• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा ४ दशमलव ५२ प्रतिशत मत बदर


  •   शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
  • बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बागलुङमा ४ दशमलव ५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकोमा अहिले मत बदर सङ्ख्या घटेर ४ दशमलव ५२ प्रतिशतमा झरेको छ ।

    Advertisement

    प्रतिनिधिसभा र प्रदेशसभामा खसेको एक लाख पाँच हजार आठ सय ४६ मतमध्ये चार हजार सात सय ८९ बदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो । भट्टकाअनुसार अझै मत बदर सङ्ख्या घटाउने आयोगको तयारी भए पनि नागरिकको राजनीतिप्रतिको वितृष्णा, अशिक्षा र मतदाता शिक्षाको पहुँच नपुग्नुका कारण मत बदर भएको हो । डा भट्टकाअनुसार स्थानीय तहमा भएको मत बदरभन्दा अहिलेको मत बदर सङ्ख्यामा उल्लेख्य मात्रमा सुधार भएको छ ।

    बागलुङको क्षेत्र नं १ मा ५४ हजार सात ११ र क्षेत्र नं दुईमा ५१ हजार एक सय ३५ मत खसेको थियो । बागलुङमा मतदाता सङ्ख्याको हिसाबले ५३ प्रतिशत मत खस्दा चार हजार सात सय ८९ मत बदर भएको छ ।

    बागलुङ क्षेत्र नं १ मा ५४ हजार सात सय ११ मत खसेकोमा एक हजार सात सय १४ मत बदर भई ५२ हजार सात सय ८० मत सदर भएको थियो भने बागलुङ क्षेत्र नं २ मा ५१ हजार एक सय ३५ मत खस्दा तीन हजार ७५ मत बदर भएर ४८ हजार ६० मत सदर भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो ।

    “स्थानीय तहको मत बदर सङ्ख्या उल्लेख्य रहेको भन्दै यसपटक निर्वाचन आयोगले वडातहमा मतदाता शिक्षालाई प्रभावकारी बनाएका कारण मत बदर सङ्ख्या घटेको हो”, भट्टले भन्नुभयो, “मतदाता शिक्षाका कारण बदर मत घटे पनि बदरमतलाई अझै तल झार्नुपर्छ ।” सानो मतपत्र, चुनाव चिह्न थोरै र एक मत पत्रमा एक मात्रै चिन्हमा लगाउनुपर्ने भएकाले बदर मत न्यून हुने अनुमान निर्वाचन आयोगको भए पनि बदर मत चार प्रतिशत भएको हो ।

    स्थानीय तहको तुलनामा थोरै भए पनि अहिलेको राजनीतिक दलको सक्रिय मतदाता शिक्षा, निर्वाचन आयोगले स्थानीय तहसँग मिलेर गरेको मतदाता शिक्षालगायतको सक्रियता हेर्दा मत बदर दुई प्रतिशतभन्दा थोरैमा लैजाने लक्ष्य भए पनि सोचेजस्तो नभएको हो ।

    मतपत्र बदरमा भने एकरुपता नदेखिएको मत गणनामा सहभागी कर्मचारीले बताएका छन् । चुनाव चिह्नभन्दा बाहिर गएर छाप लगाउनु स्वभाविक मत बदर भए पनि सबै चुनाव चिह्नमा छाप लगाउनु, छाप नै नलगाएको मतपत्र खसाल्नुजस्ता बदर मतका उदारण हुन् । बदर मतमध्ये अधिकांश जानीबुझीसमेत मतलाई बदर बनाइएको देखिन्छ भने केही अज्ञानता र शिक्षाको कमीका कारणले मत बदर बनाइएको पाइएको गणनामा बसेका कर्मचारी बताउँछन् ।

    स्थानीय तहको निर्वाचनको समयमा एउटै मतपत्रमा धेरै ठाउँमा छाप लगाउनुपर्ने पर्दा धेरै मत बदर भएको पाइएको थियो । त्यसैले भूलवश या नजानेर पनि मत बदर हुने सम्भावना धेरै थियो । तर, अहिले मतदान धेरै सजिलो भए पनि मत बदर भएको पाइएको छ ।

    एक मत पत्रमा छ वटा चुनाव चिह्न समेतमा छाप लगाएको पाइएको बागलुङ क्षेत्र नं २ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार दूर्गम गाउँसम्म मतदाता शिक्षा नपुगेको र एउटै व्यक्तिले चार मतपत्रमा छुट्टाछुट्टै छाप लगाउनुपर्ने राजनैतिक दलको गठबन्धनका कारण धेरै मत बदर भएको पाइएको छ ।

    “गठबन्धन गरेका दललाई मतदाता शिक्षामा बढी समस्या देखिएको छ, समानुपातिकामा आफ्नो पार्टीलाई, सङ्घमा अर्को चुनाव चिह्नमा र प्रदेशमा अर्को चुनाव चिह्नमा मत हाल्नुपर्ने अवस्थाले मत बदर भएको पाइयो”, रिजालले भन्नुभयो, “शिक्षाको अभाव, राजनीतिक चेतनाको अभाव र राजनीतिकदलको वितृष्णाका कारणसमेत मत बदर भएको देखिन्छ । रासस

    शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.