रामप्रकाश पुरी ##
कामरेड रामसिंह श्रीसको “नेकपा (मसाल) को गठबन्धनसम्बन्धी वास्तविकता” नामको एउटा लेख विगत केही वर्षदेखि मसाल विरोधी अभियान चलाउनका लागि बदनाम एउटा साप्ताहिक पत्रिकामा गत कात्तिक ३० गते प्रकाशित भएको छ । उक्त लेखमा उहाँले मसालको वर्तमान कार्यनीतिलाई मिलेराँवादी लाइन बताएर गलत सावित गर्ने प्रयत्न गर्नुभएको छ । लेखका लागि का. श्रीसलाई धन्यवाद छ ।
का. श्रीसले मसालले मित्रशक्ति बताएका शक्तिहरूसित कुनै कार्यगत एकता भएपछि सधैँ कार्यगत एकता हुनुपर्ने र दुस्मनशक्ति बताएका शक्तिहरूसित कहिल्यै कुनै पनि कार्यगत गर्न नहुने भन्ने जस्तो तर्क गर्नुभएको छ । यदि हामी एकता–सङ्घर्ष–एकता र सङ्घर्ष–एकता–सङ्घर्षका नीतिलाई स्वीकार गर्दछौँ भने त्यसमाथि विचार गर्दा का. श्रीसले भनेको कुरा एउटा सड्ढीर्णवादी तर्क मात्र हुन्छ । त्यसबारे केही विमर्श गरौँ ।
उहाँले काङ्ग्रेसभित्र हिन्दु धर्म र राजतन्त्रप्रतिको बलियो जनमत छ, जोसित कार्यगत एकता गरेर गणतन्त्र र धर्म निरपेक्षताको रक्षा कसरी हुन्छ भन्ने प्रश्न उठाउनुभएको छ । सबै पार्टी वा स·ठनका बारेमा यस्तै खालका कैयौँ तर्क र प्रश्न हुन सक्दछन् । मित्रशक्ति भनिएका पक्षहरूमा पनि कैयौँ कमी–कमजोरी रहेका हुन्छन् तर पनि उनीहरूसित मिल्ने विषयमा कार्यगत एकता वा संयुक्तमोर्चासमेत कायम गरिन्छ । त्यो मित्रशक्तिको सन्दर्भमा हो ।
जहाँसम्म का. श्रीसको कुरा छ, उहाँका अनुुसार त मित्रशक्ति मानिएकाले एमाले वा ओलीका गलत नीति र कार्यशैलीको पनि समर्थन गर्नुपर्दथ्यो र नेकाले त्यसका गलत नीति र कार्यशैलीको विरोध गरेको भए पनि त्यो दुस्मनशक्ति भएकाले त्यसको विरोध नै गर्नुपर्दथ्यो । का. श्रीसको त्यो सोचाइलाई हामीले गलत मान्दछौँ ।
दुस्मनशक्ति भनिएका पक्षसँग सधैँ दुस्मनी भइरहने निरपेक्ष मान्यतालाई सङ्घर्ष–एकता–सङ्घर्ष नीतिले अस्वीकार गर्दछ । जब ओलीले संसदीय मूल्यलाई तिलाञ्जली दिएर प्रतिगमनको बाटो अँगाले, त्यतिबेला सड्ढटमा पर्न गएका राजनीतिक वस्तुमा गणतन्त्र र धर्म निरपेक्षता नै थिए । त्यसको रक्षाका लागि ओलीको कदमको विरोध अनिवार्य थियो । त्यसका विरुद्धको सङ्घर्षमा काङ्ग्रेससहितका जुन शक्तिहरू उभिए, तिनीहरूमध्ये मसालका लागि कोही मित्रशक्ति थिए र कोही दुस्मनपक्ष थिए तर पनि उनीहरू सबैसित कार्यगत एकता भएको थियो । प्रतिगमनको विषयमा मत मिलेका कारणले उनीहरूसँग कार्यगत एकता हुनु स्वभाविक थियो । काङ्ग्रेस ती शक्तिमध्ये एउटा प्रमुख शक्ति थियो, जसलाई मसालले दुस्मनशक्ति मान्दछ तर जब मित्रशक्ति मानिएको एमाले वा ओलीले प्रतिगमनको दिशा लिए, त्यसका विरुद्ध नेकाले सङ्घर्षको नीति लियो । त्यसको त्यो नीतिसित हाम्रोे प्रतिगमन विरोधी नीतिले मेल खायो । त्यसका आधारमा नेकासित प्रतिगमन विरोधी कार्यगत एकता गर्नु आवश्यकता बन्न गयो । त्यसलाई मसालले सही मान्दछ ।
