काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत उपाधि दाबेदार अर्जेन्टिना समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ।
Advertisement
अल दयानस्थित लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो।
साउदीसँग हार भोगेसँगै विश्वकपमा लगातार ३७ खेलमा अपराजित रहेको अर्जेन्टिनाको यात्रामा पूर्णविराम लागेको छ।
पहिलो हाफमा १–० पछि परेको साउदीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सानदार सुरुवात गरेको हो।
खेलको नवौँ मिनेटमा पेनाल्टी मार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा हारबाट विश्वकपको सुरुवात गरेको छ ।
