• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्युठानमा एमालेको अधोगती र दुर्गा पौडेलविरुद्ध लाञ्छना


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • नेकपा (एमाले) प्युठान पतनको दिशामा तीब्र गतिमा अघि बढेको छ । प्युठानमा एमालेको हार निश्चित र सन्निकट छ । आगामी मंसिर ४ को निर्वाचनमा एमालेले सर्मनाक हार बेहोर्ने निश्चित छ । देशव्यापी रूपमा एमाले धुलिसात हुने बुझेर यतिबेला एमालेको नेतृत्व विचार, राजनीति र आदर्शबाट च्युत भएर गठबन्धनका नेताका विरुद्ध अनर्गल झुठ ओकलिरहेको छ । खासगरी राष्ट्रिय जनमोर्चाका उमेदवारका नेतृ दुर्गा पौडेलविरुद्ध व्यक्तिगत तहमा उत्रेर अवाच्छित लाञ्छना लगाइरहेको छ । यसले एमालेको सम्भावित पराजयबाट उत्पन्न छटपटाहट मात्रै संकेत गर्दैन, उसको राजनैतिक टाट पल्टाई समेत देखाउँछ ।

    Advertisement

    प्राविधिक हिसाबले एमाले अस्तित्वमा रहेपनि सूर्य थापा अर्को पटक नवलपरासी या काठमाडौं या यस्तै अन्य कुनै क्षेत्रबाट चुनाव लड्न सक्छन् । या राजनैतिक कर्मचारीको रूपमा कुनै एकजना नेताको ड्युटीमा फर्किन सक्छन् । तर, उनले कमान्डिङ गरिरहेको एमाले प्युठानको नेतृत्वमा धेरै ठूलो विग्रह र विघटन आउने निश्चित छ । यसले प्युठानको कम्युनिस्ट आन्दोलनसँगै विकास र समृद्धिको अभियानमा सहयोग नै पुर्‍याउनेछ । एमालेको पतन समग्र प्युठानको हितमा नै छ ।

    प्युठानमा अब एमाले बाहेकको शक्तिले नेतृत्व र प्रतिनिधित्व गर्नेछन् । राजमो नेतृ दुर्गा पौडेल केही वर्ष आफ्नो कुशल नेतृत्वमा रहने निश्चित नै छ । त्यसपछि जिल्लाको नेतृत्व नयाँ पुस्ता र अनुहारलाई हस्तान्तरण गर्दै नयाँ भूमिकामा पुग्नेछिन् । आज दुर्गा पौडेलले नेतृत्व गरिरहेको पार्टीमा उनको जस्तै अथवा अझ राम्रो गर्नसक्ने पुराना र परिपक्व नेता मात्रै छैनन्, जिल्लाको सर्वपक्षीय नेतृत्व हाँक्न सक्ने युवा नेतृत्व पनि तयार भइसकेको छ ।

    पुरानो र परिपक्व नेताको छवि बनाएका पूर्वजिविस सभापति बोमबहादुर खत्री अर्को दश वर्ष सक्रियतापूर्वक जस्तोसुकै जिम्मेवारीको लागि पनि सक्षम छन् । पार्टीका जिल्ला अध्यक्ष र मल्लरानी गाउँ सरकार प्रमुख कृष्ण खड्काको लोकप्रियता र चर्चाको दायरा उत्तिकै फराकिलो छ । विदुर मल्ल तरुण आन्दोलनबाट आएको एउटा चर्चित नाम हो । आवश्यकताका बखत नेतृत्वका लागि सधैँ तयार छन् ।

    राष्ट्रिय जनमोर्चाभित्र लोकप्रियता र चर्चा कमाएका युवा नेताको पंक्ति धेरै लामो छ । पार्टीको प्रवक्ता समेत रहेका ज्ञामुराम न्यौपाने नयाँ पुस्ताले अधिक रुचाएका लोकप्रिय युवा नेता हुन् । झिम्रुकको गाउँसरकारको सफल नेतृत्व प्रदान गरेका अर्का युवा नेता छन्, तिलक जिसि । मल्लरानी गाउँसरकारबाट सुशासनको स्पष्ट सन्देश दिएका अर्का नेता हुन् अमरध्वज राना । यसैगरी, जिल्ला समन्वय समितिको प्रमुखको जिम्मेवारी पुरा गरिसकेका पुरानो पुस्ताको प्रतिनिधित्व गर्ने नेता हुन् केशव आचार्य । लोकप्रिय मतसहित झिम्रुक गाउँसरकारमा उपविजेता बनेका टीका जिसि उदयमान युवा नेतामा पर्छन् । तल्लो प्युठानको माणी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ईमानसिंह खड्का, गिरबहादुर गुरुङ र मिनराज राना जस्ता अरू कैयौं नेताहरू जिम्मेवारीका लागि योग्य छन् ।

