काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बुधबार भएको खेलमा फरवर्ड अन्जन विष्टको निर्णायक गोलमा नेपाल १–० ले विजयी भएको हो ।
खेलको ८३ औँ मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरेका थिए । अन्जनले राष्ट्रिय टोलीका लागि ११ औँ गोल गरेका हुन् । यसअघि असोजमा भएको बगंलादेशसँगको मैत्रीपुर्णमा खेलमा अन्जनले ह्याटिक गरेका थिए । खेलको पहिलो हाफमा नेपालले गोलको मौका पाएपनि तयसलाई सदुपयोग गर्न सकेन।
फिफाको प्रतिबन्धका कारण ४ वर्षपछि नेपालसँगको खेलसँगै पाकिस्तानले अन्तराष्टिय फुटबलमा पुनरागमन गरेको छ। लामो समयपछि अन्तर्राष्ट्रिय खेल खेलेको पािकस्तानको टोलीमा फिटनेसको समस्या देखिएको थियो ।
आभाषको डेब्यु
पाकिस्तानसँगको मैत्रीपुर्ण खेलबाट आभाष लामिछानेले राष्टिय टोलीमा डेब्यु गरेका छन्। खेलको ५७ औँ मिनेटमा सेसेहाङ आङदेम्बेको स्थान लिदै मैदान छिरेका हुन्। यसअघि उमेर समुहमा नेपालको प्रतिनिधित्व गरिसकेका आवास टोलीमा परेपछि डेब्युको मौका भने पाएका थिएनन्।