जहाँसम्म का. श्रीसको कुरा छ, उहाँका अनुुसार त मित्रशक्ति मानिएकाले एमाले वा ओलीका गलत नीति र कार्यशैलीको पनि समर्थन गर्नुपर्दथ्यो र नेकाले त्यसका गलत नीति र कार्यशैलीको विरोध गरेको भए पनि त्यो दुस्मनशक्ति भएकाले त्यसको विरोध नै गर्नुपर्दथ्यो । का. श्रीसको त्यो सोचाइलाई हामीले गलत मान्दछौँ । कुनै पक्षलाई दुस्मनशक्तिको रूपमा बताइसकेपछि देश र राजनीतिको वस्तुगत आवश्यकताले माग गरेको विषयमा सोही दुस्मनपक्षले सही नीति लिएको अवस्थामा पनि अनादेख गरेर दुस्मनपक्ष बताउँदै कार्यगत एकता गर्न नसक्नु वा गर्न नचाहने सोचाइ वाम सड्ढीर्णवादी सोचाइ हो ।
काङ्ग्रेसले प्रतिगमनका विरुद्ध लिएको नीतिसित हाम्रो प्रतिगमन विरुद्धको नीतिले मेल खानुको साथै त्योसित कार्यगत एकता भयो । प्रतिगमन विरोधी सङ्घर्षले एक हदसम्म सफलता हासिल गरेको भए पनि प्रतिगमनलाई निर्णायक रूपमा परास्त गर्नका लागि अहिलेको चुनावमा पनि प्रतिगमन विरोधी शक्तिहरूको एकता आवश्यकता बन्न गयो । त्यसरी हाम्रो नेकासित भएको चुनावी गठबन्धनलाई उहाँले मिलेराँवादी नीतिको रूपमा लिनुभएको छ । त्यसलाई उहाँले अर्थपूर्ण पनि मान्नुभएको छ । प्रतिगमनलाई परास्त गर्नका लागि त्यो गठबन्धन अर्थपूर्ण नै छ तर का. श्रीसको हामीप्रति लक्षित “मिलेराँवाद” मनोगत आरोप जस्तो होइन ।
हामीले दुस्मन बताएका शक्तिसँग चुनावी तालमेल वा गठबन्धन गर्नुमा उहाँले दुईटा कारण बताउनुभएको छ ः पहिलो, हाम्रो क्रान्तिकारी नीतिमा ह्रास हुनु र दोस्रो, हाम्रो स·ठन र जनाधार कमजोर हुँदै जानु ।
आफूले चुनाव उपयोग गरिरहेका बेलामा क्रान्तिकारी भइने र बहिष्कार गरेको बेलामा पनि क्रान्तिकारी भइने दाबी उहाँको आफ्ना लागि ठिकै होला तर देशको वस्तुगत अवस्थासँग उहाँहरूका नीतिले मेल नखाने भएकाले हामीले लिएका नीतिप्रति उहाँहरूको विरोध रहन्छ ।
उहाँले ओलीको सरकारलाई मसालले समर्थन गरेको विषयमा पनि केही प्रस· उठाउनुभएको छ । ओलीको सरकारलाई समर्थन गर्नुको मुख्य कारण गणतन्त्र र धर्म निरपेक्षतामा त्यसले त्यो बेलामा लिएको अडान नै थियो । ढुलमुल मित्रशक्तिले कुनै बेला सही नीति लिएको हुन्छ भने त्यसलाई समर्थन र स्वागत गर्नुपर्दछ । गणतन्त्र र धर्म निरपेक्षताको संस्थागत