    विद्यार्थी राजनीतिबाट आएका विमल पोख्रेलदेखि विद्यार्थी राजनीतिमै क्रियाशील सुवास जिसि या अरू कैयौं नेता जिल्लादेखि केन्द्रसम्मै राजनीतिलाई गति दिन र नेतृत्व प्रदान गर्नसक्ने वैचारिक एवम् राजनीतिक हैसियत र छवि निर्माण गरिसकेका छन् ।

    जिल्लाको पार्टी आन्दोलनमा महिला नेतृहरूको उपस्थिति पनि उत्तिकै सशक्त छ । दुर्गा पौडेलको राजनैतिक विरासत धान्नसक्ने तारा जिसि, सकुन्तला जिसि, पवित्रा जिसि, सरिता जिसि, पद्मा पण्डित जस्ता महिला नेतृत्वको उपलब्धता हाम्रो लागि असाध्यै गौरवको विषय हो । उनीहरू र नाम छुटेका अरू कैयौं नेताहरू छन्, जसले पार्टीमा कहिल्यै नेतृत्वको रिक्तता महसुस हुन दिने छैनन् । अन्य दलहरूका बीचमा पनि आफ्नो स्वीकार्यता स्थापित गर्नसक्ने योग्य र सक्षम नेताहरूको संख्या बढ्दो छ ।

    यो त भयो जिल्लाको क्रियाशील एउटा राजनैतिक दलको नेतृत्वको कुरा । गठबन्धनमा सामेल भएर  राष्ट्रिय जनमोर्चासँगै हातेमालो गरेर अगाडि बढ्न तयार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका कैयौँ नेता कार्यकर्ताहरु जिल्लाको नेतृत्व गर्न सक्षम र लालयित देखिन्छन् ।

    कांग्रेस नेतृत्वको कुरा गर्दा पहिलोपटक प्युठानबाट केन्द्रीय सदस्यमा निर्वाचित बनेका डाक्टर गोविन्दराज पोख्रेल आफैँमा सक्षम व्यक्ति हुन् । कांग्रेसमा पूर्वसभापतिहरूको पनि लामो पंक्ति छ । शालिकराम पण्डित, मुक्ति शर्मा, सुवास केसी, अमरप्रसाद भण्डारी जस्ता घगडान नेताहरू त छदैछन् सँगै हालका जिल्ला सभापति एवम् लोकप्रिय युवा नेता विष्णु गिरि, देवेन्द्र व्रहमा, निमा गिरि, धनलक्ष्मी श्रेष्ठ, शिव रिजाल, नविलविक्रम शाहसम्मका नेताहरू कांग्रेसमा स्थापित भइसकेका छन् ।

    प्रदेश ख बाट निर्वाचन लड्दै गरेका सरोज थापा (रोज राणा) प्रदेश र संघ जहाँ पनि, जस्तो पनि नेतृत्वका लागि योग्य र काविल छन् । नेविसंघको राजनीतिबाट जनप्रतिनिधि भइसकेका नरेन्द्र पुन, गिरबहादुर घर्ती जस्ता फ्रेस अनुहारहरू पनि जिल्लाको भावी नेतृत्वका रूपमा तम्तयार छन् । बिपिले निर्माण गरेका पार्टीका यी र यस्ता अरू थुप्रै नेताहरू आवश्यकता पर्दा जस्तोसुकै किसिमको जिम्मेवारी सम्हाल्न काविल छन्, योग्य छन् ।

    यस्तै, माओवादी केन्द्र प्युठानको महत्वपूर्ण राजनैतिक शक्ति हो । जिल्लालाई नेतृत्व प्रदान गर्नमात्रै होइन राष्ट्रिय राजनीतिमा समेत हस्तक्षेप गर्नसक्ने लीलामणि पौडेलदेखि कृष्णध्वज खड्का, रेखा शर्मा, कृष्ण अधिकारी, नारायण अधिकारी, पद्मा अर्याल, वाइबी थापा, कृष्ण घिमिरे, पीतबहादुर एमसी आदि माओवादी आन्दोलनका स्थापित नेताहरू हुन् ।

