• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नर्वेका राजदूतद्वारा रसुवामा वृक्षरोपण


  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
  • रसुवा। नेपालका लागि नर्वेका राजदूत टोरन ड्याम्ड्रलले आज रसुवामा वृक्षरोपण गर्नुभएको छ । उहाँले गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुञ्चेबाट पूर्वतर्फको तिवारी बगर नजिक खाली चौरमा स्थानीय भाषामा बोलिने डालेचुक नामक सिवक थ्रनको बिरुवा रोपण गर्नुभएको हो ।

    Advertisement

    लाङ्टाङ राष्ट्रिय निकुञ्जको सहयोग एवं इसिमोड तथा युनेस्को संस्थाद्वारा यहाँ आयोजित जलवायु प्रतिकूल र त्यसको असरसम्बन्धी भएको छलफलमा भाग लिन रसुवा पुग्नु हुँदा राजदूत टोरोन वृक्षरोपणमा सहभागी हुनुभएको थियो ।

    वृक्षरोपणमा इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्जो, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईसमेतको सहभागिता थियो ।

    नमूना पार्कका रूपमा विकसित गर्ने उद्देश्यले रोपण गरिएको बिरुवा जुस बनाउने डालेचुकलगायत विभिन्न प्रजातिका ५१ वटा रोपिएको छ । पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक मार्गको आसपासमा रोपण गरिएकाले हजारौँ भक्तजनमाझ सो पार्क आकर्षणको थलो बन्न सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।

    संरक्षणका साथसाथै सो स्थानमा क्रमश: बिरुवा रोपणको सङ्ख्या थपिँदै लगिने र सुक्खायाममा पानी राख्ने व्यवस्थासमेत मिलाइने प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो ।

    यस्तै राजदूत टोरन तथा इसिमोडका कार्यकारी निर्देशक पेमा, इसिमोडका विज्ञ सुनिता चौधरीसमेतको उपस्थितिमा निकुञ्जका अधिकारी एवं प्राविधिक कर्मचारी एवं निकुञ्ज सेरोफेरोमा आधारित मध्यवर्ती क्षेत्र विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, सरोकारवाला निकाय समेतका पदाधिकारीको सहभागिता जलवायु प्रतिकूल असरका बारेमा छलफल भएको थियो ।

    कार्यक्रममा हिउँ रेखा सर्ने रफ्तार बढेको, वर्षा कमी हँुदै गएको, बाली प्रणालीमा असर परेको, फलफूलको उत्पादनमा सन्तुलन घटेको, चरन तथा घाँसेमैदानमा बाह्य घाँस पलाउन थालेको, सधैँ चिसो हुने स्थानमा तापक्रम बढ्दै गएको, चौँरीगाईलगायत चौपायाको चरनमा स्थानीय जातका घाँस लोप हुन थालेको, वन्यजन्तुले बासस्थान सार्न थालेको, जलाशय क्षेत्रमा सुक्खा बढ्न थालेको जस्ता विविध विषयमा समीक्षा गरिएको थियो ।

    विद्यालयस्तरबाटै जलवायु परिवर्तनका असर छात्रछात्रामाझ सुसूचित गराई न्यूनीकरणको जागरण क्षमता अभिवृद्वि गराउन विद्यार्थीलाई चित्रकला तयार पार्ने कार्यमा सहभागी गराई पुरस्कारसमेत वितरण गरिएको थियो ।(रासस)

    सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.