विकास भइनसकेको परिप्रेक्ष्यमा त्यसका सुदृढीकरणमा जोड दिने शक्तिलाई हामीले समर्थन गर्नु सही थियो । लेनिनको “एक खुड्किलो माथि” भनाइलाई सही ढङ्गले आत्मसात गर्र्ने हो भने हामीले समर्थन गर्ने बुर्जुवा गणतन्त्र र धर्म निरपेक्षताको संस्थागत विकास र त्यसको रक्षाको लागि जोड दिनु सही नै छ तर लेनिनको उक्त भनाइको वास्तविकताबाट भड्किएर “एक खुड्किलो माथि” चढ्नुको अर्थ वस्तुगत परिस्थितिबाट भाग्नु नै हुन्छ ।
नेकपाको सरकारलाई मसालले समर्थन गरेको थियो । त्यसको अर्थ यो होइन कि सरकारका गलत काम–कारबाहीका विरुद्धमा मसालले कुनै सङ्घर्ष गरेको थिएन । सरकारका गलत क्रियाकलापका विरुद्धमा मसालले संसद् र सडक दुबैमा जोडदार सङ्घर्ष गरेको इतिहास कसैले मेट्न सक्ने छैन । का. श्रीसलाई थाहा नै छ, मसाललगायतका साना वामपन्थी स·ठनले एमसिसीलगायतका कतिपय राष्ट्रियताका विषयमा संयुक्तमोर्चा बनाएर सङ्घर्ष गरेका थिए । कुनै स·ठनबाट भएका एकाध महत्त्वाकाङ्क्षी गतिविधिबाहेक सबै सङ्घर्षमा मसालले इमान्दारितापूर्वक संयुक्त आन्दोलन गरेको थियो । मसाल नै त्यस्तो स·ठन थियो, जसले सदन र सडक दुबैमा एमसिसीलगायतका राष्ट्रघाती सन्धि वा सम्झौताका विरुद्धमा सङ्घर्ष गरेको थियो । सम्भवतः सँगै लडिएका कतिपय सङ्घर्षको याद उहाँलाई पनि होला ।
हामीले दुस्मन बताएका शक्तिसँग चुनावी तालमेल वा गठबन्धन गर्नुमा उहाँले दुईटा कारण बताउनुभएको छ ः पहिलो, हाम्रो क्रान्तिकारी नीतिमा ह्रास हुनु र दोस्रो, हाम्रो स·ठन र जनाधार कमजोर हुँदै जानु ।
पहिलो कारणबारे केही कुरा गरौँ ।
हामीले विगत लामो समयदेखि चुनाव उपयोग गर्दै आएका छौँ । त्यो सन्दर्भमा हामी सरकारमा पनि सामेल भएका थियौँ । चुनावमा भाग लिनुको औचित्यतालाई सिद्ध गर्दै आएका छौँ । अहिले चुनावमा पैसाको खोलो बगाउने गरिन्छ । विभिन्न माफिया,, दलाललाई उपयोग गरेर विभिन्न स·ठन र व्यक्तिले चुनावमा ठुलो पैमानामा पैसा खर्च गर्दछन् । त्यसरी उनीहरूले चुनाव जितेपछि उनीहरूको पूरा ध्यान पैसा आर्जन गर्नेतर्फ हुन्छ । माफिया र दलालले अवसर प्राप्त गर्दछन् र भ्रष्टाचार मौलाउन थाल्दछ । यी सबै विकृतिबाट हामीले आफूलाई अलग गर्दै आएका छौँ । संसद्मा पनि हाम्रा सांसदको भूमिका निष्कलड्ढ र स्वच्छ रहँदै आएको छ । सरकारमा सामेल भएपछि पनि हाम्रो पार्टीका मन्त्रीले देश र जनताको पक्षमा उभिएर निर्भीक सङ्घर्ष गरेको कुरा इतिहासमा अड्ढित छ । एउटा क्रान्तिकारी पार्टीलाई मात्र यी सबै चुनौतीको सामना गर्न सम्भव छ । फोहरको आहालमा पसेर पनि स्वस्थ रूपमा बाहिर निस्कन सक्नु मसाल जस्तो पार्टीलाई सम्भव भएको हो ।