    त्यस्तै युवा पुस्ताको सशक्त प्रतिनिधित्व गर्ने अर्का नेता हुन् विश्वबन्धु थापा । उनी हाम्रो पुस्ताका असाध्यै सम्भावना बोकेका र अपेक्षा गरिएका युवा नेता हुन् । माओवादीकै अर्का लोकप्रिय युवा नेता हुन् अहिलेका माण्डवी गाउँसरकार प्रमुख रोशन अधिकारी । प्युठान नगरपालिकाका पूर्वप्रमुख अर्जुनकुमार कक्षपती र हालका नगरप्रमुख विष्णु योगी जनस्तरबाट अनुमोदन भएका माओवादी नेतामा पर्छन् । त्यसका साथै पत्रकारितालाई पृष्ठभूमि बनाएर अहिले गौमुखी गाउँसरकारमा उपाध्यक्ष बनेका महाविर रानादेखि प्रेस सेन्टरका नेता तुफान अधिकारी । विद्यार्थी राजनीतिमा सक्रिय मिलन एमसी, पुष्कर शर्मादेखि विद्यार्थी राजनीतिबाट जननिर्वाचित जनप्रतिनिधि सुमन श्रेष्ठसम्मका उम्दा नेताहरू नेतृत्वका लागि तयार छन् ।

    एमालेबाट विद्रोह गरेर जन्मिएको एकीकृत समाजवादीका जिल्ला नेता भोजविक्रम बुढा युवा पुस्ताले भरोसा गर्नसक्ने बौद्धिक नेता हुन् । उनी लेखक पनि हुन्, संगठनकर्ता पनि हुन् । प्युठान नगरपालिकाकी पूर्वनगरप्रमुख शान्ता आचार्य समाजवादीकी महिला नेतृ हुन् । समाजवादीकै अर्का नेता हुन् कृष्ण रायमाझी । समाजवादीका अरू थुप्रै साथीहरू जिल्लालाई नेतृत्व दिन प्रगतिशील मोर्चामा लामबद्ध छन् ।

    यसरी हेर्दा प्यूठानमा राष्ट्रिय जनमोर्चाको नेतृत्वलाई आड दिन र हातेमालो गर्न तयार सशक्त शक्ति छ । एमाले बाहेकको एउटा सशक्त टिम छ, जसलाई अबको ५ वर्षमा के–के काम गर्ने, अर्को ५ वर्षमा जिल्लालाई कहाँ पुर्‍याउने भन्ने स्पष्ट खाका छ ।

    केपी ओलीले संसद अपहरण गर्दादेखि बिनाकारण संसद अवरोधदेखि अन्य जनविरोधी कदमका कारण केपी ओली र उनले नेतृत्व गरेको पार्टीलाई अहिले जनताले पत्याउने अवस्था छैन । प्युठानको सन्दर्भमा पनि एमालेको टाट पल्टाइ हेर्न लायक छ । संघ र प्रदेशमा चुनाव लड्दै गरेका नेता समेत राजनीतिक मुद्दा, एजेन्डाका आधारमा, प्रतिस्पर्धाका आधारमा होइन कि प्रोपोगन्डा, जालसाजी र तिक्डमबाजीका आधारमा चुनाव जित्ने प्रपञ्चमा लागेका छन् । उनीहरूको पराजित मानसिकता बुझ्ने भाषामै व्यक्त भएको छ । उनीहरू व्यक्तिगत गालीगलौजको तहमा उत्रिएका छन् । उनीहरूका भाषणमा एजेन्डा होइन, कुन्ठा र पूर्वाग्रह भेटिन्छ । उनीहरूको घोषणापत्रमा नयाँ संकल्प र सपना होइन, उडन्ते र हावादारी गफ भेटिन्छ ।

    प्रतिगमामी दिशा समातेको एमाले यिनै कारणले गर्दा देशब्यापी सर्मनाम हार ब्यहोर्न गैरहेको छ । अझ प्युठानमा त एमालेको पुनः उदय असम्भव नै छ ।

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.