काठमाडौँ । अमेरिकामा दुई विमान आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । डलास राज्यमा एयर सोको क्रममा ती दुई विमान ठोक्किएका हुन ।
Advertisement
निकै कम उचाइमा उडिरहेको अवस्थामा दोस्रो विश्वयुद्धकालीन दुई विमान आकाशमा ठोक्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमान एकआपसमा ठोक्किएपछि एउटा विमान दुई टुक्रा भएर भुइँमा झरेको र आगो लागेको सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा देख्न सकिन्छ ।
दुवै विमान विंग्स ओभर डलास एयर सोमा भाग लिइरहेका थिए । जसलाई दोस्रो विश्व युद्ध एयर सो पनि भनिन्छ ।
BREAKING NEWS: B-17 bomber and a smaller plane collide at Dallas airshow in Texas. pic.twitter.com/8CMoVXqj7b
— Personal Blog Media News (@pbmnews) November 12, 2022