• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा जान्छ : केसी


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • बागलुङ बजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ प्रतिनिधि सभा क्षेत्र नं. १ मा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा पर्ने बताउनुभएको छ । बागलुङ जैमिनी नगरपालिका–५ बिनामारेमा गठबन्धनले २०७९ कात्तिक २९ गते आयोजना गरेको चुनावी सभामा बोल्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    Advertisement

    सम्बोधनको क्रममा उहाँले लोकतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि गठबन्धन बनेकाले मत दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । ‘यो गठबन्धन लोकतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षाका लागि बनेको हो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यदि तपाईंहरूले यो गठबन्धनलाई भोट दिनुभएन भने लोकतन्त्र, देश र धर्म निरपेक्षतामा धरापमा पर्दछ भन्ने बुझ्नुपर्दछ ।’

    उहाँले गत चुनावमा नेपाली जनताले दुईतिहाइ मत दिएर पनि एमालेले पटक पटक संसद् विघटन गरेर लोकतन्त्र तथा संविधानको धज्जी उडाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपाली जनताले दुईतिहाइ बहुमत दिएर ढुक्कसँग सरकार चलाऊ; लोकतन्त्र, राष्ट्रियता र धर्म निरेक्षताको रक्षा गर; जनताको जनजीविकाको रक्षा गर भनेका थिए तर ओलीले त कोरोनाको मध्यरातमा पटक पटक संसद् नै विघटन गरिदिए ।’

    ‘यसरी पटक पटक संसद् विघटन गर्ने वा संसद् अवरोध गर्नेहरूलाई फेरि हामीलाई नै भोट दिनुस् भन्न कस्तो लाज नलागेको हो ?’ उहाँले भन्नुभयो– ‘उनीहरूलाई लाग्दो हो, नेपाली जनता केही बुझ्दैनन् र फेरि पनि हामीलाई नै भोट दिन्छन् ।’ उहाँले थप्नुभयो– ‘तर नेपाली जनता त्यस्ता छैनन् । बागलुङे जनता पनि त्यस्ता छैनन् । उनीहरूले फर्की फर्की तिनै प्रतिगामीलाई भोट दिने छैनन् ।

    अध्यक्ष केसीले अहिलेको चुनावमा फेरि तिनै शक्तिलाई मत दिने हो भने देश गम्भीर सङ्कटतर्फ धकेलिने दाबी गर्नुभयो । ‘पटक पटक संसद् भङ्ग गर्ने र सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्ने आदेश दिएपछि पनि महिनौँसम्म संसद् अवरुद्ध गर्नेहरूलाई भोट दिनुभयो उनीहरूले के गर्छन् भन्ने त तपाईंले बुझिहाल्नुभएको छ नि’ उहाँले अगाडि भन्नुभयो– ‘उनीहरूले आफूअनुकूल संविधान संशोधन गर्छन्; आफूले चाहेका बेला जनताले चुनेको संसद् विघटन गर्छन् र नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउँछन् अर्थात् देशलाई अँध्यारो सुरुङमा पु¥याउँछन् ।’

    उहाँले यसपटक एमालेलाई भोट दिएर गल्ती नगर्न बागलुङबासीसित आग्रह गर्नुभयो । सही राजनीतिक पार्टी चुन्ने काम कहिलेकाहिँ आउने बताउँदै उहाँले मङ्सिर ४ गतेको चुनावमा देश र जनताको हितमा बनेको गठबन्धनलाई भोट दिनुपर्नेमा जोड दिनुभयो ।

    जनसभामा बागलुङ १ (ख) प्रदेशसभामा नेपाली काङ्ग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले चित्रबहादुर केसी जस्तो राष्ट्रभक्त नेता पाएकोमा बागलुङबासी जनताले गर्व गर्नुपर्ने बताउनुभयो ।

    ‘हामीले चित्रबहादुर केसी जस्तो राष्ट्रभक्त नेता पाएका छौँ’ उहाँले अगाडि भन्नुभयो– ‘उहाँलाई जितायौँ भने बागलुङबासीको मात्रै होइन, सम्पूर्ण देशकै भलो हुन्छ ।’ उहाँले यसपटकको चुनावमा अध्यक्ष केसीलाई निर्वाचित गर्नमा कुनै कमजोरी गर्न नहुने बताउनुभयो ।

    नेता सुवेदीले गठबन्धनलाई जिताएर मात्रै जनआन्दोलनको बलमा स्थापित लोकतन्त्र र धर्म निरपेक्षताको रक्षा हुने बताउनुभयो ।

    कार्यक्रममा वामपन्थी नेता हरिकान्त शर्मा, राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, प्रतिनिधि सभामा राजमो समानुपातिक उम्मेदवार रुद्रकुमारी रोकाक्षेत्री, माओवादी केन्द्रका नेता कुशुम बुढा र कृष्ण केसी, नेपाली काङ्ग्रेसका नेता भीम श्रीस र चम्फा खड्का, एकीकृत समाजवादीका प्रकाश केसी र श्रीप्रसाद शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.