सत्ता र सरकारमा अवसर नपाएकोले वा द्रब्यार्जनसहितका सुविधा प्राप्त गर्न नसकेको मनोविज्ञान लिएर तथाकथित क्रान्तिकारी बन्ने प्रवृत्ति नेपालमा धेरै छ । हामीले दाबीका साथ भन्दछौँ कि जुनसुकै अवस्थामा पनि चुनाव जित्ने उद्देश्यले गलत तरिका पनि अपनाउने गरेका छैनौँ । नीति, विचार र कार्यक्रमलाई नै केन्द्रमा राखेर हामीले चुनावमा भाग लिँदै आएका छौँ । त्यसरी चुनावमा भाग लिँदा हामीलाई सफलता पनि कम प्राप्त हुने गरेको छ तर त्यसरी कम सफलता हुन्छ भनेर हामीले वैचारिक भड्कावको बाटो लिने पनि गरेका छैनौँ । देशको वस्तुगत अवस्था र राजनीतिसित मेल खाने कार्यदिशा तय गर्दै आफ्नो रणनीतिक यात्रा तय गर्दै अगाडि बढिरहेका छौँ । विभिन्न सरकारलाई विरोध वा समर्थन गर्ने नीति लिँदै आएका थियौँ । कुनै सरकारको विरोध वा समर्थन त्यसले लिएको नीति र कार्यक्रममाथि निर्भर रहन्छ । सही नीति लिएको अवस्थामा त्यसको स्वागत र समर्थन हुन्छ भने गलत नीति लिएको अवस्थामा विरोध र सङ्घर्ष हुन्छ । त्यसरी कुनै सरकारको समर्थन वा विरोध गरिरहेको बेलामा हामीले जनजीविका, राष्ट्रियता र अग्रगामी मूल्यका पक्षका सधैँ सङ्घर्ष पनि गर्दै आएका छौँ ।
दोस्रो कारणबारे हामीलाई केही भन्नु छैन । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा नेकपा कति शक्तिशाली भयो ? कति कमजोर भयो ? त्यो बेग्लै छलफलको कुरा हो । शक्ति बढेर जाने, कम भएर जाने, जनाधार बढ्ने वा घट्ने—यी सबै घटना घटिरहन्छन् । कतिपय अवस्थामा ठुला ठुला क्रान्ति गरेका र युगौँ सत्ता चलाएका पार्टीलाई इतिहासमा मात्र अध्ययन गर्न पाइन्छ भने कतिपय अवस्थामा कतै नामोनिसान नभएका शक्ति पनि उदय भएर रजगज गर्न थाल्दछन् । शक्तिको विकास र वृद्धि वा अधोगति र विनाश भइरहने प्रक्रिया हुन् । लेनिनको बोल्सेभिक पार्टी रुसमा छैन, माओको पार्टी पनि चीनमा छैन तर पनि उनीहरूका विचार र दर्शनलाई संसारभरिका कम्युनिस्टले पथप्रदर्शक सिद्धान्त मान्दछन् । त्यसैले सिद्धान्त र विचारको कुरालाई जनाधार बढ्ने वा घट्नेसित तुलना नगर्नु नै मनासिब हुन्छ ।
देशको राजनीतिक आवश्यकतामाथि ध्यान दिएर मसालले बेग्ला बेग्लै परिस्थितिमा बेग्लाबेग्लै कार्यनीति अँगालेको कुरा सत्य हो । त्यसका साथै यो कुरा पनि स्पष्ट छ कि ती सबै कार्यनीतिक कार्यक्रमलाई प्रयोगमा ल्याउने बेलामा नयाँ जनवादी क्रान्ति, समाजवाद वा साम्यवादका रणनीतिक लक्ष्यलाई पनि दृढताका साथ अवलम्बन गर्दै आएको छ ।
