• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

ओमन नेपाली एकता समाजसहितका सङ्घसंस्थाले मनाए ओमनको बाउन्नौँ राष्ट्रिय दिवस


  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
  • मस्कट । ओमनमा रहेका नेपाली सङ्घसंस्था तथा राजदूतावासले त्यहाँको बाउन्नौँ राष्ट्रिय दिवस मनाएका छन् । २०७९ मङ्सिर ९ गते तदनुसार नोभेम्बर २५, २०२२ शुक्रबारका दिन सो कार्यक्रम मनाइएको हो ।

    Advertisement

    कार्यक्रममा नेपाली मौलिक पञ्चेबाजा, विभिन्न परम्परागत भेषभूषा तथा नेपालको अन्य मौलिक तथा पर्यटकीय आकर्षण प्रदर्शन गरिएको थियो। पञ्चेबाजा बजाउने वादकहरू नेपाली दौरा–सुरुवालसहितको राष्ट्रिय पोसाकमा सजिनुभएको थियो भने तामाङ, गुरुङ र मगर समुदायले आफ्नो परम्परागत भेषभूषा तथा झाँकी प्रदर्शन गर्नुभएको थियो । साथै कार्यक्रममा सहभागी अन्यले “नेपाल–ओमन सम्बन्ध अमर रहोस् !” लेखिएको र नेपाल र ओमानको झन्डाअङ्कित नेपाल र ओमानको झन्डाकै रङमा बनाइएको विशेष टिसर्ट लगाएका थिए ।
    कार्यक्रम नेपाली राजदूतावास नजिकबाट सुरु भएर नजिकैको समुद्री किनार हुँदै करिब तीन किमि अगाडि रहेको परराष्ट्र मन्त्रालयनजिकको खुल्ला स्थान अगाडि गएर टुङ्गिएको थियो ।

    शुक्रबार सार्वजनिक बिदाको दिन भएकोले समुद्री किनारमा मानिसको भिडभाड रहेको थियो भने बाटोमा पनि धेरै मानिसले चाख लिएर हेरिरहेका थिए । सहभागिताका लागि वाकाथनको रुटमा पर्ने समुद्री किनार आसपासका करिब १५ ओटा रेस्टुरेन्ट तथा त्यहाँ उपस्थित ग्राहकलाई सहभागी हुन अनुरोध गरिएकोमा उल्लेख्य सहभागिता रहेको थियो । विशेष गरी पाँचतारे होटल इन्टरकन्टिनेन्टल र होटलबाट समेत पाहुनाहरू सहभागी थिए ।

    कार्यक्रमको अन्त्यमा ओमनस्थित नेपाली राजदूत डोरनाथ अर्यालले शुभकामना सन्देश दिनुभएको थियो ।

    ओमानमा नेपाली समुदायले पहिलोपटक आयोजना गरेको यस प्रकृतिको कार्यक्रममा आमन्त्रित पत्रकार तथा अन्य सहभागी, महामहिम राजदूतलगायत सम्पूर्ण दूतावास परिवार तथा ओमानस्थित नेपाली सङ्घसंस्थाका पदाधिकारी एवम् ओमानमा बस्ने नेपालीहरू गरी करिब ४०० सहभागीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा ओमान प्रहरीले स्कर्टिङ गरेको थियो भने आपतकालीन अवस्थाको लागि बदरअलसमा अस्पतालको सहयोगमा एउटा एम्बुलेन्स उपलब्ध गराइएको थियो ।

    कार्यक्रमको आयोजक नेपाली राजदूतावास, ओमान नेपाली एकता समाज, नेपाली सोसल क्लब, जनसम्पर्क समिति, नेपाली जनप्रगतिशील मञ्च, नेपाली एकता मञ्च, प्रवासी नेपाली सङ्घ, प्रवासी नेपाली एकता समाज (पानस), तमु समाज, नेपाल मगर सङ्घ, दलित एकता समाज, बागलुङ सेवा समाज, मोरङ सुनसरी सेवा समाज, नेपाली समाज, नेपाली महिला समूह, गुल्मी सेवा समाज, नेपाल तामाङ समाज, बुद्ध भिजन, पाल्पाली परिवार, म्यादी प्रवासी नेपाली मञ्च, अन्तर्राष्टिय साहित्य च्याप्टर, रक्तदान समूह, सगरमाथा समूह, झापाली समाजलगायत रहेका थिए ।

    शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.