काठमाडौं । मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन्।
Advertisement
विजयी गुरुङले १ हजार ४८ मत ल्याए। उनीसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका इन्द्रधारा विष्ट ७ सय ९३ मतमा समेटिए।
विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए। यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो।
यहाँ प्रतिनिधिसभातर्फ कांग्रेसकै योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।