• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओलीको प्रतिगमनका कारण वाम–लोकतान्त्रिक गठबन्धन : नेपाली


  •   बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
  • तानसेन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले वाम–लोकतान्त्रिक गठबन्धन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका कारण बनेको बताउनुभएको छ ।

    Advertisement

    राजमो समानुपातिक टोलीले पाल्पाको तानसेनमा २०७९ कात्तिक २४ गते आयोजना गरेको कोणसभामा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘वाम–लोकतान्त्रिक गठबन्धन रहरे बनेको होइन’ उहाँले अगाडि भन्नुभयो– ‘एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीले पटक पटक जननिर्वाचित संसद् पटक पटक विघटन गरेर प्रतिगामी काम गरेकाले यो गठबन्धन बनेको हो ।’

    अध्यक्ष नेपालीले ओलीले पटक पटक संस विघटन गरेर जनआन्दोलनका उपलब्धि समाप्त गर्न खोजेको दाबी गर्नुभयो ।

    ‘ओलीले आफ्नो महत्त्वाकाङ्क्षा र निरङ्कुश प्रवृत्तिका कारण नेपालको संविधानमाथि नै आक्रमण गर्न खोजे । त्यही भएर जनआन्दोलनका उपलब्धि लिपिबद्ध गरिएको नेपालको संविधानलाई जोगाउन पाँचदलीय वाम–लोकतान्त्रिक गठबन्धन बनाउनुपर्यो’ उहाँले भन्नुभयो ।

    उहाँले तात्कालिक परिस्थितिमा सन्तुलित राजनीतिक अपनाएको राष्ट्रिय जनमोर्चालाई भोट दिन आम जनतालाई आग्रह गर्नुभयो ।
    ‘सङ्घीयताको विरोध, एमसिसी खारेजी, महङ्गी, भ्रष्टाचार, दण्डहीनताको अन्त्य तथा राष्ट्रियताको रक्षा गर्न राष्ट्रिय जनमोर्चालाई

    समानुपातिकतर्फ भोट दिनुस्’ उहाँले भन्नुभयो– ‘प्रत्यक्षतर्फ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई भोट दिनुस् ।’

    कार्यक्रममा मन्तव्य राख्दै राजमो उपाध्यक्ष जनकराज शर्माले प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षताका साथै राष्ट्रियतामाथि पनि आँच पुर्याएकाले त्यसको रक्षाका लागि पाँचदलीय गठबन्धन बनेको बताउनुभयो ।

    ‘प्रतिगामी खतरा टड्कारो बनेकाले विभिन्न आपसी मतभेदका बाबजुद राष्ट्रिय जनमोर्चासहितको वाम–लोकतान्त्रिक गठबन्धन बनेको हो’ उहाँले भन्नुभयो– ‘त्यसकारण नेपाली जनताले समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चालाई र प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई मत दिनुपर्दछ ।’

    त्यस्तै, राजमो केन्द्रीय सदस्य तारा थापाले पनि गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीका लागि राजमो र वाम–लोकतान्त्रिक गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो ।

    राजमो केन्द्रीय सदस्य तथा जनप्रतिनिधि सामेकुमार कार्कीले पनि सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, लुम्बिनी प्रदेशसभातर्फ राजमोकी समानुपातिक उम्मेदवार नरमति सिँजाली, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य उमा सिँजाली र स्थानीय जनप्रतिनिधि लालबहादुर खातीको समेत आतिथ्य रहेको थियो ।

    कार्यक्रम राजमो तानसेन–११ वडासमितिका वासुवेदव बोहराको अध्यक्षता तथा राजमो पाल्पाका अध्यक्ष विशाल दर्लामीको सञ्चालनका साथै सम्पन्न भएको थियो ।

    समानुपातिक टोली पाल्पाबाट गुल्मीको सदरमुकाम तमघास जाँदै छ । टोलीले त्यहाँ कार्यक्रम गरेर गुल्मी कालिगण्डकी गाउँपालिकाको पुर्तिबाटमा बास बस्न जाने छ ।

    बिहिबार, कार्तिक २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.