जयपुर । भारतको जयपुरबाट रामेछापको लागि छुटेको बसमा आगलागी भएको छ।
Advertisement
आइतबार राजस्थानको जयपुरबाट रामेछापको लागि हिँडेको लाली गुराँस टूर एण्ड ट्रावल्सको बसमा आगलागी भएको हो ।
आगरा लखनउ एक्सप्रेस हाइवेमा पुग्दा बसको इन्जिन तातेर आगो लागेको बताइएको छ ।
उक्त आगलागीबाट कुनै मानवीय क्षति नभए पनि यात्रुहरुको लाखौंको सामान भने जलेको छ । यात्रुहरुलाई वैकल्पिक व्यवस्था गरी नेपाल पठाइएको बताइएको छ ।

