• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

सयौँ हार भएपनि अन्तिम जीत सत्यकै हुन्छ


  •   बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
  • शंकर बराल
    राष्ट्रियसभाका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवार

    Advertisement

    राष्ट्रियसभाको चुनावमा किन भाग लिनुभएको ?
    हाम्रो पार्टी २०६२–६३ को महान् ऐतिहासिक जनआन्दोलनद्वारा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षताजस्ता उपलब्धीलाई स्खलित पार्न जुन प्रतिगामी शक्तिहरू लागिराखेका छन्, त्यसको विरुद्धमा लड्दै आइरहेको छ । संविधान सभाले जारी गरेको संविधानलाई भारतीय साम्राज्यवादले आस्वीकार गरी मधेशवादीका नाममा योजनाबद्ध रूपमा आफ्नो अनुकूल हुनेगरी संशोधन गर्न प्रयत्न गरिरहेको छ । भारत एक मधेश एक प्रदेश कायम गराउन चाहान्छ ।

    भारतीय नागरिकलाई सजिलै वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने र तिनै अङ्गीकृत नागरिकले जन्मसिद्ध नागरिकसरहका अधिकार उपभोग गर्दै संवैधानिक अङ्गको प्रमुख बन्न पाउनेगरी संविधान संशोधन गर्ने माग भारतको निर्देशनमा मधेशवादीको आवरणमा संसदमा उठिराखेको छ । यस्ता राष्ट्रहित विपरीतका विधेयक रोक्न र राष्ट्रहितको पक्षमा संघीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयतामा आधारित स्थानीय स्वायत्त शासन कायम गर्न सकिने प्रकृतिमा विधेयक संसदमा ल्याउन, जनताको जीविकाको स्तर उठाउन आवश्यक विधेयक ल्याउन, संसदीय संघर्ष गर्नका लागि राष्ट्रियसभामा मेरो उम्मेदवारी हो ।

    चुनावमा तपाईको एजेन्डाहरू के के छन् ?
    मैले माथि नै भनेँ, राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको प्रश्न मुख्य भएकाले यसलाई कमजोर बनाउने ऐनहरू संसदमा आउन सक्दछन् । त्यस्ता ऐनलाई संसदबाट अनुमोदन हुन नदिनु र जनताको जनजीविकालाई ग्यारेन्टी गर्ने संविधानप्रदत्त अधिकारलाई ऐन बनाएर कार्यान्वयन गर्न प्रयत्न गर्नु हाम्रो पहिलो एजेन्डा हो ।

    संविधानमा उल्लेखित मौलिक हकहरू कार्यान्वयन गर्न सरकारलाई दबाब दिने, संविधानले नै समाजवादउन्मुख राज्यको परिकल्पना गरेको छ । सोअनुसार राष्ट्रिय उद्योगको स्थापना, स्वाधीन आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सरकारलाई दबाब दिने हाम्रो दोस्रो एजेन्डा हो ।
    नेपाल–भारत सीमा समस्या समाधान गर्न ऐतिहासिक तथ्यको आधारमा अगाडि बढ्न सरकारलाई दबाब दिने, सरकार पछि हटे जनतालाई सुसूचित गरी संगठित आन्दोलनको तयारी गर्ने हाम्रो चौथो एजेन्डा हो ।

    गण्डकी प्रदेशको प्रादेशिक सन्तुलित विकासका लागि भौतिक पूर्वाधार निर्माणको प्रयत्न, ऐतिहासिक महत्वका क्षेत्रको संरक्षण, प्राकृतिक तालतलैयाको संरक्षण गर्दै गण्डकी प्रदेशलाई पर्यटन हबको रूपमा विकास गर्ने, कृषिलाई पर्यटन उद्योगसँग जोड्ने, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई राष्ट्रिय परिस्थितिअनुकूल विकास गर्न आवश्यक ऐन–कानुन बनाउन पहलकदमी गर्ने मेरा अन्य एजेन्डा हुन् ।

    हारिन्छ भन्ने जान्दाजान्दै पनि चुनाव लड्नुको खास कारण ?
    सत्यको पक्षमा तथ्यसहित सङ्घर्ष नगरेको भए के आज संसारमा भएका परिवर्तन हामीले देख्न र भोग्न पाउथ्यौँ ? पक्कै पनि पाउँदैनथ्यौँ । पृथ्वीलाई सूर्यले परिक्रमा गर्दछ भन्ने असत्य मान्यताका विरुद्ध संघर्ष नगरेको भए के आज पृथ्वीले सूर्यलाई घुम्छ भन्ने मान्यता स्थापित हुन्थ्यो र ? हामीले पनि सत्यको पक्षमा संघर्ष अगाडि बढाएका छौँ । संघर्षमा हामी तत्काल हार्न सक्दछौँ । हामीले उठाएका आवाज संघर्षको मैदानमा एकपटक हार हुँदैमा सधैँ हार हुन्छ भन्ने होइन । त्यसैले सयौँ हारपछि जीत जन्मिन्छ भन्ने मान्यताका साथ हारजीतको पर्वाह नगरी सत्यको पक्षमा संघर्ष गर्ने हाम्रो उत्तरदायित्व हो ।

