• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

युवा पुस्ताको राजनीतिमा प्रवेशको प्रश्न


  •   बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    विश्वको इतिहासमा युवकहरूको सर्वाधिक महत्वपूर्ण भूमिका हुन्छ । दर्शन, ज्ञान–विज्ञान, राजनीति, खेलकुद आदि सबै क्षेत्रमा जुन महान पुरूषहरू भएका छन्, ती सबैले युवा अवस्थामा नै जीवनको महत्वपूर्ण क्षेत्रमा प्रवेश गरेका थिए । सबै दार्शनिक, वैज्ञानिक, राजनीतिज्ञ, क्रान्तिकारी, साहित्यकार वा खेलाडीहरूले पनि युवा अवस्थामा नै आफ्नो कार्यक्षेत्रमा प्रवेश गरेका थिए, यद्दपि पछि उनीहरू वृद्ध हुँदै गए र अन्तमा उनीहरूको मृत्यु पनि हुँदै गयो । यो प्रकृतिको नियम हो । त्यसबाट कोही पनि बँच्न सक्दैन ।

    तर यस सन्दर्भमा विचारणीय कुरा के हो भने कोही खाली युवक हुँदैमा त्यो कुनै पनि क्षेत्रका लागि योग्य हुन्छ भन्ने होइन । कुनै पनि क्षेत्रमा सफलतापूर्वक अगाडि बढ्नका लागि सम्बन्धित विषयको योग्यता चाहिन्छ । कोही युवक भएको कारणले मात्र त्यो व्यक्ति स्वतः खेलाडी, साहित्यकार, राजनीतिज्ञ, टाइपराइटर, शिक्षक वा कुनै विषयको विज्ञ बन्न सक्दैन । कसैले खाली युवक भएको कारणले मात्र उक्त विभिन्न विषयहरूमा आफू योग्य भएको दावी गर्दछ भने त्यो हास्यास्पद कुरा नै हुन्छ । त्यही कुरा राजनीतिका सन्दर्भमा पनि सत्य हो ।

    आज देशमा राजनीतिक दल वा सत्ताको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्दछ भन्ने कुरा निकै उठिरहेको छ । संसार र स्वयम् नेपालको पनि कुरा गर्ने हो भने आज जुन वृद्ध वा राजनीतिज्ञ वा नेताहरू छन्, उनीहरूले पनि युवावस्थामा नै राजनीतिमा प्रवेश गरेका थिए । तर सबै युवकहरूले त्यसरी राजनीतिमा प्रवेश गरेका थिएनन् । उनीहरू जीवनका बेग्लाबेग्लै क्षेत्रमा काम गर्दै गए र ती क्षेत्रहरूमा उनीहरू योग्य र परिपक्व बन्दै गए । तर उनीहरू सबै स्वतः राजनीतिक कार्यकर्ता वा नेता बनेनन् ।

    आज कतिपय युवकहरूले संसदको चुनावको मुखमा आएर सांसद बन्ने वा सत्तामा पुग्ने कुरा गरिरहेका छन् र त्यसरी युवा पुस्तामा नेतृत्व वा सत्ताको हस्तान्तरण पछि नै देशमा परिवर्तन वा विकास हुन सक्ने कुरा गरिरहेका छन् । उनीहरूका त्यस प्रकारका कुराहरूबाट जनतामा पनि धेरै नै प्रभाव पर्ने गरेको छ र त्यस प्रकारका कतिपय व्यक्तिहरूले चुनावमा पनि सफलता प्राप्त गर्ने गरेका छन् । तर त्यस प्रकारको तरिकाबाट देशको विकास हुन्छ भन्ने होइन ।

    आज देशमा विद्यमान व्यवस्था वा राजनीतिक दलहरूले सही प्रकारले काम गर्न नसकेको हुनाले त्यसप्रति जनतामा व्यापक असन्तुष्ट छ । त्यसैले त्यस प्रकारका राजनीतिक दल, नेताहरू वा व्यवस्थाको आलोचना गरेर कैयौँ व्यक्तिहरूले जनताको समर्थन पनि पाउने गरेका छन् । तर त्यस प्रकारको समर्थनको प्रकृति नकारात्मक नै हुन्छ र त्यसको परिणामस्वरूप देशमा न स्थिरता आउँछ न देशको विकास नै हुन्छ ।

    आज देशमा कुनै राजनीतिक सिद्धान्त, दर्शन वा राजनीतिक पृष्ठभूमि वा पहिचान नभएका व्यक्तिहरूले पनि नकारात्मक सोचाइहरूका आधारमा जनताको समर्थन प्राप्त गर्ने गर्दछन् । तर आज त्यसरी जनताको समर्थन प्राप्त गर्न सफल भएका व्यक्तिहरू भविष्यमा कता जानेछन् वा उनीहरूको कुन प्रकारको भूमिका हुनेछ ?त्यो स्पष्ट हुँदैन । त्यसकारण उनीहरूले देशलाई गलत र अनिश्चितताको दिशामा पनि लैजान सक्दछन् । केही उदाहरणहरूबाट त्यो कुरा प्रष्ट हुनेछ । त्यस सन्दर्भमा कतिपय अन्तराष्ट्रिय उदाहरणहरूको चर्चा गर्नु पनि सायद अप्रासाङगिक हुने छैन ।