जहाँसम्म एमसिसी जस्तो राष्ट्रघाती सम्झौतालाई पारित गर्ने पक्षसँग चुनावी तालमेलको कुरा छ, त्यो कुराबारे केही स्पष्टताको आवश्यकता छ । मसाल विरोधी तत्त्वले राष्ट्रघातीसँग चुनावी तालमेल गरेको भनेर हाम्रो बदनाम गर्ने प्रयत्न गर्दै आएका छन्, त्यो कुरा उनीहरूको मनगढन्ते कुरा हो । हामीले प्रतिगमन विरोधी शक्तिसँग तालमेल गरेका छौँ तर यो कुरा पनि सत्य हो कि ती शक्तिहरू एमसिसीका पक्षधर हुन् । संसद्बाट एमसिसी पारित भएपछि हामीले दृढ प्रकारले मतभेद दर्साएर गठबन्धन छोडेका थियौँ । आज एकातिर अहिले एमसिसी विरुद्धको आन्दोलन छैन तर विरोध जारी छ । देशभक्त जनसमुदायबाट त्यस प्रकारको विरोध जारी रहिरहने छ । हामीले पनि त्यो विरोध जारी राख्ने छौँ तर अर्कातिर, देशको राजनीतिमा प्रतिगमन विरुद्धको सङ्घर्ष नै प्रमुख बन्न गएको छ र त्यसका विरुद्धको सङघर्ष पनि जारी छ । त्यो प्रतिगमनलाई निर्णयाक रूपमा परास्त नगर्दासम्म जारी रहन्छ । त्यो सडक सङ्घर्षको रूपमा भए पनि, स्थानीय चुनाव वा प्रदेश र प्रतिनिधि सभाका चुनावका रूपमा भए पनि त्यो सङ्घर्ष चल्दछ । यो सङ्घर्ष कुनै नयाँ जनवाद, समाजवाद वा साम्यवादका लागि नभए पनि जनआन्दोलन, जनसङ्घर्ष र जनबलिदानबाट प्राप्त उपलब्धिलाई गुम्न नदिनका लागि महत्त्वपूर्ण सावित हुने छ ।
देशको राजनीतिक आवश्यकतामाथि ध्यान दिएर मसालले बेग्ला बेग्लै परिस्थितिमा बेग्लाबेग्लै कार्यनीति अँगालेको कुरा सत्य हो । त्यसका साथै यो कुरा पनि स्पष्ट छ कि ती सबै कार्यनीतिक कार्यक्रमलाई प्रयोगमा ल्याउने बेलामा नयाँ जनवादी क्रान्ति, समाजवाद वा साम्यवादका रणनीतिक लक्ष्यलाई पनि दृढताका साथ अवलम्बन गर्दै आएको छ । पार्टीले पञ्चायती चुनावको बहिष्कार, संसदीय चुनावको बहिष्कार र उपयोग गर्दा ती सबै अवस्थामा मसालले चुनावलाई कार्यनीतिक विषय बनाउँदै आएको छ । चुनावमा भाग लिनु र बहिष्कार गर्ने कुराले तात्कालिक राजनीतिक कार्यदिशाबारे २०६२–६३ सालको आन्दोलनपछि नेपालको राजनीतिक परिस्थिति तरल अवस्थामा थियो तर त्यस प्रकारको स्थिति रहेको भए पनि राजनीतिक सत्ताका शक्ति भने क्रान्तिकारी शक्तिहरूको हातमा थिएन । जनआन्दोलन र जनसङ्घर्षको शक्तिबाट स्थापना हुन जाने राजनीतिक सत्ता बुर्जुवा प्रजातन्त्रवादी प्रकारको नै थियो । माओवादीले आफूलाई “जनयुद्ध” को माध्यमबाट आएको शक्ति बताए पनि त्यसले बुर्जुवा प्रजातन्त्रवादी शक्तिसित सम्झौता गरेको थियो । त्यो अवस्थामा माओवादीसमेत मिलेर स्थापना हुने राजनीतिक सत्ता भनेको संवैधानिक राजतन्त्र, आलङ्कारिक राजतन्त्र वा राजतन्त्रको अन्त्य गर्ने निर्णय सफल भएमा बुर्जुवा प्रजातन्त्रसहितको गणतन्त्रमध्ये कुनै एउटा थियो ।
