन्य खतरामा परेको थाहा पाउन सकिन्छ । यसैगरी घरपरिवारबाट पाइरहेको वातावरण,परिवारिक सम्बन्ध, यसबाट बालबालिकामा परेका प्रभावहरू पत्तालगाई मनोवैज्ञानिक उपचारहरू गर्न सकिन्छ । रिस र डरहरूको व्यवस्थापन गर्न, कथाको माध्यमबाट अभिभावकको व्यवहार मूल्याकन गरी अभिभावक परामर्शहरू पनि गर्न सकिन्छ ।

    पारिवारिक सम्बन्ध विकास : अभिभावक तथा स्याहारकर्तासँगै अध्ययन गर्ने, कथा सुन्ने सुनाउने अभ्यासले ठूलासँग सकारात्मक सम्बन्ध विकास, कुराकानी अन्तरक्रियाको अवसर साथै उनीहरूलाई संवेगात्मक सुरक्षा महसुस हुन्छ ।

    बाल कथा प्रस्तुतिका विधिहरू

    क) चित्र कथा विधि
    अभिभावकले कथा सुनाउँदा चित्रहरु अवलोकन गर्न दिनुपर्छ । चित्र भएको भाग बालबालिकातिर फर्काएर कथा पढ्नु वा भन्नुपर्दछ । कथालाई पढेर सुनाउँदा सकेसम्म उत्साहपुर्वक र नाटकिय ढंगमा भन्नुपर्दछ ।

    ख) चित्र बनाउँदै कथा वाचन विधि
    सरल आकारका चित्रहरू बोर्ड वा कागजमा कोर्दै कथा सुनाउन सकिन्छ । बालबालिकालाई कागज र पेन्सिल दिएर अभिभावकले कथा भन्दै र बालबालिकाले बुझे अनुसारको चित्र कोर्न लगाउदा प्रभावकारी हुन्छ ।

    ग) अभिनय विधि
    पहिले भनिसकेको कथालाई कुनै एक पात्रको जस्तो भेषभुषा प्रयोग गरी कथा भन्ने र बालबालिकालाई पनि कथामा भएका बिभिन्न पात्रहरूको अभिनय गरी कथा प्रस्तुत गर्न सकिन्छ ।

    घ) कठपुतली, पपेट विधि
    अभिभावकले कठपुतली, पपेटबाट कथामा भएका पात्रहरूलाई प्रदर्शन गराई कथा प्रस्तुत गर्न सकिन्छ । कथाका पात्रअनुसारका कठपुतलीहरूले आफ्नो कुरा बोल्छन् र बालबालिकासँग कुराकानी गर्दछन् । जसले बालबालिकालाई मनोरञ्जनात्मक सिकाइ हुन्छ । कहिलेकाही पर्दा पछाडि बसेर कठपुतली पर्दा माथि चलाउनु पनि सकिन्छ ।

    ङ) नमुना (मोडल) विधि
    घरमा भएका तरकारी, फलफूलहरु प्रयोग गरी कथा प्रस्तुत गर्दा बालबालिकाले मनोरञ्जन गर्ने तथा खाना खान मन गर्ने पनि हुन्छ । यस विधिमा फलफूल तरकारीहरुलाई सजाएर जुन चाहिँ बोल्छ, त्यसैलाई चलाउँदै कथा प्रस्तुत गर्न सकिन्छ ।

     

    छलफल र अन्तरक्रिया
    यी सबै विधिमा महत्त्वपूर्ण कुरा छलफल र अन्तरक्रिया नै हो । बालबालिकाले कथा सुनिसकेपछि कथामा आधारित छलफल तथा अन्तरक्रिया गर्दा उनीहरूले कथाबाट बुझेका तथ्य थाहा पाउन सक्छन् । कथा सुनाउनै जाँदा बालबालिकालाई ‘अब के होला?’ भन्दै कथा पुरा गर्न लगाएमा उनीहरूको कल्पना शक्तिको विकास हुन्छ । कथामा छलफल गर्दा स–साना प्रश्नहरू जस्तै कथा कस्तो लाग्यो ? कथामा के के भयो ? कथामा के के भएको भए हुने थियो ? त्यो कथामा तिमी भएको भए के के हुन्थ्यो ? यस्ता छलफलबाट बालबालिकाले आफ्ना अनुभव, भावना, संवेग, जिज्ञासा मनोभावनाहरू बताउँछन् । यस्तै छलफलहरूबाट बालबालिकाले पाएका अनुभवहरू, समस्या पहिचान पनि गर्न सकिन्छ र समस्या अनुरुप व्यवहार परिमार्जन गर्न,आवश्यक परेमा विज्ञको सहयोगमा उपचारात्मक पद्धति पनि अपनाउन सकिन्छ ।

    (उमा घिमिरे र डा. दिपु शाक्य, युनिसेफडटओआरजी/नेपाल/एनई)

    मङ्गलबार, मङि्सर १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै
    संसद्मा जस्तै सडकमा स्टन्ट गर्दा रास्वपा सांसद गुप्तालाई जरिवाना
    रास्वपा सांसद पौडेललाई दलियो कालोमसी
    एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.