    जुनबेला मुसोलिन वा हिटलरहरूले राजनीतिमा प्रवेश गरेका थिए, उनीहरू युवा नै थिए । त्यो बेला विद्यमान व्यवस्थाप्रतिको आलोचना वा उनीहरूका कतिपय नीति वा गतिविधिबाट जनतामा धेरै नै असर परेको थियो । त्यो असर कहाँसम्म थियो भने महात्मा गान्धीले पनि मुसोलिनका विचार वा गतिविधिबाट प्रभावित भएर उनको उच्च प्रशंसा गरेका थिए । त्यही प्रकारले जर्मनीमा पनि हिटलरको जनतामा ठुलो असर परेको थियो र चुनावमा उनले जनताको व्यापक समर्थन प्राप्त गरेका थिए । त्यही आधारमा उनी जर्मनीका चान्सलर वा प्रधानमन्त्री पनि बनेका थिए । तर अन्तमा उनीहरूको कार्यविधि कस्तो भयो, इतिहास त्यसको साक्षी छ ।

    त्यस सन्दर्भमा हाम्रो देशका पनि दुई वटा उदाहरणहरू, नानीमैया र गोल्छे सार्कीका उदाहरणहरू, उल्लेखनीय छन् । काठमाडौँका चुनावहरूमा उनीहरूलाई ठूलो सफलता प्राप्त भएको थियो । उनीहरूका कुनै सकारात्मक नीति वा भूमिकाका आधारमा नभएर पञ्चायती व्यावस्थाप्रतिको असन्तुष्टिको कारणले नै जनताले उनीहरूलाई समर्थन गरेका थिए ।

    जनतामा उनीहरूको केही बेरका लागि असर प¥यो तर पछि उनीहरूको भूमिकामा कुनै स्थिरता वा निरन्तरता रहेन । त्यही कुरा कुनै सिद्धान्त वा आस्थाबाट निर्देशित नभएका तथा कुनै राजनीतिक पृष्ठभूमि वा पहिचान नभएका व्यक्तिहरूले अहिलेको चुनावमा जुन सफलता प्राप्त गरेका छन्, उनीहरूले पनि भविष्यमा कुन दिशा लिने हुन् वा देश र जनतालाई कुन दिशामा अगाडि बढाउने हुन् ती सबै अनिश्चित छन् । ती सबै कुराहरू अँधेरोमा ढुंगा हाने जस्तो कुराहरू हुन् । त्यस्ता कुराहरूबाट जनतामा केही प्रभाव पनि पर्ने गर्दछ । तर ती सबैको दिशा र परिणाम अनिश्चित हुन्छ । यो आज अत्यन्त गम्भिर र खतराको पनि कुरा हो कि अहिलेको निर्वाचनमा कुनै स्पष्ट राजनीतिक दिशा, पृष्ठभूमि, परिपक्वता वा पहिचान पनि नभएका कतिपय व्यक्तिहरू वा कतिपय नयाँ राजनीतिक संगठनहरूले पनि जनताको ठूलो समर्थन प्राप्त गरेका छन् । जनताले वर्तमान व्यवस्थामा विकल्प खोजेका छन् । त्यो अवस्थामा उनीहरूले ती व्यक्ति वा दलहरूलाई पनि समर्थन गर्ने गर्दछन्, जसले वर्तमान राजनीतिक दल, नेता वा व्यवस्थाहरूको आलोचना गर्दछन् र नयाँ वा आकर्षक कुराहरू गर्दछन् । हाम्रो देशमा केही पहिलेका उदाहरणहरूमाथि मात्र विचार गर्ने हो भने केही समय पहिले राजनीतिक चर्चामा आएका कैयौँ नयाँ युवा व्यक्तिहरू वा राजनीतिक दलहरू राजनीतिक क्षितिजबाट छिटै अदृश्य हुने गरेका छन् । उनीहरूको पतन हुने गरेको छ । पहिले विवेकशील पार्टीको निकै चर्चा थियो । तर थोरै समयमा नै त्यो हराएर गयो । रविन्द्र मिश्र नयाँ पुस्ताको चम्किलो नेताका रूपमा अगाडि आएका थिए । तर उनी राजावादी पार्टीमा मिल्न पुगे । यी प्रतिनिधिमुलक उदाहरणहरू मात्र हुन । त्यस प्रकारका अरू पनि थुपै्र उदाहरणहरू छन् । समय वित्नुका साथै अहिले राजनीतिमा नयाँ देखा परेका व्यक्ति वा राजनीतिक संगठनहरूको पनि के गति हुनेछ त्यो आउने दिनहरूमा नै प्रष्ट हुँदै जानेछ ।

