काठमाडौं । जनवादी गायक थुमराज ढुंगाना र रिता पुनको स्वरमा ‘हामी एक बनौँ’ बोलको गीत सार्वजनिक भएको छ ।
Advertisement
गीतमा क्रान्तिको कार्यभार पुरा गर्न बाँकी रहेको सन्देशसहित कलाकारहरुले सानातिना कुरामा नअल्मलिन र टुटफुटबाट पर रहन सन्देश दिएका छन् ।
हेमराज पुनको शब्द तथा संगीत रहेको गीतको अडिओ शनिबार ‘थुमराज ढुंगाना’ युटुब च्यानलबाट सार्वजनिक भएको हो ।