काठमाडौं । सप्तरी २ मा डा. चन्द्रकान्त राउत उपेन्द्र यादव भन्दा दोब्बर मतले अगाडि रहेका छन् ।
Advertisement
प्रारम्भिक मतपरिणाम अनुसार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले फराकिलो मतले अग्रता बनाएका छन् ।
पछिल्लो मत मरिणाम अनुसार राउतले १०२० मतसहित फराकिलो अग्रता बनाएका हुन् ।
नेकपा एमालेको सहयोग लिएर चुनावी मैदानमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन् । यहाँ राउत र यादवबीच ५६८ मतको अन्तर देखिएको छ।
त्यस्तै अहिले यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जयप्रकाश ठाकुर ३०८ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्। उनलाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको पनि साथ छ।