    अहिले देशमा देखा परेका राजनीतिक पार्टी वा नेताहरूसित हाम्रा कैयाँै प्रकारका मतभेदहरू हुन सक्दछन् । उनीहरू सबैका नीतिहरूलाई हामीले समर्थन पनि गर्दैनौँ । तैपनि लामो समयसम्मको उनीहरूको कार्यविधिबाट उनीहरू कुन प्रकारका राजनीतिक दल वा व्यक्तिहरू हुन् त्यो कुरा प्रष्ट हुँदै गएको छ । त्यसकारण जनताले आफ्नो सोचाइ वा चेतनाको स्तर अनुसार उनीहरूलाई समर्थन वा विरोध गर्न सक्दछन् । तर कुनै राजनीतिक पृष्ठभूमि वा पहिचान नै नभएका व्यक्तिहरूलाई समर्थन गर्नुको अर्थ अँधेरोमा तीर चलाउनु जस्तै हो ।

    अहिले देशको राजनीतिमा विद्यमान पुराना वा वृद्ध नेताहरू र नयाँ पुस्ताबाट आएका कुनै पहिचान नभएका युवाहरूका बीचमा भएको एउटा अर्काे अन्तरप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ, वीपी कोइराला, गणेशमान, मनमोहन अधिकारी, पुष्पलाल वा अहिले विभिन्न पार्टीको नेतृत्व गरिरहेका वृद्ध नेताहरूले पनि तत्काल संसद वा मन्त्री हुने महत्वकाङ्क्षाका साथ नभएर देशभक्ति र क्रान्तिकारी भावनाका साथ नै राजनीतिमा प्रवेश गरेका थिए । पछि देशमा राजनीतिक परिवर्तन भयो र बहुदलीय व्यवस्था पनि आयो । त्यसपछि उनीहरू मध्ये कैयौँ जना सत्तामा पुग्दै गए वा कतिपय भ्रष्ट पनि हुँदै गए । त्यो कुरा जे भएपनि उनीहरूले युवावस्थामा उच्च देशभक्ति वा क्रान्तिकारी स्प्रीटका साथ नै राजनीतिमा प्रवेश गरेका थिए । तर अहिले चुनावको बेलामा जुन नयाँ युवाहरू आएका छन्, उनीहरूले तत्काल सांसद वा सत्तामा पुग्ने महत्वकाङ्क्षाका साथ नै राजनीतिमा प्रवेश गरेको वा नयाँ दलहरूको गठन गरेको देखिन्छ । त्यस प्रकारका व्यक्तिहरूले देश र जनतालाई कहाँसम्म सही दिशामा अगाडि बढाउने छन् र जीवन पर्यन्त कहाँसम्म इमान्दारिता र निरन्तरतापूर्वक आफुलाई देश र जनताको सेवामा अर्पण गर्नेछन् । त्यो कुरा निश्चित रूपले भन्न मुस्किल पर्दछ ।

    आजको आधारभूत आवश्यकता देशमा विद्यमान प्रतिक्रियावादी व्यवस्थालाई बदल्नु हो त्यो कुरा सही सिद्धान्त, नीति वा कारणको अभावमा पूरा गर्न सकिन्न । कुनै पार्टी वा व्यक्तिहरू कहाँसम्म त्यसका लागि इमान्दार र दृढ छन् ? त्यो कुरा राजनीति र व्यवहारमा नै उनीहरूको लामो परिक्षणपछि थाहा हुने र उनीहरूमाथि विश्वास गर्न सकिने कुरा हो । राजनीति र व्यवहारमा त्यस प्रकारको परिक्षण विना कुनै व्यक्ति खाली युवा भएको कारणले मात्र उनीहरूमाथि कति विश्वास गर्न सही हुन्छ त्यो गम्भीर र विचारणीय कुरा हो ।

    अहिले राजनीतिमा नयाँ आएका कतिपय युवकहरू इमान्दार पनि हुन सक्दछन् र उनीहरूले कुनै व्यक्तिगत महत्वकाङ्क्षा विना देश र जनताको सच्चा सेवा गर्ने भावनाले पनि राजनीतिमा प्रवेश गरेका हुन सक्दछन् । तर त्यो कुरा राजनीति र व्यवहारमा उनीहरूको लामो परिक्षा पछि नै थाहा हुने कुरा हो । हामीले कामना गर्दछौँ बढी भन्दा बढी युवाहरू उच्च देशभक्ति र क्रान्तिकारी भावनाद्वारा राजनीतिमा उत्रियून् । त्यसपछि नै अहिलेको विद्यमान व्यवस्थामा आमुल परिवर्तन तथा देशको सर्वाङ्गीन विकास हुन सक्दछ । आखिरमा देश र जनताको विकास नयाँ युवा पिढीमा नै निहित छ । तर त्यसका लागि उनीहरूले आफुलाई उच्च स्तरमा तयार पार्दै जानुपर्ने आवश्यकता छ र हामीले पनि उनीहरूलाई त्यो रूपमा तयार पार्नका लागि प्रयत्न गर्दै जानुपर्दछ ।

    बिहिबार, मङि्सर ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.