प्युठान । प्रतिनिधि सभा निर्वाचनको जारी मत गणना अनुसार प्युठानमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेल भन्दा एमाले उम्मेदवार सूर्य थापा ४ हजार ६८१ मतले अगाडि पुगेका छन् ।
Advertisement
पौडेलले १३ हजार ७६८ मत ल्याउँदा थापाले १८हजार ४४९ मत ल्याएका छन् ।
हालसम्म गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिका तथा झिम्रुक गाउँपालिकाको १ नं वडामा मतगणना भएको बताइएको छ ।