    गत उपचुनावमा प्युठानको तितो अनुभवमाझ चुनावी तालमेलको सम्भावना कत्तिको देख्नुभएको छ ?
    गत उपनिर्वाचनमा सत्तारूढ नेकपाले प्युठानको चुनावमा अवसरवादी बाटो अपनाएकाले अब नेकपा अवसरवादी हो, ऊसँग कुनै सम्बन्ध कायम गर्नु हुँदैन भन्नु विल्कुल गलत कुरा हो । हामी द्वन्द्वात्मक भौतिकवादी हौँ । हामी नयाँ जनवादी व्यवस्था ल्याउनका लागि संगठित भएर आन्दोलन अगाडि बढाइरहेका छौँ । समाजमा वर्ग छ । वर्गीय राज्यसत्ता छ । कुनै अवसरवादीले वर्तमान व्यवस्था जनवादी व्यवस्था नै हो, अब नयाँ जनवादका लागि संघर्ष गर्नु पर्दैन भन्यो भने संघर्ष गर्नु आवश्यक हुँदैन र ? अवसरवादीहरूले सत्तास्वार्थका लागि वर्गीय स्वार्थ परित्याग गर्दछन् र भ्रम सिर्जना गर्ने प्रयत्न गर्दछन् ।

    ठिक सत्तारूढ नेकपाले पनि त्यही गरिरहेको छ । तर नेकपाका सबै वर्ग र तहमा अवसरवादी, प्रतिक्रियावादी हुँदैनन् । त्यसैले नेकपा पनि प्रतिक्रियावादी नभएकाले एकाध ठाउँमा धोका दिँदैमा ऊसँग कार्यगत एकता गर्नु हुँदैन भन्नु बेठिक हो । समय–परिस्थितिले एकता हुन्छ र समय–परिस्थितिले नै एकता हुँदैन हुँदैन पनि । तर यो चुनावमा एकताको सम्भावना टरिसकेको छ ।

    राष्ट्रियसभाको उम्मेदवारका लागि तपाईले आफूलाई कसरी योग्य ठान्नुभएको छ ?
    राष्ट्रियसभाको चुनावमा पार्टीले मेरो नाम छनोट ग-यो । शायद पार्टीले योग्य ठानेर नै छनोट ग-यो होला ।
    म २०३२ सालको विद्यार्थी आन्दोलन, विशेषगरी सिक्किम भारतमा विलय गराउने भारतीय षड्यन्त्र विरुद्ध पोखराको पृथ्वीनारायण कलेजका विद्यार्थीको आन्दोलनद्वारा प्रभावित भएर वामपन्थी राजनीतिमा लागेँ । मलाई वामपन्थी राजनीतिमा ल्याउन तत्कालीन नेकपा (चौथो) महाधिवेशन समर्थक पृथ्वीनारायण क्याम्पसका लेक्चर राधेश्याम कमारो थिए । पछि पञ्चायत प्रवेश गरेर उनी कानुनमन्त्रीसमेत भए ।

    म २०३५÷३६ को विद्यार्थी आन्दोलनमा पृथ्वीनारायण क्याम्पसबाटै विद्यार्थी आन्दोलनमा लागेँ । लगातार तत्कालीन चौथो महाधिवेशनको राजनैतिक धार ठिक लागेर पार्टीमा आएका हरेक आरोह–अवरोधमा म अविचलित रूपमा काम गरिरहेको छु । २०४३ वैशाख २५ गते पञ्चायती चुनाव बहिष्कार आन्दोलनमा गिरफ्तार भएर साढेतीन वर्ष जेल बसेँ । २०४६ सालको जनआन्दोलनमा मैले पोखराबाट संयुक्त राष्ट्रिय जनआन्दोलनको मोर्चा सम्हालेँ । २०४६ सालको परिवर्तनपछि पनि विभिन्न राष्ट्रियताका लागि भएका संघर्षमा जेल बसेँ । २०६२–६३ सालमा तत्कालीन निरङ्कुश राजाको कदमका विरुद्धको संघर्षमा दुई महिना जेल बसेँ ।

    यसरी जनताको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा गरेको सङ्घर्ष नै मेरो योग्यता हो भन्ने लाग्दछ । त्यही ठानेर पार्टीले राष्ट्रियसभामा उम्मेदवार बनायो होला । चुनावमा हारजीत हुन्छ । म आफ्नो जनतन्त्रको आन्दोलनमा निरन्तरता कायम राख्ने छु ।

    राष्ट्रियसभा सदस्यमा चुनिनुभयो भने तपाईको प्राथमिकता के के हुने छन् ?
    राष्ट्रियसभामा निर्वाचित भएमा तपाईले सोध्नुभएको प्रश्न नं. २ को उत्तरमा मैले उल्लेख गरेका एजेन्डालाई नै प्राथमिकता दिने छु ।

