• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

केसीको व्यंग्य : संसद चल्न नदिन रोष्ट्रम अगाडि नाच्नेले फेरि भोट माग्दैछन्

"जनताका समस्या असिमित छन्, सबै सांसदले पुरा गर्छन् भन्ने छ "

  •   सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी यतिबेला बागलुङका गाउँ–गाउँमा भोट माग्न व्यस्त हुनुहुन्छ । ८२ वर्षीय केसी युवा जोशका साथ बागलुङका विकट गाउँबस्ती चाहारिरहनुभएको छ ।

    Advertisement

    सोमबार जैमिनी नगरपालिकाको जैदीमा चुनावी सभालाई सम्बोधन गर्नुअघि केसीले युगदर्शनसँग भन्नुभयो, ‘विकट ठाउँहरुमा एकसरो भेटघाट सकियो । अझै केही वडाहरु बाँकी छन् ।’

    केसीले अहिले मतदाता खेती थन्क्याउन व्यस्त रहेकोले खेतबारीमै पुग्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

    ‘अहिले खेतीपातीको समय छ । बरा जनता खेती नसिहारी पनि भएन । भाषण सुन्न आएर खेती कसले स्याहार्ने ?’ केसीले भन्नुभयो ।

    जनताले तपाइँहरुबाट के अपेक्षा गरेका छन् त ? भन्ने युगदर्शनको प्रश्नमा केसीले भन्नुभयो, ‘जनताको अपेक्षा त असिमित छन् नी । नेपाली जनताको समस्या बाटोघाटो, स्वास्थ्य, शिक्षाका समस्या छन् । बेरोजगारीको समस्या छ । जनताका अपेक्षा असिमित छन् । जनताले यिनै कुरा सुनाउँछन् । सुनाउन पनि पर्यो । उनीहरुले नत्र कसलाई सुनाउने ? फेरि सबै समस्याको समाधान सांसदले गरिदिन्छन् भन्ने छ ।’

    अध्यक्ष केसीले भोट माग्न आउनेहरुले झुठा आश्वासन दिने गरेकोले जनताले सबै कुरा सांसदले नै पुरा गरिदिन्छन् भन्ने परेको बताउनुभयो । तर, आफूले सांसदबाट सबै कुरा सम्भव हुँदैन भनेर सम्झाउने गरेको पनि स्पष्ट पार्नुभयो ।

    ‘भोट माग्न आउनेले जनतालाई झुठा आश्वासन दिने गरेका छन्’ केसीले भन्नुभयो, ‘मैले झुठा आश्वासन दिन्नँ । तपाइँहरुका सबै अपेक्षा सांसदले पुरा गर्न सक्दैनन् भन्ने गरेको छु ।’

    यस्तै, उहाँले बागलुङको विकासका लागि आफूले सक्दो योगदान गरेको बताउनुभयो । अरुले सानो काम गरेपनि प्रचार गर्दै हिँड्ने गरेको भन्दै केसीले आफूले ‘गीत गाएर नहिँडेको’ बताउनुभयो । आउँदो कार्यकाल बागलुङको विकासका लागि सक्दो प्रयास गर्ने पनि उहाँले बताउनुभयो ।

    विगतमा जनताले जिताएर पठाएका एमालेका प्रतिनिधिले संसद चल्न नदिएर संसदलाई बन्धक बनाएकोतर्फ ईंगित गर्दै फेरि भोट माग्न जनताको बिचमा आएकोप्रति पनि व्यंग्य गर्नुभयो ।

    ‘दुई दुई पटक संसद विघटन भयो । अदालतले संसद पुनर्स्थापना गरेपछि पनि त्यत्रो नौ नौ महिना संसद चल्न दिएनन्’ केसीले भन्नुभयो, ‘बागलुङका जनताले जिताएर पठा’का सांसद रोस्ट्रम अगाडि नाचेका हैनन् संसद चल्न नदिन ? फेरि भोट माग्न आएका छन् ।’

    अध्यक्ष केसीले जनता निकै सचेत रहेका र सबै कुरा बुझ्ने क्षमता रहेको भन्दै देशभरका जनताप्रति आफूलाई अगाध विश्वास रहेको बताउनुभयो । बागलुङका जनताको प्रतिक्रियाबाट आफू उत्साहित रहेको केसीले सुनाउनुभयो । उहाँले गठबन्धनका उम्मेदवार अत्याधिक मतले विजयी हुने उहाँको विश्वास छ ।

    अध्यक्ष केसी बागलुङ क्षेत्र नं १ बाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा एमालेले सूर्य पाठकलाई उम्मेदवार बनाएको छ ।

    यस्तै, राप्रपाका लक्ष्मी प्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, कांग्रेस विपीबाट शिवलाल सापकोटा र स्वतन्त्र चन्द्रबहादुर क्षेत्री मैदानमा छन् ।

    बागलुङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्छन् ।

    गएको स्थानी निर्वाचनमा राष्ट्रिय जनमोर्चाले जैमिनी र बरेङमा प्रमुख पद जितेको थियो भने काठेखोलामा उपप्रमुख जितेको थियो ।

    ती पालिकामा रहेका ३७ वडामध्ये २९ वडामा गठबन्धन विजयी बनेको थियो। गठबन्धनको पक्षमा ३१ हजार ६३७ र एमालेले २२ हजार ३७६ मत पाएको थियो।

    जम्मा एक लाख ९६ हजार २९७ मतदाता रहेको बागलुङ जिल्लाको क्षेत्र नम्बर १ मा ९६ हजार ६६६ मतदाता रहेका छन् ।

    प्रदेशसभातर्फ गठबन्धनबाट ‘क’ मा कांग्रेसका दीपेन्द्रबहादुर थापा र एमालेबाट हिराबहादुर खत्री तथा ‘ख’ मा गठबन्धनले कांग्रेसका डिल्लीराम सुवेदी र एमालेले नवराज पौडेललाई उम्मेदवार बनाएको छ।

    प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा माओवादी नेता देवेन्द्र पौडेल र एमालेकी मञ्जु शर्मा चालिसेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

    सोमबार, कार्तिक २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.