बागलुङ । बागलुङ जिल्लाको क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको अग्रता कायमै छ ।
Advertisement
बुधबार बिहान ७ बजे प्राप्त परिणाम अनुसार केसीले १४ हजार ७ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्य पाठकको १२ हजार ९०७ मत छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलको ५ हजार ७७४ मत आएको छ ।
क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेल १३ हजार ४१३ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याइरहेकी एमालेकी मञ्जु शर्मा चालिसेको ११ हजार १५२ मत आएको छ ।
यहाँ घण्टी चुनाव चिह्नकी तिला खत्रीको १ हजार २२२ मत छ ।