    अन्य प्रदेशमा भन्दा तपाईको गृहप्रदेशको भिन्न समस्या के हो ?
    गण्डकी प्रदेश अन्य प्रदेशभन्दा धेरै सम्भावना भएको प्रदेश हो । धौलागिरी, अन्नपूर्ण हिमशृङ्खलादेखि तराईको मैदानी फाँटमा यो प्रदेश अवस्थित छ । त्यसैले पूर्वाधारको विकास बिना यो प्रदेशको विकासको परिकल्पना पनि गर्न सकिन्न । त्यसैले प्रदेशमा विकास नीतिको मुख्य समस्या छ । त्यही विकास नीति बनाएर यस प्रदेशका प्राकृतिक सम्पदाको प्रयोग गर्न सके पर्यटनको हब, कृषिको विकास, अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब, प्रचूर जलश्रोतको प्रयोगका लागि परियोजना बन्न सके देशकै उत्कृष्ट प्रदेश बन्न सक्ने सम्भावना छ ।

    नेपालमा तपाईहरू संघीयताको विरोधी, फेरि त्यही व्यवस्थाअन्तर्गतको चुनावमा यति सक्रियता किन ? अलिकति अप्ठ्यारो महशुस हुँदैन ?
    यहाँले गर्नुभएको प्रश्न तपाई पञ्चायत विरोधी भएर किन श्री ५ को सरकारको, पञ्चायतको नागरिकता लिनुभयो ? किन पञ्चायतको देशमा बस्नुभयो भनेजस्तै भयो । हामीले उठाएका हरेक अवस्थाका नाराहरू तत्कालीन राजनैतिक आन्दोलनसँग सम्बन्धित हुन्छ । संविधान सभाको चुनावद्वारा निर्वाचित प्रतिनिधिले संविधान बनाउनुपर्छ भनी हामीले लामो संघर्ष ग¥यौँ । संघर्षको परिणामस्वरूप संविधान सभाद्वारा संविधान पनि प्राप्त ग¥यौँ । सबै हामीले भने मुताबिक भएनन् भनेर प्राप्त उपलब्धीलाई नकार्न मिल्दैन । त्यसैले प्राप्त उपलब्धीको रक्षा गर्दै उपलब्धीसँग आएका वा ल्याइएका विकृति विरुद्ध संघर्ष गर्नुपर्छ । त्यही मान्यताभित्र हामी संघीयताका विरुद्ध संघर्ष पनि गर्दछौँ र कार्यनीतिका रूपमा चुनावलाई पनि उपयोग गर्दछौँ । यो नीतिभित्रै रहेकाले कुनै अप्ठ्यारो हुँदैन । अप्ठ्यारो मान्नु उग्र अराजकतावाद नै हुन्छ ।

    राजमोले समेत समर्थन गरिरहेको वर्तमान केन्द्रको सरकारको काम–कारबाहीलाई कसरी लिनुभएको छ ?
    हामीले सरकारलाई समर्थन गर्नुको अर्थ सरकारका गलत काम–कारबाहीलाई समेत विरोध गर्नु हुन्न भन्ने होइन । हामीले निर्मला पन्त हत्या प्रकरण, बालुवाटार जग्गा प्रकरण, एमसिसी प्रकरण, संस्थागत भ्रष्टाचार प्रकरण, सरकार निरंकुश बन्न ल्याइएको प्रदेश ऐन प्रकरणलगायतका प्रकरणको तीव्र शब्दमा निन्दा, भत्र्सना गर्नुका साथै सडकमा पनि संघर्ष गरिरहेका छौँ । तर त्यसकारणले सरकारलाई दिइएको समर्थन फिर्ता गरेका छैनौँ । सरकार गणतन्त्रको पक्षमा छ । सीमित राष्ट्रियताको पक्षमा छ । यो सरकार विघटन भई आउने सरकार यो भन्दा खराब, गणतन्त्र विरोधी हुने छ । राष्ट्रियता विरोधी हुने छ । त्यसैले हामीले एकता–संघर्ष–एकताको नीतिभित्र रहेर यो सरकारलाई दिइएको समर्थन कायम राखेका छौँ ।

    अन्तमा युगदर्शनमार्फत् आह्वान गर्नुपर्ने केही छन् कि ?
    अन्तमा, मलाई पार्टीले गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा अन्य कोटाअन्तर्गत उम्मेदवार बनाएको छ । गण्डकी प्रदेशका माननीय सांसद, यस प्रदेशभित्रका महानगरपालिकाका मेयर, उपमेयरका साथै सम्पूर्ण गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरूले आफ्नो अमूल्य मत राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा मतदान गरी विजय गराउनुहुने छ भन्ने अपेक्षाका साथ आफ्नो भनाइ टुङ्ग्याउँछु । (अन्तर्वार्ताः प्रकाश थापा)

    बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.