काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेले फराकिलो अग्रता लिएको छ । सो क्षेत्रमा एमालेले ११ सय ७८ मतको अग्रता बनाइकेको छ ।
Advertisement
२१ हजार ७५ मत गनिसक्दा एमालेका प्रेमबहादुर महर्जनले ५७ सय ७८ मत ल्याएका छन् ।
यस्तै, दोस्रोमा लौरो चुनाव चिह्नको हाम्रो नेपाली पार्टीले ४६ सय मत ल्याएको छ भने तेस्रो रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ सय ३४ मत ल्याएको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ सय ६२ मतसहित चौथो स्थानमा बसेको छ।
ललितपुर ३ मा पम्फा भुसाल तेस्रो
लतितपुर क्षेत्र नं ३ मा पनि पहिलो स्थानमा नेकपा एमालेका अमृत खड्का छन् । माओवादी केन्द्रकी पम्फा भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले उछिनेकी छन् ।
पछिल्लो मत परिणामा अनुसार एमाले ९ सय ३६ , राष्ट्रिय स्वतन्त्र ८सय ७५ र माओवादी केन्द्र ७ सय ७५ रहेको छ।