काठमाडौं । निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ ।
Advertisement
मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो ।
उदयपुर–१ मा आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। मुख्य निर्वाचन आयुक्तको कार्यालयले आयोगको निर्देशनअनुसार मतगणना सुरु गर्न लागिएको बताए।
उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्काको क्षेत्र हो। यहाँ उनलाई नेकपा एमालेकी मञ्जु चौधरीले चुनौती दिएकी छन्।
मतगणना रोकिँदासम्म त्यहाँ २१ हजार ८३३ मतसहित खड्का अगाडि छन्। दोस्रोमा रहेकी चौधरीले २० हजार १२० मत ल्याएकी छन्।