यो कुरा निर्विवाद छ कि उपुर्यक्त सबै सत्ता निरङ्कुश राजतन्त्रभन्दा प्रगतिशील सत्ता हुन् । जबकि मसालका लागि नयाँ जनवादी सत्ता रणनीतिक कार्यक्रम बन्न गएको छ । माओवादी, जसले नयाँ जनवादी सत्ताका लागि भनेर सशस्त्र गतिविधि गरेको भए पनि माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको विस्तृत शान्तिसम्झौताको दस्तावेजमा त्यो कुरा उल्लेख भएको थिएन । माओवादीसहितको राजनीतिक सत्ता स्थापना गर्ने भए पनि त्यो दस्तावेजमा उल्लेख भएअनुसार नै हुने थियो । शान्तिसम्झौतापछि राजनीतिक गृहकार्य गर्दै जाँदा के निष्कर्ष आउन सक्दथ्यो ? त्यसको उत्तर भविष्यको गर्भमा थियो । त्यसबारे केही भन्न सकिने अवस्था थिएन तर यो कुरा निश्चित थियो कि शान्तिसम्झौतामा हस्ताक्षर गर्ने पक्षबिच सहमति जुट्यो भने उक्त दस्तावेजमा उल्लेख भएअनुसार राजनीतिक विकास हुन सक्दथ्यो ।
जनवादी सत्ताका लागि भनेर सशस्त्र गतिविधि गरेको माओवादी शान्तिसम्झौतामा आइसकेपछि केही अग्रगामी मुद्दा अँगाल्नु (जस्तै कि संविधान सभा) त्यसका लागि अनिवार्य नै थियो । संवैधानिक राजतन्त्रलाई मान्दै आएका मुख्यतः नेपाली काङ्ग्रेस्र र त्यसपछि एमाले त्यस प्रकारका मुद्दाका लागि कति हदसम्म अगाडि बढ्न सक्दथे ? त्यो प्रश्नमाथि राजनीतिक विकासको कुरा निर्भर रहन्थ्यो । निरङ्कुश राजतन्त्रका विरुद्ध सङ्घर्ष हुँदै आएको र त्यो सङ्घर्ष एक हदसम्म सफल भइसकेपछि संवैधानिक राजतन्त्र मान्दै आएका शक्तिहरू नै पुनः हाबी भएपछि माओवादीसहितको नयाँ सत्ता कस्तो हुने भन्ने कुनै निश्चित थिएन । माओवादी पक्ष संवैधानिक राजतन्त्र वा सेरोमिनयल किङ मान्न तत्पर भएमा संवैधानिक राजतन्त्रवादीका लागि त्यो कुरा बढी सहज हुनु स्वभाविक थियो । कुनै राजनीतिक विकास नहुनुभन्दा निरङ्कुश राजतन्त्रको तुलनामा वास्तविक संवैधानिक राजतन्त्र वा सेरोमिनियल किङको व्यवस्था हुनु सकारात्मक र स्वागतयोग्य कुरा नै थियो । त्यसो भन्नुको अर्थ मसालले लामो समयदेखि लगातार सङ्घर्ष गर्दै आएको संविधान सभाको चुनाव हुनुहुँदैन, जनवादी सत्ता स्थापना हुनुहुँदैन भन्ने थिएन र हुन पनि सक्दैन । त्यस प्रकारको अवस्थामा का. श्रीसले नेकपा (मसाल) वैधानिक राजतन्त्र वा सेरोमिनियल किङको पक्षमा रहेको भन्नु एउटा हास्यास्पद कुरा हो ।
आलोचनालाई हामीले स्वागत र सम्मान गर्दछौँ तर का. श्रीसले जुुन प्रकारले आलोचना गर्ने शैली अपनाउनुभएको छ, त्यो पूर्वाग्रही पात्रले अपनाउने नियतको शैली जस्तो छ ।
