प्युठान । नेकपा (एमाले) प्युठानका जिल्ला सदस्य वासु गिरी पाँचदलीय गठबन्धनका उम्मेदवार जिताउने अभियानमा सामेल हुनुभएको छ ।
Advertisement
सरुमारानी निवासी गिरी एमाले पार्टी परित्याग गरि गठवन्धनका उम्मेदवार जिताउने गरि अभियानमा सामेल हुनु भएको हो । उहाँ एमालेको तर्फबाट समानुपातिक उम्मेदवारमा समेत प्रस्तावित हुनु भएको थियो ।
एमालेबाट प्रतिनिभि सभा सदस्यका उम्मेदवार सूर्य थापाको रवैया, हैकम र छुद्रताले एमाले खत्तम पार्न लागेकोले राजनैतिक संस्कार र सवक सिकाउन गठबन्धन जिताउनुपर्ने आश्यकता देखिएको उहाँले बताउनुभयो ।
गठबन्धनमा सामेल गिरीले प्रतिनिधि सभातर्फका उम्मेदवार दुर्गा पौडेल र प्रदेश सभाका उम्मेदवार रोज राणा र प्रकाश अधिकारीलाई विजयी गराउन आह्वान गर्नुभयो ।