काठमाडौं । नेपाल मजदुर किसान पार्टीको गढ मानिने भक्तपुर–१ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ । दोस्रोमा एमाले र तेस्रोमा नेमकिपाको मत आएको छ ।
Advertisement
प्रारम्भिक परिणाम अनुसार राप्रपाका भरतबहादुर खड्का ३५९ मतसहित अगाडि देखिएका छन्। यहाँ एमालेका नवराज गेलाल ३५६ मतसहित दोस्रो स्थानमा छन् भने नेमकिपाका प्रेम सुवाल २९२ मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, माओवादी केन्द्रका सुनिल गोठे २०२ मतसहित चौथो स्थानमा देखिएका छन्।