राजनीतिक विकासको क्रममा कुन बढी प्रगतिशील हुन्छ ? त्यसलाई अँगाल्दै कार्यदिशाको तय गर्नु क्रान्तिकारी कम्युनिस्टको दायित्व हुन्छ । अवस्तुवादी कार्यदिशा अपनाएर समाजवाद र साम्यवादको नारा दिँदैमा दायित्व बहन हुँदैन भन्ने कुरा लामो समयसम्म काम गर्दै हाम्र्रो पार्टीको उच्च नेतृत्वमा समेत पुग्नुभएका का. श्रीसलाई यत्ति कुरा थाहा थिएन भनेर हामीले भन्न सक्दैनौँ ।
आलोचनालाई हामीले स्वागत र सम्मान गर्दछौँ तर का. श्रीसले जुुन प्रकारले आलोचना गर्ने शैली अपनाउनुभएको छ, त्यो पूर्वाग्रही पात्रले अपनाउने नियतको शैली जस्तो छ । का. श्रीसले का. सिंहको उक्त लेखको यो वाक्यांश उल्लेख गर्नुभएको छ : “वास्तविक अर्थमा वैधानिक राजतन्त्रको उद्देश्य अझै पूरा भएको छैन । त्यो अवस्थामा संवैधानिक राजतन्त्र वा सेरोमिनियल किङलाई सुनिश्चित गर्ने कार्यलाई प्राथमिक महत्त्व दिनुपर्दछ ।”
का. श्रीसले यी वाक्यलाई सन्देह उत्पन्न हुने गरी प्रस्तुत गर्नु दुःखद हो । उहाँले “त्यो अवस्थामा” भन्ने प्रस·लाई कतै पनि उठाउनुभएन । वास्तवमा त्यो लेखको अन्तिम आशय र उद्देश्य त्यो थिएन । त्यो लेखमा दुईटा विषयलाई राजनीतिक विकासको आधारमा प्राप्त हुन सक्ने सम्भावनाको आधारमा क्रमशः प्रस्तुत गरिएको छ । दोश्रो प्यारामा राजतन्त्रको अन्त्य गर्दै बुर्जुवा गणतन्त्रको स्थापनामा नै मुख्य जोड लगाउनुपर्ने कुरा उल्लेख छ । लेखको अन्तिम वाक्य यस प्रकारको रहेको छ : “हामीले गणतन्त्रका पक्षमा व्यापक एकताको निर्माण तथा त्यसरी राजतन्त्रलाई समाप्त गर्नको लागि अधिकतम प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।” तर का. श्रीसले यसलाई देखे पनि नदेखे झैँ गर्नुभएको छ ।
त्यो लेखमा का. सिंहले आफूलाई क्रान्तिकारी देखाउने उद्देश्य लिएको भए समाजवाद र साम्यवादभन्दा तलका कुरा गर्न हुने थिएन तर क्रान्तिकारी भएर नै कार्यदिशा अँगाल्नु पर्दा लेनिनले भनेको जस्तो चढ्दै जाने खुड्किलो कुन हो भनेर निश्चित गर्न सक्नुपर्दछ । आजसम्मको कम्युनिस्ट आन्दोलनको इतिहासले यो बताउँछ कि आफूलाई सही दाबी गर्दै क्रान्तिकारी लफ्फाजी दर्शाउने कैयौँ पात्र बेला बेलामा सतहमा आउने गरेका छन् । उनीहरूको त्यस प्रकारको लफ्फाजीका कारण प्रतिक्रियावादी शासकवर्ग र सत्ताले फाइदा लिन सफल हुन्छन् तर क्रान्तिकारीहरू बेग्लै हुनुपर्दछ, जसको कार्यदिशाले विभिन्न विरोध र आलोचनाको बाबजुद पनि राजनीतिक विकास र अग्रगामी पाइलाका लागि काम गर्नुपर्दछ ।
२०७९ मङ्सिर ६ गते म·लबार
काठमाडौँ

