दिनेस रैदास, दाङ ।
राष्ट्रिय जनमोर्चा दाङले जिल्लामा निर्वाचनको प्रचार अभियानलाई आज शुक्रबार घोराहीमा कोणसभा गरी प्रचार प्रसार सम्पन्न गरेको छ ।
Advertisement
समानुपातिक निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट माग्न राजमोले सञ्चालन गरेको अभियान आज समापन गरेको हो ।
सभालाई प्रदेश समानुपतिक उम्मेदवार राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, प्रतिनिधि सभा उम्मेदवार कृष्णा राना र राजमो घोराहीका उपाध्यक्ष चन्द्र बहादुर रावत लगायतले सम्बोधन गर्नु भएको थियो ।
सभाको सञ्चालन मनिराम खनालले गर्नु भएको थियो ।
कात्तिक २० गतेबाट जिल्ला अध्यक्ष आचार्यको नेतृत्वमा सुरुभएको समानुपातिक अभियान घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, लमही नगरपालिका, राप्ति गाउँपालिका लगायत जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरेको थियो ।