काठमाडौं । राष्ट्रिय जनमोर्चाले आम निर्वाचन–२०७९ सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।
देशको लोकतन्त्र र संविधान समाप्त पार्न खोज्ने प्रतिगामी तत्वसँग संघर्ष भइरहेको उल्लेख गर्दै राजमोले यो निर्वाचनले प्रतिगामी शक्तिलाई पराजित गर्ने विश्वास व्यक्त गरेको छ ।
अध्यक्ष चित्रबहादुर केसीद्वारा प्रेसित वक्तव्यमा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ ।
राजमोले ‘हार्दिक धन्यवाद’ सहित प्रेशित गरेको वक्तव्यमा भनिएको छ,
यही मंसीर ०४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन शान्तिपूर्ण तथा सफलतापूर्वक सम्पन्न भएको छ । २०६२–६३ सालको संयुक्त जनआन्दोलनका उपलब्धिहरू समाप्त गर्न प्रतिगामी शक्तिहरू योजनवद्ध रुपमा लागिरहेको स्थितिमा त्यसका विरुद्ध वाम–लोकतान्त्रिक राजनीतिक दलहरूको गठबन्धन भई संघर्ष चलिरहेको थियो । यो निर्वाचनले प्रतिगामी शक्तिहरूलाई परास्त गर्ने कुरामा हामी विश्वस्त छौँ । यो निर्वाचनमा भाग लिने लोकतन्त्र पक्षधर जनसमुदाय, गठबन्धनभित्रका राजनीतिक दलहरु, तिनका सबै नेता–कार्यकर्ताहरू, निर्वाचन आयोग, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, नेपाल सरकार लगायत सबैलाई राष्ट्रिय जनमोर्चाले हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२०७९ मंसीर ०५ गते ।
चित्रबहादुर केसी
अध्यक्ष