• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जापानमा नेपाली महिलाको चक्कु प्रहार गरी हत्या


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • जापान । जापानमा एक नेपाली महिलाको चक्कु प्रहार गरी हत्या भएको छ । इसेसाकी शहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीमाथि चक्कु प्रहार गरि हत्या गरिएको हो ।

    Advertisement

    जापानको सार्वजनिक संचारमाध्यम एनएचकेले आफ्नो समाचारमा उल्लेख गरे अनुसार चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएकाले अधिकारीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भैरहेको र ती व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

    बुधबार राति करिब ११ः३० बजे इसेसाकी शहरको ओटा–चोमा रहेको सो अपार्टमेन्टमा बस्ने अर्कों एकजनाले ‘कुनै समस्या भएको जस्तो देखिन्छ’ भनेर प्रहरीलाई जानकारी गराएसँगै सो हत्या गरेको भेटिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्र्याउनासाथ अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियो ।

    प्रहरीले गरेको अनुसन्धानबाट नेपाली नागरिकता भएकी अधिकारी आंशिक कर्मचारीको रूपमा काम गर्ने गरेकी देखिएबाट उनी आश्रित भिसामा जापानमा रहेको हुनसक्ने बताइएको छ ।

    उनको शरीरमा चक्कु प्रहार गरी चोट लागेको प्रहरीले जनाएको छ । साथै चक्कु लिएर एकजना व्यक्ति पनि घटनास्थलबाट निस्किएको देखेकोले प्रहरीले हत्या मुद्दाका रूपमा फरार भएको व्यक्तिको खोजी गरिरहेको छ । मंगलबार राति चक्कु बोकेको एक व्यक्ति पनि घटनास्थल वरिपरि देखिएको बताइएको छ ।

    ३० वर्षकी एक अर्की महिला जसले आफ्नो श्रीमानले एकजना मानिसलाई चक्कु बोकेको देखेको बताएकी थिइन् । उनले भनिन् ‘घटनास्थलबाट करिब १०० मिटर टाढा ड्राइभ गरिरहेको बेला चक्कु बोकेको मानिस देखेको मैले मेरो श्रीमानबाट सुने। त्यो चक्कु अलि लामो थियो र त्यसमा रगत जस्तै देखिने केही लागेको थियो।’

    प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुडको गलकोट रहेको बताइएको छ । मृतक अधिकारीको श्रीमान जापानमा रहेका र उनको १७ वर्षीय छोरा नेपालमा रहेको आफ़न्तले बताएका छन् ।

    प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानका लागि आवश्यक सहयोग पुर्याइदिन मृतकको परिवारलाई आग्रह गरेको छ । जापानमा यो सँगै यसै हप्ता ३ जना नेपालीको मृत्यु भएको छ ।

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.