• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निकुञ्ज पीडितको दुखेसो : ‘दलका चुनावी एजेण्डा मात्रै बन्यौँ’


  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०५८ सालमा विस्थापित भएका नागरिकको बसोबासको विषय त्यसपछिका हरेक निर्वाचनमा चुनावी एजेण्डा बन्ने गरेको भए पनि पीडितको अवस्थामा सुधार आएको छैन ।

    Advertisement

    विसं २०६४, २०७० र २०७४ को तीन वटै निर्वाचनमा शुक्लाफाँटा विस्थापितको पुनःस्थापनाको विषय प्रमुख राजनीतिक दलदेखि सबै उम्मेदवारको प्रमुख मुद्दा बन्ने गरेको भए पनि सो विषयले अझै समाधान कहिले पाउने भन्ने अन्योलता कायमै छ ।

    तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निकुञ्ज विस्थापित सबैभन्दा बढी निर्वाचन क्षेत्र नं १ र २ मा बसोबास गरिरहेका छन् । यहाँको ढक्का चान्देउ, तारापुर, लल्लेडाँडालगायतका क्षेत्रमा टहरा बनाएर बस्दै आएका छन् भने कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका विभिन्न स्थानमा छरिएर रहेका विस्थापितले लामो समयदेखि पुनःस्थापनाको माग गर्दै आएका छन् ।

    विस्थापितको समस्या समाधानका लागि सरकारले मुआब्जा सिफारिस समिति कार्यदलको ३१औँ आयोग बनाएको छ । यहाँबाट मत पाएर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई जना संघीय सरकारको मन्त्री बने पनि आफूहरु अझै झोपडीमा जीवन बिताइरहेको पीडितहरुको गुनासो छ ।

    विसं २०७० मा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचन जितेर नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउद र २०७४ सालमा यहाँको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित माओवादी नेत्री बीना मगर मन्त्री बन्नुभएको थियो ।

    आसन्न निर्वाचनमा समेत साउद र मगर सत्ता–गठबन्धनका उम्मेदवार बनेर घरदैलोमा पुगिरहेका बेला निकुञ्ज विस्थापितको समस्या समाधान गरिने आश्वासन दिइरहनुभएको छ । ढक्का शिविरमा बस्दै आउनुभएका विस्थापित सन्तोष सार्कीले आशैआशमा आफूहरु दशकौँदेखि बसिरहेको बताउनुभयो ।

    ‘निकुञ्जको नजरमा हामी अतिक्रमणकारी भयौँ, नेता आउँछन् भोट माग्छन् पछि फर्केर आउँदैनन्’, सार्कीले भन्नुभयो, ‘विस्थापित हुँदाका बेला जन्मिएका छोराछोरी अहिलेको चुनावमा मत दिने भइसके तर हाम्रो समस्या जस्ताको त्यस्तै छ ।’

    उहाँले हरेक दलका उम्मेदवारहरु निर्वाचनका बेला आश्वासन दिँदै मत माग्न आउने गरेको बताउनुभयो । अहिले पनि निर्वाचन क्षेत्र नं १ र २ मा विस्थापितको पुनःस्थापनाको विषय सबै उम्मेदवारको चुनावी एजेण्डा बनेको छ ।

    निर्वाचन क्षेत्र नं २ बाट २०७४ को निर्वाचनमा एमाले नेता नरबहादुर धामी निर्वाचित भएपछि बनेको ३०औँ आयोगले विस्थापितलाई १० कट्ठा जग्गा वा रु ६० लाख मुआब्जा दिनुपर्ने प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको थियो । तर उक्त प्रतिवेदन अझै कार्यान्वयन भएका छैन ।

    पाँच हजार दुई सय ५८ घरपरिवारलाई सट्टा भर्ना गरिसकेको भए पनि अझै दुई हजार चार सय ७३ परिवारलाई परिचयपत्र वितरण मात्रै गरिएको छ ।

    त्यस्तै तारापुर शिविरमा आश्रय लिँदै आएका आशाराम चौधरीले पनि लामो समयदेखि संघर्ष गर्दा पुनःस्थापना नभएपछि पीडित परिवार बाध्यताले निकुञ्ज परिसरमा टहरा बनाएर बसेको बताउनुभयो ।

    ‘बालबालिकाले अध्ययनसमेत नपाएका बेला नेताहरु यहाँ आएर पुनःस्थापना गरिछाड्ने सपना बाँड्दै छन्’, चौधरीले भन्नुभयो, ‘हरेक निर्वाचनमा आश्वासन पाउनु नियति जस्तै बनिसक्यो ।’

    उहाँले यसपटक भने आफूहरुलाई पुनःस्थापनाका लागि पहल गर्ने उम्मेदवारलाई मत दिने बताउनुभयो । ‘सधैँभरि आश्वासन सुन्यौँ’, उहाँले भन्नुभयो, ‘यसपटक काम गर्नेलाई मत दिन्छौँ ।’ रासस

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.