विराटनगर । मोरङको बुढीगङ्गामा मतदान केन्द्रभित्र पटाका पड्किएको छ । त्यसँसगैँ त्यहाँ केही समय मतदान स्थगित भएको थियो ।
Advertisement
बुढीगङ्गा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा मतदान स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठसुलो आवाज आएको थियो ।
विष्फोटको आवाजसँगै मतदाताबिच केही बेर भागदौड मच्चिएको थियो । बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिएका थिए ।